सिपिएल टि-२० : इतिहासकै ३ उत्कृष्ट बलिंग स्पेल

करेबियन प्रिमियर लिग (सिपिएल) टि-२० को आठौं संस्करण १८ अगष्टबाट ट्रिनिडाड एन्ड टोबागोमा सुरु हुदैछ। ३३ खेल हुने प्रतियोगिताको फाइनल सेप्टेम्बर १० मा खेलिनेछ। सबैखेलहरु क्विन्स पार्क ओवल र पोर्ट स्पेन मैदानमा खेलिनेछ। प्रतियोगिता नजिकिदै गर्दा ६ वटै टिमहरु अन्तिम अभ्यासमा ब्यस्त छन्।

सिपिएल इतिहासमा बलरहरूले ७ पटक मात्र एकै खेलमा ५ विकेट लिएका छन्। गेएना अमेजन वारियर्स, ट्रिन्बागो नाइट राइडर्स र साविक विजेता बार्बाडोस ट्राइडेन्सका बलरहरुले मात्र एकै खेलमा ५ विकेट लिन सकेका। त्यस मध्ये सिपिएलको अहिलेसम्मकै ३ उत्कृष्ट बलिंग यहाँ स्पेल प्रस्तुत गरिएको छ :-

#३ हेडन वाल्स (४-०-१९-५)

२०१९ सिजनको सिपिएलको २३ औं खेलमा बार्बाडोस ट्राइडेन्सको प्रतिनिधित्व गर्दै लेग स्पिनर हेडेन्स वाल्स जुनिएरले ट्रिन्बागो नाइट राइडर्सविरुद्ध सिपिएल इतिहासकै तेस्रो उत्कृष्ट बलिंग स्पेल दर्ता गरेका थिए।

जोन्सन चार्ल्स, जोनाथन कार्टर र जेपी डुमिनिको तुफानी अर्ध शतकीय पारीमा पहिलो ब्याटिंग गरेको ट्राइडेन्सले १९२ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी ब्याटिंगमा उत्रिएको नाइट राइडर्सले वाल्सको गुग्लि पढ्न नसक्दा १७.४ ओभरमा १२९ रनमै समेटिएको थियो। खेलमा ६ ओभरको अन्तरालमा ५ विकेट हात पारेका वाल्सले दिनेस रामदिन, डरेन ब्रावो, कायरन पोलार्ड, जेम्स निसम र सेक्कुंगे प्रसन्नालाइ पवेलिएनको बाटो देखाएका थिए।

वाल्सको जादुमय बलिंग प्रदर्शनमा ट्राइडेन्सले ६३ रनको फराकिलो जित हात पारेको थियो। तर, ट्राइडेन्सका लागि १५ बलमा अर्धशतक बनाएका जेपी डुमिनी खेलको प्लेयर अफ द म्याच घोषित भएका थिए। डुमिनीको अर्धशतक सिपिएल इतिहासमा अहिलेसम्मकै कम बलमा बनेको फास्टेस्ट हाफ सेन्चुरी हो।

#२ सोहेल तन्विर (४-१-३-५) 

पाकिस्तानी बायाँ हाते तीव्र गतिका बलर सोहेल तन्विरको नाममा आईपीएल र सिपिएल टि-२० मा दोस्रो उत्कृष्ट बलिंग स्पेलको अनौठो किर्तिमान रहेको छ। उनले पहिलो सिजनको आईपिएलमा राजस्थान रोयल्सविरुद्ध १४ रन खर्चिदै ६ विकेट लिएका थिए।

त्यसपछि उनले २०१७ को सिजनमा गुएना अमेजन वारियर्सको प्रतिनिधित्व गर्दै बार्बेडोस ट्राइडेन्ट विरुद्ध मात्र ३ रन खर्चिदै ५ विकेट हात पारेका थिए। खेलमा तन्विरले केन विलिमसन, ड्वेन स्मिथ, ओएन मोर्गन, काएरन पोलार्ड र वहाब रियाजको विकेट लिएका थिए।

१५९ रनको लक्ष पछ्याएको बार्बेडोस केवल ६९ रनमा समेटिएको थियो। तन्विरले २४ बलको स्पेलमा ०.७५ को इकोनोमी रेटले २२ डट बल गरेका थिए । उनको अदभूत प्रदर्शनको लागि म्यान अफ दि म्याच प्रदान गरिएको थियो।

#१ शाकिब अल हशन (४-१-६-६-) 

बाङ्ग्लदेशका चर्चित अल-राउण्डर शाकिबले सिपिएलको सुरुवाती सिजनमै ६ रन खर्चेर ६ विकेट हात पार्दै करेबियन प्रिमियर लिग टि-२० को उत्कृष्ट बलिंग प्रदर्शन आफ्नो नाम गरेका थिए। उनको किर्तिमान अझसम्म कायमै रहेको छ। बार्बेडोस ट्राइडेन्सको लागि खेल्ने क्रममा उनले ट्रिनिडाड एन्ड टोबेगो रेड स्टिलविरुद्ध उक्त किर्तिमान बनाएका थिए।

टस जितेर ब्याटिंग रोजेको ट्रिनिडाडबिरुद्ध देब्रे हाते स्पिनर शाकिब निकै घातक सावित भए। उनले ४ ओभरको स्पेलमा रोस टेलर, ड्वेन ब्राभो, केभिन ओ ब्रायन ओ ब्रायन, निकोलास पुरन, केभिन कुपर र स्यामुयल बद्रिलाई आउट पार्दै ट्रिनिडाडको ब्याटिंग धारासायी पारेका थिए। शाकिबले शानदार बलिंग गर्दा ट्रिनिडाड ५२ रनमै समेटिएको थियो। उनले २ क्याच समेत लिएका थिए।

जवाफी ब्याटिंगमा उत्रिएको बार्बेडोस फिडेल एडवार्डले ५ विकेट लिंदा ३९ रनमा ६ विकेट गुमाउदै संघर्षरत अवस्थामा थियो। त्यसपछि भने टिमले कमब्याक गर्दै ४ विकेट बाँकी रहँदै खेल जितेको थियो। शाकिब खेलको प्लेयर अफ द म्याच चुनिएका थिए।

सिपिएलमा अन्य उत्कृस्ट बलिंग स्पेल :-

रेमन रिफर ( बार्बेडोस )  – ५ विकेट ( ४-०-२०-५ ) बिरुद्ध – गुएना

फिडेल एडवार्डस ( ट्रिनबागो ) – ५ विकेट ( ४-०-२२-५ ) , बिरुद्ध – बार्बेडोस

ड्वेन ब्राभो ( ट्रिनबागो ) – ५ विकेट ( ४-०-२३-५ ) , बिरुद्ध – जमैका

डेभिड वेस ( गुएना )  ५ विकेट ( ४-०-३०-५ ) , बिरुद्ध – बार्बेडोस

यो पनि पढ्नुस :-

https://wicketnepal.com/sandeep-best-9-spell-in-foreign-t20-league/

https://wicketnepal.com/dhoni-8-records-wn20/

https://wicketnepal.com/dhoni-raina-retirement-twiter-react-wn20/

https://wicketnepal.com/cpl-t20-jamaica-team-prev-wn20/

https://wicketnepal.com/4-ball-4-wicket-new-wc-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy