CPL : अपराजित रहँदै पोलार्डको ट्रिनबागो शिर्षमा, हेनुस को-कति स्थानमा छन्

ट्रिनिडाड एन्ड टोबागोमा जारि करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत काइरन पोलार्ड कप्तानीको टिम ट्रिनबागो नाइट राइडर्स अपराजित यात्रा कायम राख्दै अंकतालिकाको शिर्ष स्थानमा कायम रहेको छ। आफ्नो पाँचौ खेलमा जित दर्ता गर्ने क्रममा ट्रिनबागोले गायना अमेजन वारियर्सलाई ७ विकेटको ठुलो अन्तरले पराजित गर्यो।

शुक्रबार राति सम्पन्न खेलमा गायनाले दिएको ११३ रनको लक्ष्य ट्रिनबागोले ३ विकेट गुमाएर १८.२ ओभरमा भेटायो। ट्रिनबागोको जितमा प्लेयर अफ द म्याच चुनिएका खरी पियरले ३ विकेट लिए। ट्रिनबागोको ब्याटिंगमा टिम सेफर्टले अविजित ३९ तथा डेरेन ब्राभोले अविजित २६ रन बनाए। यस्तै टायन वेब्स्टरले २७ र लेन्डल सिमोन्सले १९ रन बनाए। इमरान ताहिरले २५ रन खर्चेर २ विकेट लिएता पनि टिमलाई जित दिलाउन पर्याप्त भएन।

अंकतालिकामा को-कति स्थानमा 

ट्रिनबागो नाइट राइडर्स पाँचौ खेलमा जित पछि १० अंक बटुल्दै अंकतालिकाको शिर्षस्थानमा रहेको छ। ६ खेलमा ४ जित र २ हार पछि ८ अंक सहित सेन्ट लुसिया दोश्रो स्थानमा रहेको छ। समान ४ अंक रहेता पनि नेट रन रेटको आधारमा बार्बेडोस ट्राइडेन्ट, गायना र जमैका तलावाज क्रमशः तेश्रो , चौथो र पाँचौ स्थानमा रहेको छ। १ मात्र खेल जितेको सेन्ट किट्स २ अंक सहित पुछारमा रहेको छ। अंकतालिकामा सबै टिमले कुल १० खेल खेलेपछि उत्कृस्ट-४ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

लिग अन्तर्गत आगामी खेल :-

लिग अन्तर्गत शुक्रबार कुनै पनि खेल खेलिनेछैन। शनिवार ( अगस्ट २९ ) राति ७:४५ बजे बार्बेडोस ट्राइडेन्ट र ट्रिनबागो नाइट राइडर्स प्रतिस्पर्धा गर्नेछन्।

नेपाली स्पिनर सन्दिप लामिछानेको टिम जमैकाले छैठौं खेलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल शनिवार राति १२ बजे सुरु हुनेछ। जमैकाले अघिल्लो खेलमा बार्बेडोससंग ३६ रनको हार बेहोरेपछि अंक तालिकाको पाँचौ स्थानमा छ। सेन्ट किट्सलाई पराजित गरे जमैका अंकतालिकामा उत्कृस्ट-४ भित्र पुग्नेछ।

सन्दिप पाँचौ सर्वाधिक विकेटकर्ता , मुजिब पहिलो स्थानमा

लिग अन्तर्गत जमैकाको प्रतिनिधित्व गरिरहेका सन्दिप लामिछानेले ५ खेलमा ७ विकेट लिएका छन्। यस क्रममा दायाँ हाते स्पिनरले २० ओभर बलिंग गर्दै मात्र ८९ रन खर्चेका छन्। सन्दिप सहित रायद इम्रिट, किमो पौल र राशिद खानले पनि ७ विकेट लिंदै सर्वाधिक विकेटकर्ताको सुचीमा पाँचौ स्थानमा संयुक्तरुपमा रहेका छन्।

जमैकाकै अफ स्पिनर मुजिब उर् रहमान १२ विकेट सहित सर्वाधिक विकेटकर्ता रहेका छन्। इमरान ताहिर र स्कट कग्लेजिन समान ११ विकेट सहित दोश्रो स्थानमा रहेका छन्। बिहिबार करियरकै उत्कृस्ट बलिंग गरेका सेन्ट लुसियाका मोहम्मद नाबी ९ विकेट सहित तेश्रो तथा केस्रिक विलियम्स ८ विकेट सहित चठो स्थानमा रहेका छन्।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/nabi-bwl-st-lucia-4th-win-wn20/

https://wicketnepal.com/ipl-delhi-jasan-roy-out-wn20/

https://wicketnepal.com/bradman-11-records-unbreakable-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/ipl-5-player-to-debut-wn20/

https://wicketnepal.com/5-kheladi-jasko-antim-ipl-wn20/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]