CPL : सेमीफाइनलमा जमैकाले ट्रिनबागोको सामना गर्दै ( सम्पूर्ण जानकारी )

करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) को आठौँ संस्करण अन्तर्गत पहिलो सेमीफाइनलमा सन्दिप लामिछाने सम्मिलित टिम जमैका तलावाजले ट्रिनबागो नाइट राइडर्ससंग मंगलबार प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा अपराजित रहने क्रममा लिग चरणको दुवै खेलमा जमैकालाई पराजित गरेको काइरन पोलार्ड कप्तानीको ट्रिनबागोलाई चकित पार्दै फाइनल पुग्ने उद्देश्यका साथ जमैका ब्रायन लारा स्टेडियममा उत्रनेछ।

लिगको अघिल्लो संस्करणमा ट्रिनबागो दोश्रो क्वालीफायरबाट बाहिरीएको थियो जसलाई बार्बेडोस ट्राइडेन्टले १२ रनले पराजित गरेको थियो। लिगको उपाधि बार्बेडोसले जित्ने क्रममा लिगमा ११ खेलसम्म अपराजित गायनालाई २७ रनले स्तब्ध पारेको थियो। यो सिजन पनि फाइनल पुग्न जमैकाले ट्रिनबागोको १० खेलमा अपराजित यात्रा समाप्त गर्दै स्तब्ध पार्नुपर्नेछ।

खेल : जमैका तलावाज VS ट्रिनबागो नाइट राइडर्स

मिति र समय : सेप्टेम्बर ८, राति ७:४५ बजे ( नेपाली समय ) , १०:बजे बिहान ( स्थानीय समय )

मैदान : ब्रायन लारा स्टेडियम, ट्रिनिडाड एण्ड टोबागो

अन्तिम ५ खेलको नतिजा : जमैका ० – ५ ट्रिनबागो

लाइभ कहाँ हेर्ने : नेपालमा सिपिएल टि-२० को स्टार स्पोर्ट्सले ( Star Sports ) प्रत्यक्ष प्रशारण गर्नेछ। फेसबुकमा सीपीएल टि-२० को Faebook र Youtube मा पनि प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ।

जमैका तलावाज टिम : रोभम्यान पावेल ( कप्तान ) आन्द्रे रसेल, चाडविक वाल्टेन, ओशेन थोमस, कार्लोस ब्राथवेट, फिडेल एडवार्स, प्रेस्टन म्याकस्वीन, आन्द्रे म्याककार्थी, निकोलस किर्टोन, जेभर रोयल, एनकु्रमा वोनर, भिरास्यामी परमल, रायन परसाउद , सन्दीप लामिछाने, ग्लेन फिलिप्स, मुजिब उर् रहमान, असिफ अली

ट्रिनबागो नाइट राइडर्स टिम : काइरन पोलार्ड ( कप्तान ) , ड्वेन ब्राभो, सुनिल नारायन, कोलिन मुनरो, फवाद एहमद, डेरेन ब्राभो, लेन्डल सिमोन्स, सिकन्दर राजा, खरी पिएरे, टिम सेफर्ट, एण्डरसन फिलिप, प्रभिन ताम्बे, जेडेन सिल्स, अमिर जन्गो, टाएन वेब्स्टर, अकेल होसेन, मोहम्मद अलि खान

अघिल्लो भेटमा के भएको थियो 

अगस्ट २० – ट्रिनबागोद्वारा जमैका ७ विकेटले पराजित 

जमैका : १३५/८ ( २० ओभर ) : ग्लेन फिलिप्स ५८, आन्द्रे रसेल २५ , अलि खान २/२५, जेडन सिल्स २/२१ , ट्रिनबागो : १३६/३ ( २० ओभर ) : सुनिल नारायण ५३, कोलिन मुनरो ४९ , मुजिब उर् रहमान १/१३, फिडेल एड्वार्ड्स १/१९, सन्दिप लामिछाने १/३०

सेप्टेम्बर १ – ट्रिनबागोद्वारा जमैका १९ रनले पराजित

ट्रिनबागो : १८४/४ ( २० ओभर ) : कोलिन मुनरो ६५, काइरन पोलार्ड ३३* , कार्लोस ब्राथवेट २/३६, सन्दिप लामिछाने : १/२० , जमैका : १६५/६ ( २० ओभर ) , आन्द्रे रसेल : ५०*, ग्लेन फिलिप्स ४१, फवाद एहमद २/२१

लिगमा जमैकाको हालसम्मको नतिजा  ( १० खेलमा ३ जित, ६ हार, १ नतिजाविहिन )

पहिलो खेल Vs सेन्ट लुसिया – ५ विकेटले विजयी 

दोश्रो खेल Vs ट्रिनबागो – ७ विकेटले पराजित

तेश्रो खेल Vs गायना – १४ रनले पराजित

चौथो खेल Vs गायना – ५ विकेटले विजयी 

पाँचौ खेल Vs बार्बेडोस – ३६ रनले पराजित 

छैठौं खेल Vs सेन्ट किट्स – ३७ रनले विजयी 

सातौँ खेल Vs ट्रिनबागो – १९ रनले पराजित 

आठौँ खेल Vs सेन्ट किट्स – नतिजाविहिन 

नवौं खेल Vs बार्बेडोस – ७ विकेटले पराजित 

दशौँ खेल Vs सेन्ट लुसिया – ११ रनले पराजित 

लिगमा ट्रिनबागोको हालसम्मको नतिजा  ( ६ खेलमा ६ जित )

पहिलो खेल Vs गायना – ४ विकेटले विजयी 

दोश्रो खेल Vs जमैका – ७ विकेटले विजयी 

तेश्रो खेल Vs बार्बेडोस – १९ रनले विजयी 

चौथो खेल Vs सेन्ट लुसिया –६ विकेटले विजयी

पाँचौ खेल Vs गायना – ७ विकेटले विजयी 

छैठौं खेल Vs बार्बेडोस – २ विकेटले विजयी 

सातौँ खेल Vs जमैका – १९ रनले विजयी 

आठौँ खेल Vs सेन्ट किट्स – ५९ रनले विजयी 

नवौं खेल Vs सेन्ट लुसिया – २३ रनले विजयी 

दशौँ खेल Vs सेन्ट किट्स – ९ विकेटले विजयी 

जमैकाले जित्ने आधार 

लिग चरणमा मात्र ३ खेल जिते पनि जमैकाको टिम त्यति कमजोर पनि छैन। आन्द्रे रसेल, मुजिब उर् रहमान, ग्लेन फिलिप्स, सन्दिप लामिछाने जस्ता खेलाडीहरु लगातार राम्रो प्रदर्शन गरिरहेका छन्।

१० खेलमा ३९.२५ को औशतले ३१४ रन बनाएका ओपनिंग ब्याट्सम्यान फिलिप्स प्रतियोगिताकै सर्वाधिक रनकर्ता हुन् भने ८ खेलमा ५५ को औशतले २२० रन बनाएका रसेल सातौँ सर्वाधिक रनकर्ता हुन्। अर्का ओपनर जर्माइन ब्ल्याकवुड पनि ठिक-ठाक लयमा रहेका छन् जसले ६ इनिंगमा ३१.५० को औशतले १८९ रन बनाएका छन्। लिगको सुरुवात राम्रो गरेका पाकिस्तानी ब्याट्सम्यान आसिफ अलि, कप्तान रोभम्यान पावेल तथा कार्लोस ब्राथवेट जस्ता ब्याट्सम्यानहरुले ब्याटिंगमा जिम्मेवारी देखाउने हो भने जमैकाको ब्याटिंग लाइन अप अझ बलियो हुनेछ।

सन्दिप र मुजिबको जोडीले उत्कृस्ट प्रदर्शन गरिरहेका छन्

लिगकै सर्वाधिक विकेटकर्ता मुजिब उर् रहमान ( १५ विकेट ) तथा चौथो सर्वाधिक विकेटकर्ता सन्दिप लामिछाने ( १२ ) विकेट रहेको जमैकाको स्पिन बलिंग सबै टिमको लागि मुस्किल बन्ने गरेको छ। फिडेल एड्वार्ड्स र कार्लोस ब्राथवेटले पनि ठिक-ठाक बलिंग गर्दा टिममा पाँचौ बलरको कमि स्पस्ट देखिन्छ। आन्द्रे रसेलले पछिल्लो खेलहरुमा बलिंग नगर्दा टिम सन्तुलनमा प्रभाव परेको छ। सन्दिप र मुजिबलाई तिब्र गति बलरहरुले साथ दिएर ट्रिनबागोलाई ठूलो योगफल बनाउन नदिने हो भने जमैका खेल जित्न सक्षम रहेको छ।

स्टार खेलाडीहरुको कमि नरहेको जमैकाले एउटा टिमको रुपमा खेल्ने हो भने ट्रिनबागोलाई पराजित गर्न सक्छ। अझ विशेष गरि जमैकाले खेल जित्न ट्रिनबागोको मजबुत ब्याटिंगलाई तोड्नु पर्नेछ।

जमैकाका खेलाडीहरुको प्रदर्शन :- 

आन्द्रे रसेल – ८ खेलमा १५२ रन र ३ विकेट

ग्लेन फिलिप्स – १० खेलमा ३१४ रन

जर्माइन ब्ल्याकवुड – ७ खेलमा १८९ रन

क्रुमाह बोनर – ७ खेलमा १०७ रन

आसिफ अलि – ९ खेलमा ११४ रन

कार्लोस ब्राथवेट – १० खेलमा ४७ रन र १० विकेट

रोभम्यान पावेल – १० खेलमा ७३ रन

सन्दिप लामिछाने – १० खेलमा १२ विकेट

मुजिब उर् रहमान – १० खेलमा १५ विकेट

फिडेल एड्वार्ड्स – ८ खेलमा ९ विकेट

भिरासामी परमौल – ५ खेलमा ५ विकेट

चाडविक वाल्टन – ८ खेलमा २४ रन

ओशेन थोमस – ३ खेलमा १ विकेट

ट्रिनबागोको बलियो पक्ष 

सर्वाधिक विकेट लिने र रन बनाउने सूचीमा अग्र स्थानमा नरहेता पनि ट्रिनबागो टिममा काइरन पोलार्ड, सुनिल नारायण, डेरेन ब्राभो, लेन्डल सिमोन्स, कोलिन मुनरो, टिम सेफर्ट, फवाद एहमद, ड्वेन ब्राभो, खरी पिरे, सिकन्दर राजा, जेडन सीएल्स, प्रभिन ताम्बे जस्ता खेलाडीहरु निरन्तर राम्रो प्रदर्शन गरिरहेका छन्। ट्रिनबागोले खेलेको १० वटा खेलमा ७ जना फरक खेलाडीहरु प्लेयर अफ द म्याच भएका छन्। सुनिल नारायण, कोलिन मुनरो र काइरन पोलार्ड २/२ पटक तथा फवाद एहमद, लेन्डल सिमोन्स, खरी पीएरे र ड्वेन ब्राभो १/१ पटक प्लेयर अफ द म्याच चुनिएका छन्।

धेरै रन बनाउने १० जना ब्याट्सम्यानको सूचीमा ट्रिनबागोको ४ जना ब्याट्सम्यान ( ब्राभो, सिमोन्स, पोलार्ड, मुनरो ) रहेका छन्। टिमका हरेक खेलाडीहरुले आवस्यकता पर्दा जिम्मेवारी देखाएका छन्। घरेलु मैदानमा ट्रिनबागोका खेलाडीहरुले ४ पटक पहिले ब्याटिंग गर्दा १७० भन्दा बढी रन बनाएका छन्। टिमले डेथ ओभरमा १२.७ रन प्रतिओभर रन बनाउनु सफलताको अर्को ठूलो कारण हो।

डेरेन ब्राभो र काइरन पोलार्ड

टिमको सबैभन्दा बलियो पक्ष कप्तान काइरन पोलार्डको कप्तानी र प्रदर्शन हो। ३३ वर्षीय पोलार्डले आफ्नै दममा टिमलाई आधा जति खेल जिताएका छन्। ब्याटिंगमा ९ खेलमा ५१.७५ को औशत र २०४.९५ को सर्वाधिक स्ट्राइक रेटले रन बनाइरहेका उनले बलिंगमा पनि ४ विकेट लिएका छन्। यस क्रममा पोलार्डले ७ इनिंगमा ब्याटिंग गर्दा ३ इनिंगमा अविजित रहेका थिए।

ट्रिनबागोका खेलाडीहरुको प्रदर्शन 

काइरन पोलार्ड – ९ खेलमा २०७ रन र ४ विकेट

डेरेन ब्राभो – १० खेलमा २३९ रन

सुनिल नारायण – ४ खेलमा १४० रन र ५ विकेट

कोलिन मुनरो – ८ खेलमा २०७ रन

टिम सेफर्ट – १० खेलमा १२९ रन

लेन्डल सिमोन्स – ९ खेलमा २१८ रन

टायन वेब्स्टर – ५ खेलमा ९८ रन

ड्वेन ब्राभो – ८ खेलमा ९ विकेट

सिकन्दर राजा – ६ खेलमा ७ विकेट

फवाद एहमद – ९ खेलमा १० विकेट

खरी पीएरे – ८ खेलमा ७ विकेट

अलि खान – ६ खेलमा ६ विकेट

जेडन सीएल्स – ६ खेलमा ८ विकेट

अकेल होसेन – ५ खेलमा ६ विकेट

यो पनि पढ्नुस :-

https://wicketnepal.com/stokes-le-suruwati-khel-gumaune-ipl-wn20/

https://wicketnepal.com/jos-buttler-out-3rd-t20-wn20/

https://wicketnepal.com/ipl-orange-cap-9-players/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/

https://wicketnepal.com/nam-firta-liyeka-7-cricketer-wn20/

https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/

https://wicketnepal.com/nep-2-ball-wn-vs-myanmar-wn20/





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]