हरि शंकरले अर्धशतक बनाउंदा जित्नै पर्ने खेलमा चितवनले जोड्यो १९३ रन

पोखरा प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको पहिलो खेलमा चितवन राइनोज र धनगढी ब्लुज भिड्दै छन्। आफ्ना पहिलो दुई खेल हारेको चितवनलाई खेल जित्ने पर्ने दबाब रहेको छ।

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले खेलको पहिलो इनिंगमा ५ विकेट गुमाएर १९३ रन जोडेको छ। धनगढीलाई प्रतियोगितामा दोस्रो जित दर्ता गर्न १९४ रनको जरुरत रहने छ।

बुधवार बिहान पोखरा रंगशालामा धनगढीले टस जितेर फिल्डिंग गर्ने निर्णय गरेपछि ब्याटिंगमा उत्रिएको चितवनले उत्कृस्ट ब्याटिंग प्रदर्शन गर्दै १९३ रनको योगफल तयार गर्न सफल रह्यो। चितवनको इनिंगमा हरि शंकर शाहाले सर्वाधिक ५३ रन जोडे।

Hari Shankar Sah
Hari Shankar Sah

अनिल कुमार साहसंग ओपनिङ्ग गर्न उत्रिएका हरिले ५३ रन जोड्ने क्रममा ३३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। अनिल र हरिले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गर्दै चितवनलाई उत्कृस्ट सुरुवात दिएका थिए। प्रतियोगितामा यो पहिलो १०० रनको ओपनिङ्ग साझेदारी समेत हो। अनिल व्यक्तिगत ३४ बलमा १ चौका र ३ छक्का सहित ३७ रनको स्कोरमा दिपेन्द्र ऐरीको शिकार बनेका थिए।

Anil Shah
Anil Shah

यस्तै चितवनका लागि सन्नी पटेलले अविजित २६ रन तथा स्मित पटेलले २४ रन बनाए। सन्नीले १६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दा स्मितले १७ बलमा ४ चौका प्रहार गरे।

धनगढीको बलिङ्गमा दिपेन्द्र ऐरी, डयानिएल लरेन्स, योगेन्द्र सिंह कार्की र मन्जित श्रेष्ठले समान १-१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत बुधवारको दोस्रो खेलमा बिराटनगर टाईटन्स र बुटवल ब्लासटर्स भिड्दै छन्।

Hari Shankar Sah
Hari Shankar Sah
Hari Shankar Sah
Hari Shankar Sah

Nishan Kharel

A proud dreamer "Future belongs to those who believe in the beauty of their dreams" MA Eco and CA Final student.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy