शिर्ष-३ मा पर्न पारसको राइनोजलाई १४६ रनको लक्ष्य : पिपिएल टि-२०

Chitwan Rhinos
  • विकेटनेपाल – १७ कार्तिक, शनिवार (पोखरा)

पोखरा प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा बिराटनगर टाईटन्स र चितवन राइनोज भिड्दै छन्। दोस्रो चरण प्रवेशका लागि चितवनलाई जितको खाँचो छ भने बिराटनगर प्रतियोगिताबाट बाहिरिसकेको छ।

शनिवारको दोस्रो खेलमा टस जितेर ब्याटिंगमा उत्रिएको बिराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४५ रनको योगफल तयार गरेको छ।

बिराटनगर बिरुद्ध जित निकालेमा चितवनको सिधा फाइनल प्रवेश गर्ने सम्भावना रहने छ। यस्तै चितवन हारेको खण्डमा भने धनगढीले शिर्ष ३ मा आफ्नो स्थान बनाउने छ।

Zaid Khan
Zaid Khan

बिराटनगरको इनिंगमा जैद आलमले सर्वाधिक ५१ तथा सुनिल धमलाले ४७ रनको योगदान गरे। आलमको प्रतियोगितामा यो लगातार तेस्रो अर्धशतक समेत हो।

ओपनिङ्ग गर्न उत्रिएका जैदले ४७ बलमा ६ चौका र २ छक्का सहित ५१ रन जोडे। त्यसक्रममा उनले सुनिल धमलासंग पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए।

सुनिल व्यक्तिगत ४७ रनको स्कोरमा स्मित पटेलको शिकार बने। ४५ बल खेलेका सुनिलले ७ चौका प्रहार गरे।

यस्तै पुस्प थापाले अविजित ११, प्रदिप ऐरी ११ र राजेश पुलामीले ८ रन जोडे।

चितवनको बलिङ्गमा स्मित पटेल र पारस खड्काको नाममा समान २-२ विकेट रह्यो। आ-आफ्नो ४ ओभरको स्पेलमा पारस र स्मितले क्रमश २९ र २७ रन खर्चिए।

Karan KC
Karan KC
Spectators at PPL
Spectators at PPL
Spectators at PPL
Spectators at PPL
Zaid Khan
Zaid Alam
Karan KC
Karan KC
Chitwan Rhinos
Chitwan Rhinos




थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]