सन्नी पटेल चम्किंदा पारसको राइनोजलाई पिपिएलमा पहिलो जित

Chitwan Rhinos

पोखरा प्रिमियर लिग अन्तर्गत पारस खड्का कप्तानीको चितवन राइनोजले पहिलो जित प्राप्त गरेको छ। पाँचौं दिनको पहिलो खेलमा चितवनले धनगढी ब्लुजलाई १२७ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै चितवनले दिएको १९४ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको धनगढी १६. २ ओभरमा ६७ रनमा समेटिन पुग्यो। धनगढीलाई परजित गर्न चितवनका सन्नी पटेलले ४ विकेट चट्काए।

खराब ब्याटिंग प्रदर्शन गरेको धनगढीका लागि पिटर डेभिड ट्रेगोले २७ र योगेन्द्र सिंह कार्कीले १७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन्।

Bhuwan Karki
Bhuwan Karki

लगातार विकेट गुमाएको धनगढीले साझेदारी बनाउन नसक्दा लक्ष्य भेट्टाउनबाट चुक्यो। प्रतियोगितामा धनगढीको यो दोस्रो हार समेत हो। यसअघि काठमाण्डौ रोयल्स बिरुद्ध समेत धनगढी पराजित भएको थियो।

चितवनको बलिङ्गतर्फ सन्नी पटेलले सर्वाधिक ४ विकेट चट्काए। आफ्नो ३.२ ओभरको स्पेलमा पटेलले ८ रन खर्चिएर ४ विकेट हात पारे। यस्तै भूबन कार्की र स्मित पटेलको नाममा समान २-२ विकेट रह्यो।

यसअघि पहिलो इनिङ्गमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले खेलको पहिलो इनिंगमा ५ विकेट गुमाएर १९३ रन जोडेको थियो।

Hari Shankar Sah
Hari Shankar Sah

बुधवार बिहान पोखरा रंगशालामा धनगढीले टस जितेर फिल्डिंग गर्ने निर्णय गरेपछि ब्याटिंगमा उत्रिएको चितवनले उत्कृस्ट ब्याटिंग प्रदर्शन गर्दै १९३ रनको योगफल तयार गर्न सफल रह्यो। चितवनको इनिंगमा हरि शंकर शाहाले सर्वाधिक ५३ रन जोडेका थिए।

अनिल कुमार साहसंग ओपनिङ्ग गर्न उत्रिएका हरिले ५३ रन जोड्ने क्रममा ३३ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए। अनिल र हरिले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गर्दै चितवनलाई उत्कृस्ट सुरुवात दिएका थिए। प्रतियोगितामा यो पहिलो १०० रनको ओपनिङ्ग साझेदारी समेत हो। अनिल व्यक्तिगत ३४ बलमा १ चौका र ३ छक्का सहित ३७ रनको स्कोरमा दिपेन्द्र ऐरीको शिकार बनेका थिए।

Hari Shankar Sah
Hari Shankar Sah

यस्तै चितवनका लागि सन्नी पटेलले अविजित २६ रन तथा स्मित पटेलले २४ रन बनाएका थिए। सन्नीले १६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दा स्मितले १७ बलमा ४ चौका प्रहार गरेका थिए।

धनगढीको बलिङ्गमा दिपेन्द्र ऐरी, डयानिएल लरेन्स, योगेन्द्र सिंह कार्की र मन्जित श्रेष्ठले समान १-१ विकेट लिएका थिए।

जितसंगै पारस खड्काको टोलि चितवन राइनोजले प्रतियोगितामा अन्तिम ३ मा पर्ने सम्भावना कायम राखेको छ। ३ खेल खेलेको राइनोजले २ खेलमा हार बेहोर्दा १ जित सहित २ अंक जोडेको छ।

प्रतियोगिता अन्तर्गत बुधवारको दोस्रो खेलमा बिराटनगर टाईटन्स र बुटवल ब्लासटर्स भिड्दै छन्।

Bhuwan Karki
Bhuwan Karki
Peter Trego
Peter Trego

Sunny Patel

 





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]