पारसको राइनोजलाई जित्न ज्ञानेन्द्रको रोयल्सलाई १५० रनको लक्ष्य : पिपिएल टि-२०

Hari Shankar Shaha

पोखरा प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा पारस खड्काको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको काठमाण्डौ रोयल्स भिड्दै छन्। प्रतियोगितामा चितवनले ३ खेलमा १ जित हात पारेको छ भने काठमाण्डौले २ खेल खेल्दा दुवै जित दर्ता गरेको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रनको योगफल तयार गरेको छ।

चितवनका लागि हरि शंकर रानाले सर्वाधिक ६० रनको योगदान गरे। यस्तै स्मित पटेलले ३१, पारस खड्काले १४ तथा सन्नी पटेलले १३ रन जोड्न सफल रहे।

Hari Shankar Shah)
Hari Shankar Shah)

प्रतियोगिताको लगातार दोस्रो अर्धशतक बनाउने क्रममा चितवनका हरि शंकर शाहाले ६० रनको इनिंग खेले। ४९ बलको सामना गरेका हरिले ५ चौका र ३ छक्का सहित ६० रन जोडे।

पहिलो विकेटका लागि ओपनर अनिल साहसंग ५४ रनको साझेदारी गर्दै हरिले टोलीलाई राम्रो सुरुवात दिएका थिए। अनिल व्यक्तिगत २७ रनको स्कोरमा बसन्त रेग्मीको शिकार बनेका थिए। त्यसअघि उनले २७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे।

Hari Shankar Saha, Anil Sah
Hari Shankar Saha, Anil Sah

यस्तै चितवनका लागि कप्तान पारस खड्काले १४ रन जोड्दा नन्दन यादवको बलमा बोल्ड भए। त्यसपश्चात चितवनका लागि बिदेशी खेलाडी जोडी स्मित पटेल
र सन्नी पटेलले क्रमश ३१ रन र १३ रन जोड्दै चितवनको इनिंगलाई १४९ रनसम्म पुर्याए।

काठमाण्डौको बलिङ्गतर्फ बसन्त रेग्मीले सर्वाधिक २ विकेट (३-०-२१-२) हात पारे। यस्तै पवन सर्राफ र नन्दन यादवको नाममा समान १-१ विकेट रह्यो।

Hari Shankar Shah
Hari Shankar Shah
Hari Shankar Saha, Anil Sah
Hari Shankar Saha, Anil Sah




थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]