पारसको राइनोजलाई जित्न ज्ञानेन्द्रको रोयल्सलाई १५० रनको लक्ष्य : पिपिएल टि-२०

पोखरा प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा पारस खड्काको चितवन राइनोज र ज्ञानेन्द्र मल्लको काठमाण्डौ रोयल्स भिड्दै छन्। प्रतियोगितामा चितवनले ३ खेलमा १ जित हात पारेको छ भने काठमाण्डौले २ खेल खेल्दा दुवै जित दर्ता गरेको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रनको योगफल तयार गरेको छ।

चितवनका लागि हरि शंकर रानाले सर्वाधिक ६० रनको योगदान गरे। यस्तै स्मित पटेलले ३१, पारस खड्काले १४ तथा सन्नी पटेलले १३ रन जोड्न सफल रहे।

Hari Shankar Shah)
Hari Shankar Shah)

प्रतियोगिताको लगातार दोस्रो अर्धशतक बनाउने क्रममा चितवनका हरि शंकर शाहाले ६० रनको इनिंग खेले। ४९ बलको सामना गरेका हरिले ५ चौका र ३ छक्का सहित ६० रन जोडे।

पहिलो विकेटका लागि ओपनर अनिल साहसंग ५४ रनको साझेदारी गर्दै हरिले टोलीलाई राम्रो सुरुवात दिएका थिए। अनिल व्यक्तिगत २७ रनको स्कोरमा बसन्त रेग्मीको शिकार बनेका थिए। त्यसअघि उनले २७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे।

Hari Shankar Saha, Anil Sah
Hari Shankar Saha, Anil Sah

यस्तै चितवनका लागि कप्तान पारस खड्काले १४ रन जोड्दा नन्दन यादवको बलमा बोल्ड भए। त्यसपश्चात चितवनका लागि बिदेशी खेलाडी जोडी स्मित पटेल
र सन्नी पटेलले क्रमश ३१ रन र १३ रन जोड्दै चितवनको इनिंगलाई १४९ रनसम्म पुर्याए।

काठमाण्डौको बलिङ्गतर्फ बसन्त रेग्मीले सर्वाधिक २ विकेट (३-०-२१-२) हात पारे। यस्तै पवन सर्राफ र नन्दन यादवको नाममा समान १-१ विकेट रह्यो।

Hari Shankar Shah
Hari Shankar Shah
Hari Shankar Saha, Anil Sah
Hari Shankar Saha, Anil Sah

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy