क्रिकेट टिमलाई अमेरिकामा सहयोग

अमेरिकामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको बुधबार सम्पन्न नेपाल र ओमान बीचको खेलपछि अमेरिकामा रहेका बिभिन्न नेपाली संघसंस्थाहरुले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सहयोग हस्तान्तरण गरेका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा कप्तान सन्दिप लामिछाने, प्रशिक्षक पुबुदु दासानायेके , क्यानका क्रिकेट म्यानेजर विनोद दास सहित नेपाली टिम उपस्थित थियो। अमेरिकाको ह्युस्टनमा रहेका संघ संस्थाहरु नेप्लिज एसोसिएसन अफ ह्युस्टन, गुल्मी समाज ह्युस्टन, सीएनएस, अन्तर्राष्ट्रिय साहित्यिक समाज ह्युस्टन, एनआरएएन टेक्सस च्याप्टर, नेप्लिज हेरिटेज युनियनले टिमलाई सहयोग वापत ५ हजार डलर हस्तान्तरण गरेका हुन्।

सोमबार नेपाली टिमलाई भेटघाट र शुभकामना प्रदान गर्ने कार्यक्रममा संकलित तथा बिभिन्न संघ संस्थाहरुले गएको रकम एकमुस्ट राष्ट्रिय टिमलाई प्रदान गरिएको हो।

कार्यक्रममा एनएएचका अध्यक्ष डा. विष्णु नेपाल सहित गुल्मी समाज ह्युस्टनका अध्यक्ष लक्ष्मण भण्डारी, नेप्लिज हेरिटेज युनियनका अध्यक्ष कर्ण बोगटीको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै क्यानका क्रिकेट म्यानेजर दासले सहयोग रकमलाई नेपालमा आगामी सेप्टेम्बरमा सुरु हुने दुई दिवसीय क्रिकेट सुरुवात गर्न प्रयोग गर्ने बताए।

नेपाली क्रिकेट टिमले विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत आज अमेरिकासंग अन्तिम खेल खेल्दैछ। खेलको दौरान ह्युस्टनमा उल्लेख्य संख्यामा नियमित नेपाली दर्शकहरुको उपस्थिति रहेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy