क्रिकेट टिमलाई जनही एक लाख दिने बागमती प्रदेश सरकारको घोषणा

बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जनही एक लाख रुपियाँ दिने भएको छ।

प्रदेश सरकारले क्रिकेट खेलमार्फत देशको गौरव बढाउन योगदान पुर्‍याएको भन्दै विश्वकप छनोटमा पुगेका खेलाडीलाई एक लाख रुपियाँसहित सम्मान गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीलाई जनही एक लाख रुपियाँ प्रदान गर्न लागेको जानकारी दिनुभयो।

यसअघि सङ्घीय सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मानसहित जनही तीन लाख दिने घोषणा गरेको छ। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत बिहीबार भएको अन्तिम खेलमा यूएईलाई नौ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy