युगान्डा भ्रमणका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले युगान्डा भ्रमणका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले मंगलबार उनीहरूलाई बोलाएको हो। क्यानका अनुसार नेपालले युगान्डासँग ६ मार्चदेखि १७ मार्चसम्म शृंखला खेल्नेछ।

बन्द प्रशिक्षणमा सना प्रविण, सिमाना केसी र रिया शर्माले पहिलोपल्ट स्थान बनाएकी छन्। यी खेलाडीले नेपाललाई एसिया कप र आइसिसी यु–१९ विश्वकपमा पुर्‍याएका थिए।

अन्य भने पुरानै अनुहार दोहोरिएका छन्।

बन्द प्रशिक्षणमा रहेका खेलाडी
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सबनम राई, सोभा रोकाय, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन, सीमाना केसी, रिया शर्मा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy