युगान्डा भ्रमणका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा

nepal womens cricket team

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले युगान्डा भ्रमणका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले मंगलबार उनीहरूलाई बोलाएको हो। क्यानका अनुसार नेपालले युगान्डासँग ६ मार्चदेखि १७ मार्चसम्म शृंखला खेल्नेछ।

बन्द प्रशिक्षणमा सना प्रविण, सिमाना केसी र रिया शर्माले पहिलोपल्ट स्थान बनाएकी छन्। यी खेलाडीले नेपाललाई एसिया कप र आइसिसी यु–१९ विश्वकपमा पुर्‍याएका थिए।

अन्य भने पुरानै अनुहार दोहोरिएका छन्।

बन्द प्रशिक्षणमा रहेका खेलाडी
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सबनम राई, सोभा रोकाय, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन, सीमाना केसी, रिया शर्मा





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]