युगाण्डा भ्रमणकाे लागि नेपाली महिला क्रिकेट टिमको घोषणा

२०८१ फाल्गुन १९, सोमबार ०८:४२

काठमाडौं । आगामी साता युगाण्डामा सुरू हुने महिला टी–२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ। टोलीमा सना प्रवीण र रिया शर्मा पहिलोपटक परेका छन्।

मार्चको दोस्रो सातादेखि युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा चार देश सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखलामा मार्च ८ देखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको महिला टोलीबीचमा डबल राउण्ड रोबिन र त्यसपछि फाइनल हुनेछ।

नेपालले गत महिना घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग ३/३ खेलको शृंखला खेलेको थियो। त्यसमा जितविहीन रहेको नेपाली महिला टोलीका लागि एक महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मौका जुरेको छ।

नेपालले युगाण्डासँग यसअघि घरेलु मैदानमै शृंखला खेलेको थियो भने हङकङसँग पनि खेलिसकेको छ। नामिबियासँग भने महिला क्रिकेटमा नेपालको पहिलो भेट हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy