नेपालले अष्टेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने

काठमाडाैँ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले अगस्ट १४-२४ सम्म डार्विनमा हुने टप इन्ड टी–२० सिरिजमा नेपालको पनि सहभागिता रहने जानकारी दिएकाे हाे।

नेपालले डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा कम्तिमा ६ टी–२० खेल खेल्नेछ।

सिरिजमा पाकिस्तान तथा बंगलादेशको ‘ए’ टिम तथा बिग बास लिगका विभिन्न टोलीहरुको सहभागीता रहने छ। सिरिजको खेल तालिका अर्को हप्ता घोषणा हुने क्यानले बताएको छ।

विश्वकपको एसिया छनोट १ देखि १७ अक्टोबरसम्म ओमानमा हुँदैछ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy