क्रिकेटको हरेक म्याच फिक्स हुनेगर्छ : सट्टेबाज संजिव चावला

सन् २००० मा भएको चर्चित हेन्सी क्रोनिए फिक्सिंग काण्डका मुख्य आरोपी संजिव चावलाले ठुलो बयान दिएर क्रिकेट जगतलाई तरंगित गरिदिएका छन्। दिल्ली पुलिसलाई दिएको बयानमा चावलाले क्रिकेटको सबै म्याच पहिला देखिनै फिक्स हुने जसको पछाडी अन्डरवर्ल्डको हात बताउदै आफ्नो ज्यान खतरामा रहेको समेत बताएका हुन्।

“कुनै पनि क्रिकेट म्याच चोखो तरिकाले खेलिदैन। जुन पनि क्रिकेट म्याच हेरिने गरिन्छ ति सबै फिक्स्ड हुने गर्छन्।” इन्डियन एक्सप्रेसले उनको भनाइ उल्लेख गर्दै लेखेको छ।

“निकै ठुलो सिन्डिकेट/अन्डरवर्ल्ड माफिया जसले क्रिकेटको खेललाई यसरी नियन्त्रण गर्ने गर्छन् कि जसरि फिल्म जुन अरु कसैले निर्देशन गरिसकेको हुन्छ”

फेब्रुअरीमा भारत प्रत्यर्पण गर्ने क्रममा सन् २००० फिक्सिंग काण्डका मुख्य आरोपी चावला

इन्डियन एक्सप्रेसको अनुसार चावलाले धेरै कुराहरु बताएनन् यो भन्दै कि उनका अनुसार त्यस्तो गरे उनको हत्या गरिनेछ।

“म यो भन्दा बढी जानकारी दिन सक्दिन किनकि यसमा निकै ठुला मान्छे र अन्डरवर्ल्ड माफिया संलग्न छ। यदी मैले केहि खुलासा गरे भने यी खतरनाक मानिसहरुले मेरो हत्या गरिदिने छन्। यो मामलामा जांच गरेका क्राइम ब्रान्चका डीसीपी डा. जी राम गोपाल नाईकलाई समेत निशाना बनाइएको थियो। उनको ज्यान खतरामा थियो।”

दिल्ली पुलिसले आफ्नो चार्जसिटमा चावलाले अनुसन्धानमा सहयोग नगरेको बताएको छ। चावलाले यसै महिना जमानत पाएका थिए जसपछि दिल्ली पुलिसले सर्वोच्च अदालतको धोका ढकढक्याएको छ। अर्को महिना यसको सुनवाइ हुनेछ।

के थियो २००० को फिक्सिंग काण्ड, को हुन् सट्टेबाज संजिव चावला

७ अप्रिल २००० मा दक्षिण अफ्रीकाको भारत भ्रमणको क्रममा दिल्ली पुलिसको क्राइम ब्रान्च अफिसर इश्वर सिंह रेढुले उनिसंग हेन्सी क्रोनिए र सट्टेबाज संजिव चावलाको फोनवार्ताको रेकर्ड बाहिर ल्याएका थिए। यस दौरान हर्शल गिब्स, निकी बोए र पिटर स्ट्राइडमको नाम पनि अघि आएको थियो।

७ जुन २००० मा हर्शल गिब्सले हेन्सी क्रोनिएले उनलाई २० रन कम बनाउनको लागि १५ हजार डलरको अफर दिएको खुलासा गरेका थिए।

त्यसै वर्ष इंग्ल्याण्ड बिरुद्ध सेन्चुरियन टेस्टको पहिलो इनिंगमा दक्षिण अफ्रीकाले २४७ रनको स्कोरमा इनिंग घोषणा गरेको थियो। खेलमा पहिलो दिन खेल भएपछि दोश्रो, तेश्रो र चौथो दिनको खेल वर्षाले रद्द भएको थियो। पाँचौ दिन दक्षिण अफ्रीकाले पारि घोषणा गरेको थियो।

हेन्सी क्रोनिए

अन्तिम दिन इंग्ल्याण्डले शुन्य रनमा इनिंग घोषणा गर्यो। त्यसपछि दक्षिण अफ्रीकाले दोश्रो इनिंगनै नखेल्दा इंग्ल्यान्डले  २ सय ४९ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य इंग्ल्याण्डले २ विकेट बाँकी छदै जित्यो।

हेन्सी क्रोनिएले पछि खेलको नतिजा निकाल्नको लागि फिक्स गरेको खुलासा गरेका थिए।

क्रोनिएले १५ जुन २००० मा बयान दिंदै सट्टेबाजको सबै सम्पर्कको खुलासा गरेका थिए। २००० को भ्रमणको पाँचौ वानडेको दौरान गिब्सलाई २० रन कम बनाउन र हेनरी विलियम्सलाई ५० रन बढी दिन र दक्षिण अफ्रीकाले २७० रन भन्दा कम रन बनाउनको लागि १ लाख ४० हजार डलरको अफर सट्टेबाजले दिएका थिए। यस्तै १९९६ को कानपुरको तेश्रो टेस्टको दौरान मुकेश गुप्ता नामको मान्छेले उनलाई ३० हजार डलर दिएका थिए जसको लागि दक्षिण अफ्रीकाले अन्तिम दिन दक्षिण अफ्रीकाले खेल जानाजान हारोस्।

सोहि बर्ष ११ अक्टोबरमा क्रोनिएलाई क्रिकेट खेल्न या प्रशिक्षण गर्नबाट आजीवन प्रतिबन्ध लगाइएको थियो। क्रोनिएले सन् २००२ को प्लेन दुर्घटनामा ज्यान गुमाएका थिए।

को हुन् सट्टेबाज संजिव चावला  

चावला ९० को दशकबाट अन्डरवर्ल्ड डन दाऊद इब्राहिमको नजिक रहेका छन्।

श्रोतका अनुसार चावला १९९० को अन्त्य तिर डी कम्पनिका दाउद इब्राहिमसंग मिलेर भारत, दक्षिण अफ्रीका, पाकिस्तान र अरु देशका क्रिकेटरलाई फिक्सिंगमा संलग्न गराउथे।

फिक्सिंगमा संलग्नताको आरोप अघि आएपछि भारतले उनको पासपोर्ट रद्द गरेको थियो। त्यसको बाबजुद इंग्ल्याण्डले उनलाई लन्डनमा २००३ सम्म रहन मन्जुरी दिएको थियो। २००५ मा उनले त्यहाँको नागरिकता समेत पाएका थिए।

सन् २०१६ जुन १४ मा चावला लन्डनमा समातिएका थिए। त्यसपछि भारतले उनलाई प्रत्यर्पण गर्न आग्रह गरेको थियो। चावलाले भारतीय जेलको सुरक्षा र सुबिधालाई लिएर प्रश्न उठाएपछि इंग्ल्याण्ड पुलिसले दिल्ली पुलिससंग उनलाई राखिने दिल्ली तिहाड जेलको सुरक्षा व्यवस्था र सुविधाको जांच गरेको थियो।

२०१७ अक्टोबरमा चावलालाई भारत प्रत्यर्पण गर्न अदालतले रोक लगाएको थियो। तर त्यसै वर्ष नोभेम्बरमा ब्रिटिस सर्वोच्च अदालतले चावलालाई भारत प्रत्यर्पण नगरे तल्लो अदालतको निर्णयलाई रद्द गर्दै चावला बिरुद्ध प्रत्यर्पण कारवाही सुरु गर्न निर्देशन दिएको थियो। त्यसपछि सर्वोच्च अदालतले तिहाड जेलको सुरक्षा स्थितिको सम्बन्धमा भारतले दिलाएको आश्वासनको विश्वास गर्ने बताएको थियो।

उनलाई यसै वर्ष फेब्रुअरीमा एअर इन्डियाको फ्लाइटबाट भारत प्रत्यर्पण गरिएको थियो। प्रत्यर्पण बिरुद्ध चावलाले गरेको अपिललाई सर्वोच अदालतले बिहिबार खारेज गरेको थियो।

डेली मेलको रिपोर्टका अनुसार पछिल्लो १० वर्ष चावला आफ्नो श्रीमती र दुइ छोरासंग १ मिलियन पाउण्डको सम्पति रहेको उत्तर लन्डनको टेम्पल फर्चुनमा बस्दै आएका थिए। उनि केंनिंगटनमा क्याटरिंग बिजनेसमा संलग्न थिए।

चावला फिक्सिंग दुनियामा आउनु अघि दिल्लीमा खानदानी कपडा व्यापार गर्ने गर्थे। ब्यापार निकै ठुलो हुँदै जाँदा उनको भेट सट्टेबाजसंग भएको थियो जसपछि उनि पनि त्यसमा संलग्न रहेका थिए। त्यसपछि सट्टेबाजीमा लिप्त उनि विदेश समेत पुग्ने गरेका थिए।

यो बताइन्छ कि उनि आफ्नो पार्टीमा क्रिकेटरलाई समेत बोलाउने गर्थे। १९९८/९९ को क्रिकेट खेलहरुको नतिजा बदल्नमा उनको ठुलो हात थियो। १९९९ को शारजाह प्रतियोगितामा उनको ठुलो हात रहेको थियो।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]