नेपालमै पहिलो पटक ‘क्रिकेटको मेला’ लाग्ने , यस्ता छन् आकर्षण

२०७४ पुष २०, बिहीबार २१:४६

  • विकेटनेपाल, २० पौष- बिहिबार 

नेपालमै पहिलो पटक ‘ग्राण्ड क्रिकेट कार्निभल’ अर्थात ‘क्रिकेटको मेला’ लाग्ने भएको छ। यही माघ ५ र ६ गते मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा ‘ग्राण्ड क्रिकेट कार्निभल’ को आयोजना हुन लागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने कार्निभलमा क्रिकेट सम्बन्धित बिभिन्न जानकारीमुलक तथा मनोरन्जनात्मक गतिविधिहरु एकै ठाउँमा आयोजना हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी गराएका छन्।

रास्ट्रपति बिद्यादेबी भण्डारीले उद्घाटन गर्नुहुने कार्निभलमा ट्यालेन्ट हन्ट, क्रिकेट सामग्री बिक्रि, क्रिकेट फोटो प्रदर्शनी, क्रिकेटकै वृत्तचित्र प्रदर्शनी, क्रिकेट सम्बन्धित फन गेम, नेपाली क्रिकेटबारे सेमिनार, बिभिन्न क्षेत्रका ब्यक्तिहरु बीच मैत्रीपूर्ण क्रिकेट, सम्मान वितरण, सांगीतिक कन्सर्ट लगायतका गतिविधिहरु हुने आयोजकले बताएको छ। एकेडेमीले क्रिकेट क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक जनालाई हरेक बर्ष मदन भण्डारी क्रिकेट सम्मान प्रदान गर्ने समेत बताएको छ।

कार्निभललाई ५० हजार जनाले अवलोकन गराउने लक्ष लिएको जसको लागि प्याब्सनसंग सहकार्य गर्ने तयारी भइरहेको एकेडेमीका क्रिकेट बिभागका संयोजक सुदिप शर्माले बताएका छन्। कार्निभलमा प्रवेश गर्न टिकटको ब्यबस्था गरिनेछ।

क्रिकेट प्रतिभाहरुको खोजि र विकास गर्न ट्यालेन्ट हन्ट ( प्रतिभाको खोजि ) आयोजना गर्ने जसबाट उत्कृस्ट हुने १० जनालाई निशुल्क प्रशिक्षणको ब्यबस्था, प्रतियोगितामा अवसर तथा खेल सामग्री समेत प्रदान गर्ने एकेडेमीले बताएको छ।

कार्निभलमा रास्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटरहरु, बिभिन्न क्रिकेट एकेडेमीहरु, क्लबहरु, रास्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट अम्पायरहरुको समेत सहभागिता हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो। यसै हफ्ता एकेडेमीको संचालनमा काठमाडौँको बानेश्वरमा ‘मदन भण्डारी क्रिकेट एकेडेमीको समेत उद्घाटन भएको थियो।

के के हुनेछ कार्निभलमा ? 

१. रास्ट्रिय खेलाडी, राजनिति कर्मी, कलाकार, पत्रकार, ब्यापारीहरु बीच प्रदर्शनी खेल
२. मदन भण्डारी क्रिकेट सम्मान
३. प्रतिभाको खोजि ( ट्यालेन्ट हन्ट )
४. क्रिकेट सम्बन्धि फोटो प्रदर्शनी
५. क्रिकेट सम्बन्धि वृतचित प्रदर्शनी
६. नेपाली क्रिकेटको बिगत, वर्तमान र भबिष्य बिषयक सेमिनार
७. नेपाली चर्चित कलाकारहरुबाट सांगीतिक कन्सर्ट
८. क्रिकेट सम्बन्धि बिभिन्न मनोरन्जनात्मक खेलहरु

भिडियो 

https://youtu.be/OhHEihXNqWY

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy