क्रिकेटमा मानब तस्कर छानबिन प्रतिबेदन छिटो सार्बजनिक गर्न माग

क्रिकेटको आडमा मानब तस्करी बारे छानबिन गर्न रास्ट्रिय खेलकुद परिषदले गठन गरेको छानबिन कमिटिको प्रतिबेदन छिटो सार्बजनिक गर्न दबाब दिन नेपाल क्रिकेट समर्थक समाजले राखेप सदस्य सचिब केशब बिस्ट समक्ष आज ज्ञापन पत्र बुझाएको छ l

२ महिना अघि रास्ट्रिय क्रिकेटर सहित जापान क्रिकेट प्रतियोगिता खेल्न भनि गैर खेलाडीहरुलाई टोलिमा मिसाई जापान लुकाउने कर्तुत सार्बजनिक भएपछि राखेप सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा ३ सदस्यीय छानबिन कमिटि गठन गरेको थियो l

क्रिकेट टिम संग ९ जना गैर खेलाडी समेत समाबेस गरि जापानमा खेल्न भनि लगिएको थियो जो जापानमै लुकेका थिए l

जापान पुगेको नेपाली टिम
जापान पुगेको नेपाली टिम

समर्थक समाजका अध्यक्ष भानु सिग्देलका अनुसार छानबिन समिति गठन भएपनि प्रतिबेदन सार्बजनिक गर्न ढिलाई हुँदा तस्करहरु कानुनि दायरामा उम्कन सक्ने हुँदा छिटो सार्बजनिक गर्न दबाब स्वरूप समाजले ज्ञापन पत्र बुझाएको हो l

“प्रतिबेदन सार्बजनिक गर्दै दोषी नसमातिदा सम्म नेपाल क्रिकेट समर्थक समाजको यो अभियान जारि रहनेछ” अध्यक्ष सिग्देलले बताए l

राखेप सदस्य सचिब बिस्टले ज्ञापन पत्र बुझ्दै समाजको खबरदारी प्रति सजग रहेको बताउदै खेलकुद मन्त्रालयले गृह हुँदै अनुसन्धान बिभाग मार्फत इन्टरपोलको सहयोग लिएरै भएपनि दोषी कानुनी दायरामा आउने प्रतिबद्धता ब्यक्त गर्नु भएको अध्यक्ष सिग्देलले बताए l

समर्थक समाजले घटना सार्बजनिक भएपछि माइतीघर मण्डलामा दबाब कार्यक्रम समेत गरेको थियो l

 

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy