क्रिकेट पिच बनाउँदा भएको अनियमितताको छानविन गर्न संसदको माग

विराटनगर– १९ स्थीत बैजनाथपुर क्षेत्रीय रङ्गशालामा अन्तराष्ट्रिय स्तरको क्रिकेट पिच बनाउँदा लाखौँको अनियमितता भएको भन्दै छानबिन गर्न सांसदहरुले माग गरेका छन् ।

रङ्गशाला निर्माणमा अनियमितता भएको विषयमा संचारमाध्यमहरूमा समाचार प्रकाशित भएपछि शुक्रबार बसेको १ नम्बर प्रदेश सभाको बैठकमा संसदहरूले यस्तो माग गरेका हुन् ।

प्रदेशसभा बैठकको शुन्य समयमा प्रतिपक्षि दल नेपाली कांग्रेसकी सांसद नवोदिता चौधरीले रंगशाला निर्माणमा भएको अनियमितताका विषयमा छानविन गर्न माग गरिन् । उनले भ्रष्टचारले सीमा नाघिसकेको भन्दै रङगशाला निमार्णमा भएको अनियमितताको निष्पक्ष छानविन गरिनुपर्ने बताइन् । ‘प्रदेशमा भ्रष्टाचारले सीमा निघिसक्यो,’ उनले भनिन, ‘रंगशाला निर्माणमा भएको अनियमितताका विषयमा छानविन गरिनु पर्छ र दोषीलाई कारवाही गरिनुपर्छ ।’

सामाजिक विकास मन्त्रालयबाट निकाशा भएको बजेटमा क्रिक्रेटको मैदान बनाउनका लागि निकासा भएको रकममा हदैसम्म भ्रष्टचार भएकोे बताइन् । उनले क्रिक्रेट पिच बनाउँनका लागि दुई लाखको काम गरेर २६ लाख रुपैयाँ भ्रष्टचार गरेको खुलिसकेकोले दोषीलाई छानबिन गरेर कार्वाही गर्नुपर्नेमा जोड दिइन् । ‘सिँगो प्रदेशलाई नै बदनाम गराउने यो अति लज्जास्पद घटना हो,’ उनले भनिन्, ‘यसैले चाडो छानबिन गरेर कार्वाही गरियोस् ।’

क्रिकेट मैदान निर्माण सहित प्रदेश सरकारले खेलकुद शीर्षकमा खर्च गरेको बजेट अनियमितता भएको विषय सञ्चारमाध्यममा उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पनि यस विषयमा चासो देखाएको छ ।

( साभार – खबरपूर्वान्चल)





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]