अब स्मार्ट बलले खेलिनेछ क्रिकेट, माइक्रोचिप्सले दिनेछ सबै डाटा ( भिडियो सहित )

समय संगै प्रविधिले फड्को मार्दा क्रिकेट खेललाई समेत त्यसले अछुतो छोड्न सकेको छैन। प्रविधि बिना अहिले क्रिकेट कल्पना भन्दा बाहिर रहेको छ जसले निर्णय र प्रशारणमा समेत ठुलो महत्व राख्ने गरेको छ।क्रिकेटमा अब अर्को नयाँ टेक्नोलोजी भित्रिने भएको छ जसले खेलमा क्रान्तिकारी प्रभाव पर्ने विश्वास गरिएको छ।

‘स्मार्ट बल’ हजुर क्रिकेटमा नयाँ प्रयोगको रुपमा अब स्मार्ट बल भित्रिएको छ। अस्ट्रेलियाको बिग ब्यास लिगमा पहिलो पटक स्मार्ट बलको प्रयोग हुनसक्ने बताईएको छ। गत हफ्ता कुकाबुर्राले यसलाई सार्वजनिक गरेको हो।


अस्ट्रेलियाको चर्चित बल निर्माता कम्पनि कुकाबुर्राले स्मार्ट बल बनाएको जसको भित्र माइक्रोचिप हुनेछ। यसको प्रयोग सफल भएमा छिट्टै अन्तर्राष्ट्रिय क्रिकेटमा समेत उपयोगमा आउने विश्वास गरिएको छ।


के हो स्मार्ट बल ? 

स्मार्ट बलले बलको स्पिड बारे तिब्र गतिमा तथ्यांकहरु निकाल्नेछ। बल रिलिज गरे देखि बाउन्स हुनु अघि र बाउन्स भएपछि सामान्य स्पिडमापक राडार भन्दा यसले सहि र विस्तृत जानकारी उपलब्ध गराउनेछ। यसले स्पिनरहरुको लागि अहिलेसम्म उपलब्ध नभएको क्रान्तिकारी डाटा समेत उपलब्ध गराउने दावी गरिएको छ। यो बल कुकाबुर्राको पुरानो बल जस्तै देखिन्छ र त्यसरीनै काम पनि गर्छ।

स्पोर्ट्सकोर नामक कम्पनि जुन पुर्व अस्ट्रेलियन पेस बलर माइकल क्यासप्रोविचको हो उसले कुकाबुर्रासंग मिलेर स्मार्ट बलमा काम गरेको हो।

भविष्यमा स्मार्टबलले अम्पायर र डिसीजन रिभ्यु सिस्टम ( डीआरएस ) मा समेत सघाउने छ। फिल्डरले क्याच गर्दा घाँसलाई छोएको या नछएको अवस्थामा या ब्याट्सम्यानले ब्याटलाई छोएको छ या छैन निर्णय पनि यसले दिनेछ।

इंग्ल्याण्डका विकेटकिपर ब्याट्सम्यान जोस बटलरले टेस्ट क्रिकेटमा स्मार्ट बलको प्रयोग भएको हेर्न उत्साहित रहेको बताएका छन् –

“यो प्रशिक्षकको लागि र दर्शकको लागि समेत गजबको हुनेछ। यसले तुरुन्त प्रतिक्रिया दिने हुँदा उत्साहजनक छ। यसले नियमित बल जस्तै व्यवहार गर्ला जस्तो छ”

भिडियो हेर्न क्लिक गर्नुस  

क्रिकेटमा भित्रिएको प्रविधिले अम्पायरले दिने निर्णय र खेलाडीहरुको प्रशिक्षणमा समेत क्रान्ति ल्याएको छ तर यसको प्रयोग विवाद मुक्त भने रहन सकेको छैन। २०१९ एकदिवसीय विश्वकपमा प्रयोग भएको जिंगबेलले बारम्बार धोका दिंदा आईसीसीको निकै विरोध भएको थियो। स्मार्ट बलको आगमनले पनि क्रिकेटमा अर्को क्रान्ति ल्याउने पक्का छ तर यसको प्रयोग कतिको सफल हुनेछ र आईसीसीले कति चाडै मान्यता दिनेछ भने हेर्न रोचक हुनेछ।





थप समाचार

हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द, नेपाल सुपर थ्रीमा

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ। शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल […]

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]