सुरु भयो आठौँ राष्ट्रियमा क्रिकेट : पुलिसको जितमा कुशल भुर्तेल उत्कृस्ट

Kushal Bhurtel

फिचर फोटो – कुशल भुर्तेल  ( फोटो – तारा पाठक )

  • विकेटनेपाल, बैशाख-४ 

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटको खेलहरु बुधबार देखि सुरु भएको छ।

प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा प्रदेश १ देखि ७ तथा ३ विभागीय टिम त्रिभुवन आर्मी क्लब, शशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन्। यस्तै महिला क्रिकेट तर्फको खेलहरु दाङ्गमा संचालन भइरहेको छ जसमा एपीएफ र अन्य प्रदेशको टिमहरु खेलीरहेका छन्।

पुरुष क्रिकेटमा सहभागी १० टिमलाई २ वटा समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल ( एपीएफ ) , नेपाल पुलिस क्लब, प्रदेश-५ , प्रदेश-७ र प्रदेश-४ रहेका छन् भने समुह ‘बि’ मा त्रिभुवन आर्मी क्लब, प्रदेश-३, प्रदेश-६ , प्रदेश-२ र प्रदेश-१ रहेका छन्।

समूह ‘ए’ को खेलहरु भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा तथा समुह ‘बि’ को खेलहरु कोहलपुरमा भइरहेको छ।

प्रतियोगिताको पहिलो दिन पुरुष क्रिकेटमा प्रदेश-६ बिरुद्ध प्रदेश-३ , त्रिभुवन आर्मी क्लब बिरुद्ध प्रदेश-२ , प्रदेश-५ बिरुद्ध नेपाल पुलिस क्लब तथा एपीएफ बिरुद्ध प्रदेश ७ प्रतिस्पर्धा गरिरहेका छन्।

पुलिसको जितमा कुशल भुर्तेल उत्कृस्ट      

पुरुष क्रिकेट टि-२० अन्तर्गत भैरहवामा आज सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले प्रदेश-५ लाई पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिंग गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर १७१ रनको योगफल तयार गरेको थियो।

पुलिसको लागि ओपनिङ्ग ब्याटिंग गरेका कुशल भुर्तेलले सर्वाधिक ५५ रन योगदान दिए जुन क्रममा ३१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

पहिलो विकेटको लागि भुर्तेल र सुनिल धमलाले  ४६ रनको साझेदारी गरेका थिए। धमला १६ रन बनाएर आउट भएपछि भुर्तेल र दिपेन्द्र ऐरि बीच ४४ रनको साझेदारी भयो। दिपेन्द्रले २९ बलमा १/१ चौका र छक्का मदतले ३८ रन बनाए।

नेपाल पुलिस क्रिकेट टिम। ( फोटो – तारा पाठक )

ओपनिङ्गबाट मध्ये क्रममा झरेका अमित श्रेष्ठले ११, आरिफ शेखले १६ रन बनाए भने अन्तिममा मन्जित श्रेष्ठले अविजित २२ रन बनाए। कप्तान श्रेष्ठले १६ बलमा १/१ चौका र छक्का प्रहार गरे।

प्रदेश-५ को बलिङ्गमा बिक्रम भुसाल ( ४-०-२२-२ ) , कृष्ण कार्की ( ४-०-२६-२ ) र सौरभ खनालले ( ४-०-३२-२ ) २/२ विकेट लिए। रुपेश कुर्मी ( ४-०-३३-१ ) ले १ विकेट लिए।

प्रदेश-५ को कमजोर ब्याटिंग 

१७२ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-५ ले २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाउन सक्यो र खेल ६३ रनले गुमायो। लामो ब्याटिंग लाइन अप रहे पनि पुलिस बलरको अघि प्रदेश-५ कमजोर सावित भयो।

लामो समय पछि घरेलु क्रिकेटमा प्रदेशको लागि कम्ब्याक गरेका अनुपम सिंहले सर्वाधिक ३७ रन बनाए। सुस्त इनिंग खेलेका उनले ५० बलमा २ चौका र १ छक्का प्रहार गरे।

सन्दिप सुनार ११ रन, राजबिर सिंह ९ रन, सौरभ खनाल २ रन, सुरज दराई ८ रन बनाएर आउट भए। अन्तिममा कृष्ण कार्कीले १७ रन ( १३ बलमा १ चौका र १ छक्का ) बनाए पनि जितको लागि पर्याप्त थिएन।

पुलिसको लागि बलिङ्गमा ललित राजबंशी ( ४-०-२७-२ ) ले २ विकेट लिए भने दिपेन्द्र ऐरि ( २-०-४-१ ) , मन्जित श्रेष्ठ ( ३-०-२१-१ ) , आरिफ शेख ( ३-०-१२-१ ) र कुशल भुर्तेल ( २-०-८-१ ) ले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच कुशल भुर्तेल चुनिए। स्कोरकार्ड 

प्रदेश-३ को जित 

पुरष क्रिकेट अन्तर्गत कोहलपुरमा सम्पन्न पहिलो खेलमा प्रदेश-३ ले  प्रदेश-६ लाई ९ रनले पराजित गर्यो।

प्रदेश-३ ले पहिले ब्याटिंग गर्दै दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-३ ले ११६ रन मात्रै बनाउन सक्यो।

प्रदेश-३ को लागि ब्याटिंगमा शुभ कंसाकारले सर्वाधिक ३९ रन योगदान दिए भने आदील खानले ३० रन बनाए। प्लेयर अफ द म्याच समेत चुनिएका प्रदेश -६ बलर प्रकास जैसी एक्लैले ५ विकेट हात पारे।

प्रदेश-६ को ब्याटिंगमा रबिन्द्र शाहीले ३५ र प्रकाश जैसीले २३ रन बनाए पनि २० ओभरमा ७ विकेट गुमाएर ११६ रन मात्रै बनाउन सक्यो। प्रदेश-३ को लागि यु-१९ राष्ट्रिय क्रिकेटर रही सकेका नन्दन यादबले २ विकेट हात पारे।

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]