क्रिकेट टिमलाई आज दशरथ रङ्गशालामा सम्मान गरिने

नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्‍याउने नेपाली क्रिकेट टिमलाई आज दशरथ रङ्गशालामा सम्मान गरिने भएको छ ।

शहीद स्मारक ए डिभिजन लिग अन्तरगत शनिबार साँझ ५ः३० बजे हुने सशस्त्र प्रहरी र मनाङ मर्स्याङ्दी क्लबबीच खेलका क्रममा क्रिकेट टिमलाई सम्मान गर्न लागिएको हो ।

आजको खेलमा टिकटबाट प्राप्त हुने रकम क्रिकेट सङ्घको खेलाडी कल्याण कोषमा हस्तान्तरण गरिनेछ । रङ्गशालामा सामान्य प्याराफिटतर्फ १०० र भीआईपीतर्फ ३०० रुपैयाँ टिकट लाग्छ ।

बिहीबार मात्र त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको आइसिसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा युएईलाई ९ रन (डीएल मेथड) ले हराउँदै नेपालले विश्वकप छनोटमा स्थान बनाएको थियो ।





थप समाचार

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]

दिल्लीले गुजरातलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय २५ […]

आइपीएल : दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ । दिल्लीको घरेलु मैदान […]

स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ […]