विश्वकप बिशेष: सचिन तेन्दुलकरको नाममा रहेका ६ ठुला रेकर्ड

सन् १९७५ देखि सुरु भएको एकदिवसीय विश्वकप क्रिकेटको बाह्रौं संस्करण सुरु हुन मात्र केहि दिन मात्रै बाँकी रहेको छ। मे ३० देखि विश्वकप क्रिकेट इंग्ल्याण्डमा सुरु हुनु अघि विकेटनेपालमा विश्वकप विशेष प्रस्तुति प्रस्तुत गरिरहेका छौँ। यस पटक विश्वकप विशेषमा विश्व क्रिकेटमा कुनै समय ब्याटिंगतर्फ एकछत्र राज गरेका सचिन तेन्दुलकरको नाममा रहेका र अन्य ब्याट्सम्यानले तोड्न असफल जस्तो देखिने ६ रेकर्डहरु प्रस्तुत गरेका छौं।

एकदिवसीय विश्वकपमा सचिन तेन्दुलकरको नाममा रहेका ६ रेकर्ड

१. सर्वाधिक चौका

सचिन तेन्दुलकर एकदिवसीय विश्वकप क्रिकेटमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी हुन्। विश्वकपमा २०० भन्दा धेरै चौका प्रहार गर्ने एकमात्र खेलाडी रहेका उनको नाममा २४१ चौका रहेका छन्। सन् १९९२ मा १९ बर्षको उमेरमा पहिलो पल्ट विश्वकप खेलेदेखी सन् २०११ को अन्तिम विश्वकप सम्म उनले कुल ४५ खेल खेलेका थिए।

यो किर्तिमान तोड्न अहिले खेलिरहेका खेलाडीलाई मुस्किल देखिन्छ। उनको पछाडी दोश्रो नम्बरमा रहेका अष्ट्रेलियाका पुर्व कप्तान रिक्की पोंटिंगले ४६ खेलमा १४५ चौका हानेका छन्। वर्तमानमा विश्वकप खेल्न गइरहेका खेलाडीहरुमध्ये कसैलेपनि ९० चौका भन्दा बढी हान्न सकेका छैनन्। त्यसैले यो रेकर्ड यो विश्वकपमा तोडिने सम्भावना असम्भव जस्तै छ।

विश्वकपमा सर्वाधिक चौका हान्ने १० खेलाडी

२. सर्वाधिक रन

लिटिल मास्टरको नामले समेत परिचित सचिनले विश्वकप अन्तर्गत सर्वाधिक धेरै कुल २२७८ रन बनाएका छन्। त्यो क्रममा उनको औसत ५६.९५ रहेको छ जसमा सर्वाधिक १५२ सहित ६ शतक र १५ अर्धशतक रहेका छन्।

दोश्रो स्थानमा रहेका रिक्की पोंटिंगले ४६ खेलबाट ४५.८६ को औसतमा १७५३ रन बनाएका छन्। इंग्ल्याण्ड यो पटक विश्वकप खेल्ने खेलाडीहरु मध्ये सर्वाधिक धेरै रन बनाएका खेलाडी वेस्ट इन्डिजका क्रिस गेल हुन्। देब्रे हाते गेलको नाममा २६ पारीबाट ३७.७६ को औसतमा ९४४ रन रहेको छ। सचिनले बनाएको यो रेकर्ड पनि यो विश्वकपमा तोडिन मुस्किल देखिन्छ।

विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडी

३. सर्वाधिक ५० भन्दा माथिको स्कोर

क्रिकेटको भगवान भनेर चिनिने सचिनले विश्वकप अन्तर्गत सर्वाधिक  १५ अर्धशतक बनाएका छन् भने ६ शतक पनि प्रहार गरेका छन्। यसको मतलब ६ शतक समेत बनाएका उनले ५० भन्दा माथिको स्कोर २१ पटक बनाएका छन्, जुन ५० भन्दा माथिको स्कोर बनाउने ३५३ खेलाडीमध्ये सर्वाधिक धेरै हो।  दोश्रो स्थानमा रहेका श्रीलंकाका पुर्व क्रिकेटर कुमार सांगाकाराले १२ पटक ५० भन्दा माथिको स्कोर बनाएका छन्। मास्टर ब्लास्टरले सन् १९९२ मा ३ वटा, १९९६ मा ३ वटा, सन् २००३ मा ६ वटा, २००७ मा एउटा र सन् २०११ मा २ वटा अर्धशतक बनाएका थिए।

४. सबैभन्दा धेरै इनिंग

विश्वकपमा सबै भन्दा धेरै खेल खेल्ने रेकर्ड अष्ट्रेलियाका पुर्व विश्व बिजेता कप्तान रिक्की पोंटिंगको नाममा रहेको छ। उनले ४६ खेल खेलेका छन्। तर ४६ खेल खेल्नुका बाबजुत उनले ४२ इनिंगमा मात्रै ब्याटिंग गरेका छन्। अर्कोतर्फ सचिन तेन्दुलकरले ४५ खेल खेल्दै ४४ इनिंगमा ब्याटिंग गरेका छन्।

सबैभन्दा धेरै इनिंगमा ब्याटिंग गर्ने खेलाडी

एक्टिभ खेलाडी मध्ये वेस्ट इन्डिजका क्रिस गेलले २६ इनिंगमा ब्याटिंग गरेका छन्। त्यसैले ४४ इनिंगमा ब्याटिंग गरेको सचिन तेन्दुलकरको रेकर्ड तोड्न असफल जस्तै देखिन्छ।

५. सर्वाधिक शतक 

सचिननै विश्वकपमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान समेत हुन्। उनले कुल ६ शतक प्रहार गरेका छन् भने १५ वटा अर्धशतक प्रहार गरेका छन्। सचिन पछि रिकी पोन्टिङ र कुमार साँगाकाराले समान ५/५ शतक प्रहार गरेका छन्।  १९९६ को विश्वकपमा केन्या बिरुद्ध सचिनले १२७ रन बनाउदै पहिलो शतक प्रहार गरेका थिए भने त्यसै विश्वकपमा श्रीलंकासंग १३७ रन बनाएका थिए। नामिबियासंग बिरुद्ध बनाएको १५२ रन विश्वकपमा सचिनको सर्वाधिक व्यक्तिगत रन हो। सन् २०११ को विश्वकपमा सचिनले इंग्ल्याण्ड र दक्षिण अफ्रीकासंग शतक बनाएका थिए।

६. एकै विश्वकपमा धेरै रन 

एकै विश्वकपमा सबैभन्दा धेरै रन बनाउने रेकर्ड पनि सचिनको नाममा रहेको छ। उनले सन् २००३ को विश्वकपमा खेलेको कुल ११ खेल खेल्दै ६७३ रन बनाएका थिए। त्यसक्रममा सचिनले ६१.१८ को एभरेज र ८९.२५ को स्ट्राइक रेटले १ शतक र ६ अर्धशतक प्रहार गरेका थिए। यो सुचीमा दोश्रो नम्बरमा अस्ट्रेलियाका म्याथु हेडन रहेका छन् जसले सन् २००७ को विश्वकपमा ११ खेलको १० इनिंगमा ६५९ रन बनाएका थिए। तेश्रो नम्बरमा रहेका श्रीलंकाका महेला जयवर्द्धनेले २००७ कै विश्वकपमा ११ खेलको ११ इनिंगमा ५४८ रन बनाएका थिए।

धेरैले पढेको – विश्वकप विशेष – व्यक्तिगत उच्च रन बनाउने ५ खेलाडी





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]