१९ महिना देखि रोकिएको राष्ट्रिय क्रिकेटरहरुको तलब दिन क्यानले प्रक्रिया थाल्यो

नेपाल क्रिकेट संघ ( क्यान ) ले लामो समय देखि रोकिएको राष्ट्रिय क्रिकेटरहरुको तलब दिने प्रक्रिया अघि बढाएको छ। क्यानले तलवका लागि विभिन्न श्रेणीमा रहेका खेलाडीलाई आफ्नो नाममा हस्ताक्षर गराउन बोलाएको हो । सबै खेलाडीला बिहिबार हस्ताक्षरको लागि क्यानको सिटी अफिस नक्सालमा बोलाएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आईसीसी ) ले क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलसँग केहि दिन अघि भएको छलफलमा खेलाडीको तलव लगायतका विषयमा केहि डकुमेन्ट आवश्यक रहेको बताउदै डकुमेन्ट पठाउन भनेको थियो। त्यसका लागि आईसीसीले इमेलमा आवश्यक जानकारी दिएको थियो । त्यहि आधारमा क्यानले २०१९ मा तीन श्रेणीमा रहेका खेलाडीलाई हस्ताक्षरका लागि बोलाएको हो। आईसीसीले २०१९ पछि खेलाडीहरुको प्रदर्शन मुल्यांकन वर्गीकरण गर्दै तलब दिनेछ।

खेलाडीको हस्ताक्षर सहितको सूची आईसीसीलाई पठाएपछि यसै महिना खेलाडीहरुले तलब पाउने सम्भावना रहेको छ। उक्त तलब वितरण पछि क्यानले खेलाडीको नयाँ बर्गिकरणको सूची पठाउनेछ।

International Cricket Council , Cricket Association of Nepal
अन्तिम पटक राष्ट्रिय क्रिकेटरहरुले २०१९ फेब्रुअरीमा तलब पाएका थिए

२०१८ डिसेम्बर देखि रोकिएको छ तलब 

नेपाली राष्ट्रिय खेलाडीले २०१९ मा आईसीसीबाट आउने तलव अझै पाएका छैनन् । अन्तिम पटक २०१८ डिसेम्बरसम्मको तलब राष्ट्रिय क्रिकेटरहरुले पाएका थिए। आईसीसीले नेपाल क्रिकेट संघ प्रतिवन्ध भएपछि यसरीनै लामो अन्तरालमा तलब पठाउदै आएको छ।

अन्तिम पटक २०१९ फेब्रुअरीमा क्रिकेटरहरुले तलब बुझेका थिए। त्यसबेला पनि आईसीसीले २ वर्षको तलब एकमुस्ट दिएको थियो। आईसीसीले त्यसबेला राष्ट्रिय खेलकुद परिषदको खातामा एकमुस्ट १ करोड २७ लाख ८७ हजार रुपैयाँ जम्मा गरेपछि राखेपले तलब बाँडेको थियो। त्यस अघि २०१७ जुलाईमा राष्ट्रिय क्रिकेटरहरुले तलब बुझेका थिए।

यता क्यानले खेलाडीको नयाँ बर्गिकरणको काम लगभग पुरा गरेको र क्यानको बोर्ड बैठकबाट पारित गर्नेछ । खेलाडीहरुले २०१९ पछि गरेको प्रदर्शनको आधारमा वर्गीकरण गरिनेछ। महिला क्रिकेटरहरुलाई पनि वर्गीकरण  क्यानको बोर्ड बैठकपनि भदौमा हुने भनिएपनि कोरोनाका कारण अनिश्चित रहेको छ।

क्यानले गत वर्ष माघमा कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा ग्रेड निर्धारण गर्ने कमिटि गठन गरेको थियो जसमा केन्द्रीय सदस्य दुर्गाराज पाठक र अमितबिर पाण्डे रहेका थिए। कमिटिले २४ जना पुरुष तथा १८ जना महिला राष्ट्रिय क्रिकेटरहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ ग्रेडमा वर्गीकरण गर्नेछ। तथापी खेलाडीहरुको संख्यामा भने फेरबदल हुनसक्ने छ।

क्यानले खेलाडीहरुको प्रदर्शनको आधारमा नयाँ वर्गीकरण गर्नेछ

यस अघि २०१९ मा तलब दिंदा पुरुष क्रिकेटरका लागि तीन श्रेणीमा वर्गिकरण गरेर सम्झौता गरिएको थियो । जसमा ए श्रेणीको मासिक ३५ हजार, बी श्रेणीको मासिक २५ हजार र सी श्रेणीको मासिक १५ हजार रुपैयाँ थियो । यो पटक खेलाडीहरुलाई प्रत्येक ग्रेडमा १० हजार रुपैयाँ बढी दिन क्यानले आईसीसीसमक्ष अनुरोध गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो। कोभिड-१९ का कारण नेपालले यो वर्ष खेल्ने विश्वकप लिग-२ को खेलहरु स्थगित भैसकेको छ। अब राष्ट्रिय टिमले २०२१ मा मात्र लिगको खेलहरु खेल्नेछ

https://wicketnepal.com/nep-wc-l-2-wn20-practice-postponed-wn20/

https://wicketnepal.com/ipl-t20-all-teams-squad-wn20/

https://wicketnepal.com/shoaib-akhtar-on-j-bumrah-wn20/

https://wicketnepal.com/chahal-engagement-wn20/

https://wicketnepal.com/kundan-singh-covid-19-wn20/

https://wicketnepal.com/patanjali-ipl-title-wn20/

https://wicketnepal.com/cpl-t20-team-and-players-wn20/





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]