नेपाल ‘ए’ ले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौँ । आसामविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ क्रिकेट टिमले जितेको छ।

सोमबार सम्पन्न सिरिजको पाँचौं तथा निर्णायक खेलमा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो।

नेपालले दिएको २०९ रनको लक्ष्य पछाएको आसामले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। नेपाल ‘ए’ का लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाएका थिए भने शुभ कंसाकारले ४२ रन बनाएका थिए।

त्यस्तै इशान पाण्डेले ३२ रन बनाए भने मोहमद आदील आलमले ११ बलमा २५ रन बनाए भने अनिल शाहले ११ रन बनाएका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy