कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

एसएस इभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा मूलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमबार क्वार्टरफाइनल समीकरण पूरा भएको छ । तीनदिने प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल मंगलबार नै हुनेछन् । मंगलबारको पहिलो क्वार्टरफाइनलमा माछापुच्छ्रे र सिप्रदी, दोस्रो क्वार्टरफाइनलमा आइसिएफसीले एनआइसी एसियासँग, तेस्रो क्वार्टरफाइनलमा एनसेल लिजेन्ड्सले राष्ट्रिय वाणिज्य बैंक र चौथो क्वार्टरफाइनलमा सुबिसुले सूर्य नेपालसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ को माछापुच्छ्रे र समूह ‘सी’ को एनसेल समान तीन खेल जित्दै समूहविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका हुन् । माछापुच्छ्रले सोमबार समूहमा क्लाउड फ्याक्ट्रिलाई १ रन र एनआइसी एसिया बैंकलाई १ विकेटलाई हराउँदै समूह विजेता बन्यो । यद्यपि, हारको बाबजुद एनआइसी समूह उपविजेताका रूपमा दोस्रो चरणमा पुग्यो । एनआइसी एसियाले आइतबार नै दुई जित निकालेको थियो ।

पाँच ओभरमा भएको कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमबार १२ खेल भएको थियो । यता, एनसेल लिजेन्ड्सले सोमबार सूर्य नेपाललाई पाँच विकेट र नेपाल बैंकलाई २३ रनको फराकिलो अन्तरले हराउँदै समूह विजेता भयो । यो समूह ‘सी’ मा तीन खेलको समाप्ती सूर्य नेपाल, आइएमई ग्रुप र नेपाल बैंकले समान एक जित निकाले । यद्यपि, नेट रनरेटका आधारमा सूर्य नेपाल क्वार्टरफाइनलमा पुग्न सफल भयो । सूर्य नेपालले सोमबार आइएमई ग्रुपमाथि ११ रनको जित निकालेको थियो ।

यो नै दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो । समूह ‘बी’ बाट आइसिएफसी फाइनान्स र सिप्रदी शीर्ष दुईमा रहँदै क्वार्टरफाइनलमा पुगे । आइसिएफसी फाइनान्सले सोमबार मूलपानीमा जगदम्बा ग्रुपलाई ५ रन र सिप्रदीलाई १२ रन हरायो । यससँगै समूहमा तीन खेल नै जित्दै आइसिएफसी फाइनान्स दोस्रो चरणमा पुग्यो । सिप्रदीले भने दोस्रो दिन जगदम्बा ग्रुपलाई १५ रन र कुमारी बैंकलाई १४ रनले हरायो । सिप्रदीले एक खेल मात्र गुमाउन पुग्यो । समूह ‘डी’ मा तीन टोलीले मात्र प्रतिस्पर्धा गरेका थिए ।

तीमध्ये सुबिसु दुई खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो । सुबिसुले दोस्रो दिन राष्ट्रिय वाणिज्य बैंकमाथि तीन विकेटको जित निकाल्दै अपराजित यात्रा कायमै राखेको हो । यो समूहबाट राष्ट्रिय वाणिज्य बैंक दोस्रो चरणमा पुग्न सफल भयो । वाणिज्य बैंकले पनि सोमबार एनसेल इलाट्समाथि १३ रनको जित निकाल्यो । यो जित नै वाणिज्य बैंकलाई क्वार्टरफाइनलमा पुग्न पर्याप्त भयो ।

सोमबार भएका अन्य खेलमा समूह ‘बी’ को जगदम्बा ग्रुपले कुमारी बैंकलाई ४ रन, समूह ‘सी’ को आइएमईले नेपाल बैंकलाई १८ रन, समूह ‘ए’ को प्राइम बैंकले क्लाउड फ्याक्ट्रिममाथि ३० रनको जित निकाल्यो । यद्यपि, यो जित तीनै टोलीका लागि दोस्रो चरणमा पुग्न पर्याप्त भएन । १५ वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गरेको यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् ।

साथै विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएका छन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने एसएस इभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियारले बताए ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]