दक्षिण अफ्रिकासँग पाकिस्तान ६ रनले पराजित, १० रन बनाएका मिलर प्लेयर अफ द म्याच

  • विकेटनेपाल, माघ १९ – शनिबार

दक्षिण अफ्रिकाको भ्रमणमा रहेको पाकिस्तान गएराती भएको पहिलो टि२० अन्तर्राष्ट्रिय खेलमा ६ रनले पराजित भएको छ। यो सँगै तिन टि२० खेलको सिरिजमा घरेलु टिमले १-० ले अग्रता लिएको छ। घरेलु टिम यसअघि भएका ३ टेस्ट खेलको सिरिजमा ३-० र ५ एकदिवसीय खेलको सिरिजमा ३-२ ले बिजयी भएको थियो।

केप टाउनमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रनको योगफल तयार पारेको थियो। दोश्रो विकेटको लागि ओपनर रिजा हेन्ड्रिक्सले कप्तान फाफ डु प्लेसिससँग मिलेर १३१ रनको साझेदारी गरेका थिए। हेन्ड्रिक्सले ७४ रन (४१ बल, ८ चौका, २ छक्का) र डु प्लेसिसले ७८ रन (४५ बल, ६ चौका, ४ छक्का) बनाएका थिए।

अन्य खेलाडीहरुको सर्बाधिक स्कोर १३ रन रह्यो जुन ओपनर ब्याट्सम्यान तथा विकेटकिपर गिहन क्लोटेले १२ बलमा बनाएका थियो।

बलिंग तर्फ पाकिस्तानका उस्मान शिन्वारीले ३ विकेट लिन ४ ओभरमा ३१ रन खर्चेका थिए। त्यस्तै इमाद वासिम, हसन अली, फाहिम अश्रफले समान १/१ विकेट लिएका थिए।

जवाफमा लक्ष्य पछ्याएको पाकिस्तानले ९ विकेट गुमाएर १८६ रन बनाएको थियो। दोश्रो विकेटको लागि बाबर अजामले ३८ रन (२७ बल, ३ चौका, १ छक्का) र हुस्सैन तलटले ४० रन (३२ बल, ५ चौका) बनाउँदै ८१ रनको साझेदारी गरेका थिए। दुवै खेलाडी ७ बलको अन्तरालमा आउट भएका थिए।

त्यसपछि कप्तान शोएब मल्लिखले नबौं विकेटको रुपमा आउट हुनुभन्दा पहिले ४९ रन (३१ बल, ५ चौका, १ छक्का) बनाएपनि अर्कोतर्फबाट खासै साथ पाएनन्। दक्षिण अफ्रिकाका लागि त्रबिज़ साम्सी, क्रिस मोरिस र बयूरण हेन्ड्रिक्सले समान २/२ विकेट लिएका थिए।

मात्र १० रन बनाएर प्लेयर अफ द म्याच

दक्षिण अफ्रिकाको जितमा एउटा रोमान्चक दृश्य देखियो। खेलमा प्लेयर अफ द म्याच डेविड मिलर चुनिए जसले १२ बलको सामना गर्दै मात्र १० रन बनाएका थिए तर बलिंग भने गरेका थिएनन्। धेरै जसो खेलहरुमा धेरै रन बनाउने वा धेरै विकेट लिने खेलाडीहरु म्यान अफ द म्याच हुने गर्छन। तर गएरातिको खेलमा भने खासै राम्रो ब्याटिंग नगरेपनि डेविड मिलर प्लेयर अफ द म्याच भए।

उनलाई उनको उत्कृस्ट फिल्डिंग प्रदर्शनको कारणले प्लेयर अफ द म्याच प्रदान गरियो। उनले ४ वटा क्याच लिएका थिए भने २ वटा उत्कृस्ट रन आउट गरेका थिए। शोएब मल्लिख, असिफ अलि, फाहिम आश्रफ र हसन अलिलाई क्याच आउट गरेका उनले बाबर अजाम र मोहम्मद रिजवानलाई रन आउट गरेका थिए।

(तस्बिर: क्रिकेट दक्षिण अफ्रिका)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy