चेन्नाईसंग पराजित हुँदा दिल्लीको फाइनल सपना चकनाचुर, चेन्नाई र मुम्बई आईपीएल फाइनलमा

  • विकेटनेपाल, बैशाख-२७ 

दिल्ली क्यापिटल्सको पहिलो पटक आईपीएल फाइनल पुग्ने सपना चकनाचुर गर्दै चेन्नाई सुपर किंग्सले आईपीएल फाइनल यात्रा गरेको छ।

आईपीएलको गत संस्करणको विजेता समेत रहेको चेन्नाई आईपीएल इतिहासमा फाइनल प्रवेश गरेको आठौँ पटक हो। ८ पटक फाइनल पुग्दा चेन्नाईले सन् २०१०, २०११ र २०१८ गरि ३ पटक उपाधि जितेको छ।

फाइनल खेलमा चेन्नाई र मुम्बई बीच प्रतिस्पर्धा आइतबार हुनेछ। यस अघि पहिलो क्वालीफायरमा चेन्नाईलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा गरेको थियो।

इलिमीनेटर खेलमा टस हारेर पहिले ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो। १४८ रनको लक्ष्य चेन्नाईले १९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दै ६ विकेटको जित दर्ता गर्यो।

लक्ष्य पछ्याउने क्रममा चेन्नाई ओपनर फाफ डु प्लेसिस र शेन वाटसनले ओपनिंग साझेदारीको रुपमा ८१ रन बनाउदै जितको आधार तयार गरे। डु प्लेसिस र वाटसन दुवै ५० रन बनाएर आउट भए।

चेन्नाईलाई त्यसपछि जितसम्म पुर्याउन अम्बाती रायडुले अविजित २० रन बनाए। सुरेश रैना ११ र महेन्द्र सिंह धोनी ९ रन बनाएर आउट भए।

चेन्नाईले १९ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

दिल्ली बलर ट्रेन्ट बोल्ट, इशान्त शर्मा, अक्षर पटेल र अमित मिश्राले १/१ विकेट लिए। अन्य बलर किफायती रहे पनि केमो पौल महँगो सावित हुने क्रममा ३ ओभरमा विकेटविहिन रहँदै ४९ रन खर्चिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा दिल्लीको लागि रिशभ पन्तले सर्वाधिक ३८ रन ( २५ बलमा २ चौका र १ छक्का ) , कोलिन मुनरोले २७ तथा शिखर धवनले १८ रन बनाएका थिए।

चेन्नाई बलर दिपक चाहर ( ४-०-२८-२ ) , हरभजन सिंह ( ४-०-३१-२ ) , रविन्द्र जडेजा ( ३-०-२३-२ ) र ड्वेन ब्राभो ( ४-०-१९-२ ) ले २/२ विकेट तथा इमरान ताहिर ( ४-०-२८-१ ) ले १ विकेट लिएका थिए।

यो पनि पढ्नुस –  एकदिवसीय विश्वकप २०१९ विशेष : विश्वकपमा सबैभन्दा धेरै रन बनाउने ५ ब्याट्सम्यान

 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]