चेन्नाईको संघर्षको पछाडी रैनाको अभाव, प्रशिक्षक फ्लेमिंगले स्वीकारे

२०७७ आश्विन १०, शनिबार १५:१३

तिन पटक आईपीएल उपाधि जितीसकेको चेन्नाई सुपर किंग्सको लागि १३ औं आईपीएलको सुरुवात खास रहेको छैन। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सलाई पराजित गरेपछि धोनी कप्तानीको टिमले लगातर २ खेल हारेको छ। शुक्रबार दिल्ली क्यापिटल्ससंग ४४ रनको ठुलो हार पछि निराश भएका चेन्नाईका फ्यानहरुले सोसल मिडियामा टिमका माथिल्लो क्रमका ब्याट्सम्यान सुरेश रिनालाई फिर्ता ल्याउनु पर्ने माग गरेका छन्। टिमका प्रशिक्षक स्टेफेन फ्लेमिंगले पनि रैनालाई ब्याटिंग लाइनअपमा याद गरेको बताएका छन्।

महेन्द्र सिंह धोनीको नेतृत्वमा रैना दुबई आएता पनि १३ सदस्यहरुलाई कोरोना संक्रमण देखिएपछि आफ्नो पारिवारिक कारण देखाउदै बायाँ हाते ब्याट्सम्यान भारत फर्किएका थिए। अहिले रैना भारतको कश्मिरमा छन् जहाँ उनि घरेलु क्रिकेटलाई अघि बढाउने प्रयासमा जुटेका छन्।

दिल्ली बिरुद्ध दुबई अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रबार सम्पन्न खेलमा १७६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले १३१ रन मात्र बनाउन सक्यो। त्यसपछि फ्यानहरुले प्रमुख ब्याट्सम्यान रैनालाई याद गरे।


चेन्नाईको हार पछि सोसल मिडियामा #ComeBackMrIPL ह्यासट्याग ट्रेन्ड गरेको थियो। चेन्नाई फ्यानहरुले आफ्नो ‘चिन्ना थला’ चाडै भन्दा चाडै आईपीएल २०२० मा फर्कन अनुरोध गरे। खेल पछि चेन्नाईका प्रशिक्षक स्टेफेन फ्लेमिंगले पनि रैनाको कमि देखिएको स्वीकारेका छन् –

“हामि महत्वपूर्ण खेलाडीहरुको कमि महसुस गरिरहेका छौँ जो बिना हामि टिममा सन्तुलन खोजिरहेका छौँ। ब्याटिंग लाइनअपमा रैना र रायडु बिना, हामि खेलाडीहरुलाई कसरि प्रयोग गर्ने बाटो खोजिरहेका छौँ। हामि माथिल्लो क्रममा ठुलो योगदान दिन सक्ने खेलाडीहरुको अभाव महसुस गरिरहेका छौँ।”

“हामिसंग सधै धेरै ब्याटिंगमा बिकल्पहरु हुने गर्छ। तर हामि अहिले थोरै अव्यवस्थित भएका छौँ। त्यसैले हामि अब के गर्दै छौँ भन्नेमा स्पस्ट हुनु पर्छ। हामि टिमको ब्याटिंग लाइन अपमा धेरै परिवर्तन गर्नको लागि चिनिएको टिम हैनौ।” पूर्व न्युजिल्यान्ड क्रिकेटर समेत रहेका फ्लेमिंगले दिल्लीसंगको खेल पछि बताए।

दिल्लीसंग लक्ष्य पछ्याउने क्रममा चेन्नाईको सुरुवात सुस्त रहेको थियो जुन क्रममा ९.१ ओभरमा ३ विकेट गुमाएर ४४ रन मात्र बनाउन सकेको थियो। ओपनर मुरली विजय र शेन वाटसन तथा रायडुको सट्टामा खेलेका रुतुराज गायकवाड पुनः असफल रहे। फाफ डु प्लेसी र केदार जाधबले मध्यम ओभरमा सुस्त ब्याटिंग गर्दा अन्तिममा चेन्नाईले रनको पहाड बनाउन सकेन। डेथ ओभरमा एनरिक नोर्किया र कागीसो रबाडाले उत्कृस्ट बलिंग गर्दा धोनीले म्याच विनिंग छवी दोहोर्याउन सकेका थिएनन्।

रैना आईपीएल इतिहासकै देब्रे हाते ब्याट्सम्यानको रुपमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्। उनि समग्रमा बिराट कोहली ( ५४२७ ) पछि लिग इतिहासमा दोश्रो धेरै रन ( ५,३६८ ) बनाउने ब्याट्सम्यान हुन्।उनले १ शतक र ३८ अर्धशतक बनाएका छन्।

पहिलो खेलमा ७१ रन बनाएका रायडु पनि त्यसपछि घाइते हुँदा खेल्न सकेका छैनन्

रैना प्रतियोगिता बाट हातेपछि चेन्नाईले उनको प्रतिस्थापनमा खेलाडी घोषणा गरेको छैन। टिमका सीईओ कासी बिस्वनाथनले रैनाको स्थानमा अन्य खेलाडी घोषणा नगर्ने बताएका थिए। त्यसपछि आशा गरिएको थियो कि रैना पुनः टिमको अघिल्लो चरणमा भाग लिन युएई पुग्नेछन्। रैना आफैले पनि एक अन्तर्वार्तामा त्यस्तै संकेत रहेका थिए। तर अहिलेसम्म रैना युएई फर्कने कुनै खबर आएको छैन।

रैनाको नम्बर ३ स्थान हाल दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्लेसीले लिएका छन् जसले राम्रो प्रदर्शन गरिरहेका छन्। तर टिमका ओपनर मुरली विजय, शेन वाटसन, रुतुराज गायकवाडको ब्याट चल्न सक्दा माथिल्लो क्रम यो पटक कमजोर देखिएको छ। त्यसमाथि अम्बाती रायडु पहिलो खेलमा उत्कृस्ट प्रदर्शन गरेपछि घाइते हुँदै पछिल्लो २ खेल खेल्न नपाउदा टिम झनै समस्यामा छ। धोनीले रायडु आगामी खेल खेल्न सक्ने संकेत भने गरेका छन्।

दिल्लीसंग हार पछि धोनीले पनि ब्याटिंगमा ‘बाफ’ अर्थात् म्याच विनरको कमि भएको बताएका थिए – हाम्रो “ब्याटिंगमा केहि ‘बाफ’ को कमि भयो” उनले रायडुको आगामी खेलमा पुनरागमनको संकेत दिए –  “हामि अर्को खेलमा टिम समिश्रणबारे स्पस्ट चित्र लिएर अघि आउनु पर्छ। रायडु आगामी खेल सम्भवत खेल्नेछन् जसले टिममा सन्तुलन ल्याउनेछन्। उनको आगमनले हामीले एक जना अतिरिक्त बलर खेलाउन पाउने मौका हुन्छ।”

हार पछि चेन्नाई अंकतालिकाको पाँचौ स्थानमा पुगेको। चेन्नाईले आगामी खेल अक्टोबर २ तारिखमा सनराइजर्स हैदरावाद बिरुद्ध खेल्नेछ।

जितपछि दिल्ली कप्तानले यी खेलाडीहरुलाई दिए श्रेय, धोनीले भने-“खराब खेल रह्यो”

दिल्ली अंकतालिकाको शिर्षस्थानमा

अनुष्काको आरोप पछि गावस्करको जवाफ “आफ्नो कानले सुन्नुस, हेर्नुस, अनि बोल्नुस्”

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

आलोचना पछि धोनीको बचाउ गर्दै प्रशिक्षक फ्लेमिंगले के भने

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy