IPl : बैंगलोरको हारको शिलशिला, चेन्नाई शिर्षमा

रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्स आईपीएल अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ। बैंगलोरको लिगमा यो लगातार तेश्रो हार हो।

युएईमा जारि प्रतियोगिताको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बैंगलोरले दिएको १५७ रनको लक्ष्य चेन्नाईले १८.१ ओभरमा ४ विकेट क्षेतीमा भेटायो। चेन्नाईको ब्याटिंगमा रुतुराज गायकवाडले सर्वाधिक ३८, अम्बाती रायडुले ३२, फाफ डु प्लेसीले ३१, मोइन अलिले २३, सुरेश रैनाले अविजित १७ तथा महेन्द्र सिंह धोनीले अविजित ११ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा ओपनर रुतुराज गायकवाड र फाफ डु प्लेसीले ८.२ ओभरमा ७१ रनको साझेदारी गरे। नवौं ओभरमा गायकवाडलाई युजभेन्द्र चाहलले क्याच आउट गराए। लगत्तै ओभरमा डु प्लेसीलाई ग्लेन म्याक्सवेलले क्याच आउट गरे। तेश्रो विकेटको लागि मोइन अलिले अम्बाती रायडुसंग ४७ रन जोडे। हर्षल पटेलले अलि र रायडु दुवैको विकेट लिंदै बैंगलोरलाई खेलमा फर्काए। तर त्यसपछि कप्तान धोनी र रैनाले पाँचौ विकेटको लागि २४ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। बैंगलोर बलर हर्षल पटेलले २ विकेट ( ३.१-०-२५-२ ) तथा ग्लेन म्याक्सवेलले १ विकेट ( २-०-१७-१ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट क्षेतीमा १५६ रन बनाएको थियो। उसको लागि ओपनर देभ दत्त पडीक्कलले सर्वाधिक ७० रन तथा कप्तान बिराट कोहलीले ५३ रन बनाए। पडीक्कलले ५० बलमा ५ चौका र ३ छक्का तथा कोहलीले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। एबि डी भिल्लीयर्सले १२ तथा ग्लेन म्याक्सवेलले ११ रन बनाए।

कप्तान कोहली र पडीक्कलले १३.२ ओभरमा १११ रनको साझेदारी गरेका थिए। कोहलीलाई ड्वेन ब्राभोले क्याच आउट गराएपछि पडीक्कलले डी भिल्लीयर्ससंग २९ रनको साझेदारी गरे। १७ औं ओभरमा डी भिल्लीयर्स र पडीक्कललाई शार्दुल ठाकुरले क्याच आउट गराए जसपछि लगातार विकेट गुम्दा बैंगलोरले डेथ ओभरमा रन बनाउन संघर्ष गर्यो। अन्तिम ५ ओभरमा उसले ३८ रन मात्र बनाउदा थप ५ विकेट गुमाउन पुग्यो। अन्तिम ओभरमा ड्वेन ब्राभोले मात्र २ रन खर्चेर म्याक्सवेल र हर्षल पटेलको विकेट लिए।

चेन्नाईको बलिंगमा ड्वेन ब्राभोले सर्वाधिक ३ ( ४-०-२४-३ ) , शार्दुल ठाकुरले २ ( ४-०-२९-२ ) र दिपक चाहरले १ विकेट ( ४-०-३५-१ ) लिए।

जितपछि चेन्नाई लिग अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ जसले ९ खेलमा ७ जित र २ हार बेहोर्दा १४ अंक बटुलेको छ। समान १४ अंक बटुलेको दिल्ली नेट रन रेटमा पछि रहँदै दोश्रो स्थानमा झरेको छ। हार पहि बैंगलोर तश्रो स्थानमा यथावत रहेको छ जसले ९ खेलमा ५ जित र ४ हार बेहोरी १० अंक बटुलेको छ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]