IPL : दोश्रो खेलमा चेन्नाई र दिल्लीको भेट, कस्तो हुनेछ दुवै टिमको अन्तिम-११

आईपीएल १४ अन्तर्गत शनिवार दोश्रो खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्स र रिशभ पन्त कप्तानीको दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय राति ७:४५ बजे सुरु हुनेछ। लिगको शुक्रबार सम्पन्न उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डीयन्सलाई २ विकेटले पराजित गर्दै रोमान्चक जित दर्ता गरेको थियो।

पछिल्लो सिजन उत्कृस्ट प्रदर्शन गरेको दिल्ली फाइनलसम्म पुग्न सफल भएको थियो जुन क्रममा मुम्बईसंग पराजित हुँदै पहिलो उपाधि जित्न चुकेको थियो। अर्कोतर्फ चेन्नाई गत सिजन पहिलो पटक आईपीएलको प्लेअफ पुग्न असफल भएको थियो। दिल्ली यो पटक उपाधि जित्ने सोचमा छ भने चेन्नाई पछिल्लो सिजनको खराब लय भुल्दै पुरानै बाटोमा फर्कन चाहन्छ।

दिल्लीको नयाँ कप्तान 

लिग अघि दिल्लीका नियमित कप्तान श्रेयस ऐयर घाइते हुँदै लिग खेल्न नसक्ने भएपछि टिमको कप्तानी पहिलो पटक रिशभ पन्तले सम्हाल्दैछन्। अन्य अनुभवी क्रिकेटरहरु हुनुको बाबजुद दिल्लीले पन्तमा विश्वास देखाएको छ जसलाई उनले प्रमाणित गर्नेछन् या छैनन् हेर्न लायक हुनेछ।

दिल्लीको कप्तानी पहिलो पटक रिशभ पन्तले गर्दैछन्

पछिल्लो सिजन भुल्न चाहन्छ चेन्नाई

आईपीएल २०२० भुल्दै चेन्नाई यो पटक नयाँ सुरुवात गर्न चाहन्छ। गत सिजन लिग सुरु हुनु अघि सुरेश रैना भारत फर्किएका थिए जो यो सिजन पुनः टिममा फर्कदैछन्। त्यस्तै गत सिजन चोटले समेत टिमलाई सताएको थियो। अर्कोतर्फ धोनीले ब्याटबाट कुनै कमल गर्न सकेका थिएनन्। यो सिजन टिममा मोइन अलि र क्रिश्नप्पा गौतम, रोबिन उथप्पाको आगमनले टिम बलियो देखिएको छ।

चेन्नाईको अन्तिम-११ कस्तो होला 

गत सिजन अन्तिममा लगातार तिन वटा अर्धशतक बनाएका रुतुराज गायकवाडले यो पटक पनि टिमको ओपनिंग सम्हाल्नेछन्। रोबिन उथप्पाले गायकवाडलाई ओपनिंगमा साथ दिन सक्नेछन् जसको रेकर्ड ओपनिंग ब्याटिंग गर्दा लिगमा राम्रो रहेको छ। गत सिजन निकै कम मौका पाएका इमरान ताहिरले यो पटक बढी मौका पाउन सक्नेछन्। लिग अघि भारत-इंग्ल्यान्ड सिरिजमा राम्रो प्रदर्शन गरेका इंग्ल्यान्ड अलराउण्डर स्याम करन, मोईन अलि, इमरान ताहिर र फाफ डु प्लेसी विदेशी खेलाडीको रुपमा खेल्न सक्छन्। लुंगी एनगीडी भर्खरै भारत पुगेकाले पहिलो खेलमा उपलब्ध हुनेछैनन्।

चेन्नाईको सम्भावित ११ : रुतुराज गायकवाड, रोबिन उथप्पा/अम्बाती रायडु, फाफ डु प्लेसी, सुरेश रैना, महेन्द्र सिंह धोनी ( कप्तान/विकेटकिपर ) , मोईन अलि, स्याम करन, रभीन्द्र जडेजा, शार्दुल ठाकुर, दिपक चाहर, इमरान ताहिर

स्टार खेलाडीविहिन दिल्ली 

पछिल्लो सिजनको उत्कृस्ट बलिंग जोडी कागीसो रबाडा र एनरिक् नोर्किया अप्रिल ६ तारिखमा भारत आएकोले दुवै बलर अझै क्वारेन्टाइनमा रहेका छन् त्यसैले उनीहरु पहिलो खेलमा उपलब्ध हुनेछैनन्। अर्कोतर्फ गत साता कोरोना रिपोर्ट पोजेटिभ आएपछि दुईवटा टेस्ट अप्रिल १० सम्म नेगेटिभ आएता पनि पटेल उपलब्ध हुनेछैनन्।  अस्ट्रेलियन स्टार क्रिकेटर स्टिभ स्मिथको आगमनले दिल्लीको मध्यक्रम अझ बलियो हुनेछ। गत सिजन घाइते भएर केहि खेल मात्र खेलेर भारत फर्केका भेट्रान लेग स्पिनर अमित मिश्रा यो पटक सुरुवात देखि उपलब्ध रहेका छन्।

दिल्लीको सम्भावित ११ : पृथ्वी श, शिखर धवन, स्टिभ स्मिथ, रिशभ पन्त ( कप्तान/विकेटकिपर ) , मार्कस स्टोइनिस, शिमरन हेटमायर, क्रिस वोक्स, रभीचन्द्रन आश्विन, उमेश यादव, अमित मिश्रा, इशान्त शर्मा

चेन्नाई सुपर किंग्स टिम : एमएस धोनी ( कप्तान), सुरेश रैना, अंबाती रायुडू, केएम आसिफ, दीपक चहर, ड्वेन ब्राभो✈️, फाफ डु प्लेसि✈️, इमरान ताहिर✈️, एन जगदीसन, कर्ण शर्मा, लुंगी एनगिडी✈️, मिचेल स्यान्टनर, रवीन्द्र जडेजा, रुतराज गायकवाड, शार्दुल ठाकुर, स्याम करन ✈️, ✈️, आर साई किशोर, रोबिन उथप्पा, क्रिश्नप्पा गोथम, मोइन अलि✈️, चेतेश्वर पुजारा, भगत वर्मा हरि निशान्थ, हरिशंकर रेड्डी

दिल्ली क्यापिटल्स टिम : रिशभ पंत ( कप्तान ), श्रेयस अय्यर, अजिंक्य रहाणे, अमित मिश्रा, आवेश खान, अक्सर पटेल, इशांत शर्मा, कागिसो रबाडा✈️, पृथ्वी शा, रविचंद्रन अश्विन, शिखर धवन, शिमरोन हेटमेयर✈️, मार्कस स्टोइनिस✈️, ललित यादव, आन्द्रिक नूर्जे, प्रवीण दुबे , क्रिस वोक्स✈️, टम करन✈️, स्टिभ स्मिथ✈️, स्याम बिलिंग्स✈️, उमेश यादव, रिपल पटेल, बिष्णु बिनोद, लुक्मल हुसेन, एम सिद्धार्थ

धेरैले पढेको 

https://wicketnepal.com/mumbai-birudh-romanchak-jit-pachi-tarif-w/

https://wicketnepal.com/ipl-2021-1st-match-mi-vs-rcb/

https://wicketnepal.com/chennai-repl-behrendorff-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy