IPL : चेन्नाई बिरुद्ध धवनको कीर्तिमान, दिल्लीको शानदार जित

आईपीएल २०२१ अन्तर्गत दोश्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले सहजै पराजित गर्दै विजयी सुरुवात गरेको छ।

मुम्बईको वान्खेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले दिएको १८९ रनको लक्ष्य दिल्लीले ३ विकेट गुमाएर १८.४ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा  दिल्ली ओपनर शिखर धवन र पृथ्वी शले १३८ रनको साझेदारी गरे। सन् २०१६ पछि पहिलो पटक दिल्लीका ओपनरले शतकीय साझेदारी गरेका हुन्। पछिल्लो पटक क्विन्टन डीकक र रिशभ पन्तले शतकीय साझेदारी गरेका थिए। यस्तै धवन र शको साझेदारी चेन्नाई बिरुद्ध इतिहासकै दोश्रो ठुलो साझेदारी हो।

१४ औं ओभरमा ड्वेन ब्राभोबाट क्याच आउट हुनु अघि शले ३८ बलमा ९ चौका र ३ छक्का मद्दतले ७२ रन बनाए। धवनले दोश्रो विकेटको लागि कप्तान रिशभ पन्तसंग २९ रन जोडे।

धवन र पन्तले शतकीय साझेदारी गरे

१७ औं ओभरमा धवनलाई शार्दुल ठाकुरले एलबिडब्लु आउट पारे। त्यस अघि बायाँ हाते ओपनरले ५४ बलमा १० चौका र २ छक्का मद्दतले ८५ रन बनाए।

धवनको विकेट पछि मार्कस स्टोइनिससंग पन्तले टिमलाई जितनजिक पुर्याए। स्टोइनिस १४ रन बनाएर ठाकुरबाट क्याच आउट भए। पन्तले अविजित १५ रन बनाए।

धवन चेन्नाई सुपर किंग्स बिरुद्ध टि-२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बन्न पुगेका छन्। यस क्रममा उनले ९०१ रन बनाएका बिराट कोहलीलाई उछिनेका हुन्। धवनले चेन्नाई बिरुद्ध कुल ९१० रन बनाएका छन्। यस्तै धवन आईपीएलको तेश्रो सर्वाधिक रनकर्ता समेत बनेका छन्। धवनले ५२५४ रन बनाएका डेभिड वार्नरलाई उछिन्दै ५,२८२ रन बनाएका छन्। सबैभन्दा धेरै बिराट कोहलीले ५,९११ र सुरेश रैनाले ५,४२२ रन बनाएका छन्।

चेन्नाईको बलिंगमा शार्दुल ठाकुरले २ विकेट  ( ३.४-०-५३-२ ) तथा ड्वेन ब्राभोले १ विकेट ( ४-०-२८-१ ) हात पारे।

यस अघि टस हारेर ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट नोक्सानीमा १८८ रन बनाएको थियो।

चेन्नाईको सुरुवात खराब रह्यो। दोश्रो ओभरमा खाता नखोलीसकेका फाफ डु प्लेसीलाई आभेस खानले एलबिडब्लु आउट गरे भने तेश्रो ओभरमा ५ रन बनाएका रुतुराज गायकवाडलाई क्रिस वोक्सले क्याच आउट गराए।

तेश्रो नम्बरमा ब्याटिंग गर्न आएका मोईन अलि र चौथो नम्बरमा आएका सुरेश रैनाले तेश्रो विकेटको लागि ५३ रनको साझेदारी गरे। २४ बलमा ४ चौका र २ छक्का मद्दतले ३६ रन बनाएका अलिलाई नवौं ओभरमा रभीचन्द्रन आश्विनले क्याच आउट गराए। त्यसपछि रैनाले अम्बाती रायडुसंग ६३ रन जोडे। २३ रन बनाएका रायडुलाई टम करनले १४ औं ओभरमा क्याच आउट गराए।

अर्धशतक पुरा गरेपछि १६ औं ओभरमा सुरेश रैना क्रिस वोक्सबाट रन आउट हुन पुगे। रैनाले ३६ बलमा ३ चौका र ४ छक्का मद्दतले ५४ रन बनाए।

रैनाको विकेट लगत्तै कप्तान महेन्द्र सिंह धोनी खाता नखोली आभेसबाट बोल्ड हुन पुगे। आईपीएल इतिहासमा धोनी मात्र चौथो पटक खाता नखोली आउट भएका हुन्।

धोनीको विकेटपछि रभीन्द्र जडेजा र स्याम करनले अन्तिममा आक्रामक सटहरु खेले। टम करनले गरेको १९ औं ओभरमा सयम करनले २ छक्का र २ चौका प्रहार गर्दा एकै ओभरमा २३ रन बन्यो। दुवैले सातौँ विकेटको लागि २७ बलमा ५१ रनको साझेदारी गरे।

अन्तिम बलमा वोक्सबाट बोल्ड हुनु अघि स्याम करनले १५ बलमा ४ चौका र २ छक्का मद्दतले ३४ रन बनाए। अविजित रहेका रभीन्द्र जडेजाले १७ बलमा ३ चौका मद्दतले २६ रन बनाए।

दिल्लीको बलिंगमा आभेस खान ( ४-०-२३-२ ) र क्रिस वोक्स ( ३-०-१८-२ ) ले समान २ विकेट लिए। रभीचन्द्रन आश्विन, टम करनले समान १ विकेट लिए।

लिग अन्तर्गत दिल्लीले आगामी खेल राजस्थान रोयल्ससंग अप्रिल १५ तारिखमा खेल्नेछ। यस्तै चेन्नाईले आगामी खेल पन्जाब किंग्स बिरुद्ध अप्रिल १६ तारिखमा खेल्नेछ। आइतबारको खेलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राईडर्सले प्रतिस्पर्धा गर्नेछन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/pak-win-rizwan-innings-wn21/

https://wicketnepal.com/mumbai-birudh-romanchak-jit-pachi-tarif-w/

https://wicketnepal.com/police-2nd-win-sikkim-a-div/





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]