IPL M2 : टस जितेर दिल्लीद्वारा चेन्नाईलाई ब्याटिंगको निम्तो

१४ औं सिजनको इण्डियन प्रिमियर लिग अन्तर्गत दोश्रो खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्स र रिशभ पन्त कप्तानीको दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ७:४५ बजे राति सुरु हुँदैछ।

खेलमा दिल्लीले टस जितेर फिल्डिंग रोजेको छ र चेन्नाईलाई ब्याटिंगको निम्तो दिएको छ।

टस जितेपछि दिल्ली कप्तान रिशभ पन्तले विकेट नरम भएको त्यसैले फिल्डिंग रोजेको बताए। धोनीले टस जितेको भए बलिंगनै रोज्ने सोचेको जसको पछाडी वान्खडे मैदानमा योगफल रक्षा गर्न मुस्किल हुनु कारण रहेको बताए।

दिल्लीको अन्तिम ११ : शिखर धवन, पृथ्वी श, अजिंके रहाने, रिशभ पन्त ( कप्तान/विकेटकिपर ) , मार्कस स्टोइनिस, शिमरन हेटमायर, क्रिस वोक्स, रभीचन्द्रन आश्विन, टम करन, अमित मिश्रा, आभेश खान

चेन्नाईको अन्तिम ११ : रुतुराज गायकवाड, अम्बाती रायडु, फाफ डु प्लेसिस, सुरेश रैना, महेन्द्र सिंह धोनी ( कप्तान/विकेटकिपर ) , मोईन अलि, रभीन्द्र जडेजा, स्याम करन, ड्वेन ब्राभो, शार्दुल ठाकुर, दिपक चाहर

पछिल्लो सिजन उत्कृस्ट प्रदर्शन गरेको दिल्ली फाइनलसम्म पुग्न सफल भएको थियो जुन क्रममा मुम्बईसंग पराजित हुँदै पहिलो उपाधि जित्न चुकेको थियो। अर्कोतर्फ चेन्नाई गत सिजन पहिलो पटक आईपीएलको प्लेअफ पुग्न असफल भएको थियो। दिल्ली यो पटक उपाधि जित्ने सोचमा छ भने चेन्नाई पछिल्लो सिजनको खराब लय भुल्दै पुरानै बाटोमा फर्कन चाहन्छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy