दिल्लीको लगातार दोश्रो जित, अंकतालिकाको शिर्षस्थानमा

१३ औं आईपीएल अन्तर्गत श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापीटल्सले महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा दिल्लीले किंग्स-११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो। चेन्नाईको यो दोश्रो हार हो। पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गरेपछि राजस्थानसंग चेन्नाई १६ रनले पराजित भएको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा ४४ रनको जित दर्ता गर्ने क्रममा दिल्लीले पहिले ब्याटिंग गर्दै दिएको १७६ रनको लक्ष्य पछ्याउदा चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।

लिग इतिहासमा चेन्नाई बिरुद्ध दिल्लीको यो सबैभन्दा ठुलो रन अन्तरको जित हो। ४४ रनको हार आईपीएल इतिहासमा दिल्लीको संयुक्त रुपमा तेश्रो ठुलो हार हो। मुम्बईसंग २०१३ र २०१९ मा क्रमशः चेन्नाई ६० र ४६ रनले पराजित भएको थियो। २०१४ मा पन्जाबसंग चेन्नाई ४४ रनलेनै पराजित भएको थियो जुन संयुक्तरुपमा तेश्रो ठुलो हार हो।

दिल्लीको उत्कृस्ट बलिंग अघि चल्न् सकेनन् चेन्नाई ब्याट्सम्यान

लक्ष्य पछ्याउने क्रममा चेन्नाईले निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो। ओपनर मुरली विजय १०, शेन वाटसन १४, रुतुराज गायकवाड ५ रन बनाएर आउट भए। विजयलाई नोर्किया र वाटसनलाई अक्षर पटेलले आउट गरे भने गायकवाड रन आउट भए।

९.१ ओभरमा ४४/३ को अवस्थाबाट फाफ डु प्लेसी र केदार जाधबले चौथो विकेटको लागि ५४ रनको साझेदारी गरे। १६ औं ओभरमा जाधबलाई नोर्कियाले एलबिडब्लु आउट गरे। त्यसपछि डु प्लेसीलाई १८ औं ओभरमा कागीसो रबाडाले विकेटकिपरबाट क्याच आउट गराए। डु प्लेसीले ३५ बलमा ४ चौका मद्दतले ४३ रन बनाए।

फाफ डु प्लेसीले सर्वाधिक ४३ रन बनाए।

डु प्लेसीको विकेटपछि चेन्नाईलाई अन्तिम २ ओभरमा जित्न ५५ रन आवस्यक रहेको थियो। तर १९ औं ओभरमा एनरिक नोर्कियाले मात्र ६ रन मात्र खर्चिएपछि जित असम्भव भएको थियो। अन्तिम ओभरमा धोनी १२ बलमा १५ रन बनाएर रबाडाबाट आउट भए जसले २ चौका प्रहार गरेका थिए। धोनी आउट हुँदा खेल चेन्नाईको हात बाट निस्कीसकेको थियो। जडेजा १२ रन बनाएर सोहि ओभरको अन्तिम बलमा आउट भए।

दिल्लीको बलिंगमा कागीसो रबाडाले सर्वाधिक ३ विकेट ( ४-०-२६-३ ) लिए।  एनरिक नोर्कियाले २ विकेट  ( ४-०-२१-२ )  लिए। अक्षर पटेलले ( ४-०-१८-१ ) , अमित मिश्रा ( ४-०-२३-० ) र आभेस खान ( ४-०-४२-० ) विकेट विहिन रहे।

दिल्लीको ब्याटिंग

टस हारेर ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनाएको थियो।

दिल्लीको लागि प्लेयर अफ द म्याच चुनिएका ओपनर पृथ्वी शले लिगमा पाँचौ अर्धशतक बनाउने क्रममा सर्वाधिक ६४ रन बनाए। ४३ बलमा दायाँ हाते ब्याट्सम्यानले ९ चौका र १ छक्का प्रहार गरे। यस्तै रिशभ पन्तले अविजित २५ बलमा ३७ ( ६ चौका )  शिखर धवनले २७ बलमा ३५ ( ३ चौका र १ छक्का ) , श्रेयस ऐयरले २२ बलमा २६ ( १ चौका ) तथा मार्कस स्टोनिसले अविजित ५ रन बनाए।

पृथ्वी शले ६४ रन बनाए

राम्रो सुरुवात गरेको दिल्लीको लागि ओपनर पृथ्वी श र शिखर धवनले पहिलो विकेटको लागि ९४ रनको साझेदारी गरे। ११ र १३ औं ओभरमा धवन र पृथ्वीलाई लेग स्पिनर पियुष चावलाले पेभेलियन फर्काए। धवन एलबिडब्लु तथा पृथ्वी स्टम्प आउट भए।

त्यसपछि तेश्रो नम्बरमा आएका रिशभ पन्त र कप्तान श्रेयस ऐयरले तेश्रो विकेटको लागि ५८ रनको साझेदारी गरे। १९ औं ओभरमा ऐयरलाई स्याम करनले धोनीबाट क्याच आउट गराए। त्यसपछि रिशभ पन्त र स्टोइनिस अन्तिमसम्म क्रिजमा रहे।

चेन्नाईको बलिंगमा लेग स्पिनर पियुष चावलाले सर्वाधिक २ विकेट ( ४-०-३३-२ ) तथा स्याम करनले १ विकेट ( ४-०-२७-१ ) लिए। जोश हेजलवुड ( ४-०-२८-० ) , दिपक चाहर ( ४-०-३८-० ) र रभीन्द्र जडेजा ( ४-०-४४-० ) विकेटविहिन रहे।

अँकतालिका 

खेलमा दिल्लीले लगातार दोश्रो खेलमा पनि नेपाली स्पिनर सन्दिप लामिछानेलाई बाहिर राखेको छ। रभीचन्द्रन आश्विन घाइते हुँदा उनको सट्टा टिमले अमित मिश्रालाई मौका दिएको थियो।

हार पछि चेन्नाई अंकतालिकाको पाँचौ स्थानमा पुगेको छ भने दिल्ली अपराजित रहँदै ४ अंक सहित शिर्ष स्थानमा उक्लेको छ। समान २ अंक रहेता पनि पन्जाब, मुम्बई, राजस्थान, चेन्नाई र बैंगलोर नेट रन रेटको आधारमा क्रमशः दोश्रो देखि छैठौं स्थानमा रहेको छ। हैदरावाद र कोलकाता १/१ खेलमा हार पछि सातौँ र आठौँ स्थानमा छ।

लिग अन्तर्गत शनिवार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन्। चेन्नाईले आगामी खेल अक्टोबर २ तारिखमा सनराइजर्स हैदरावाद बिरुद्ध खेल्नेछ। दिल्लीले आगामी खेल हैदरावाद बिरुद्धनै सेप्टेम्बर २९ तारिखमा खेल्नेछ।

अनुष्काको आरोप पछि लाइभमै गावस्करको जवाफ “आफ्नो कानले सुन्नुस, हेर्नुस, अनि बोल्नुस्”

आलोचना पछि धोनीको बचाउ गर्दै प्रशिक्षक फ्लेमिंगले के भने

ढिलो ओभर रेटका कारण कोहलीलाई १२ लाख भारु जरिवाना

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]