IPL Match 1 : आक्रामक सुरुवातका बाबजुद मुम्बईले बनायो १६२ रन

इन्डीएन प्रिमियर लिग ( आईपीएल ) को १३ औं संस्करण युएईमा सुरु भएको छ। लिग अन्तर्गत पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्स र महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गरिरहेका छन्।

अबुधाबी स्थित शेख जायद स्टेडियममा चेन्नाईले टस जितेर फिल्डिंग रोजेपछि ब्याटिंग गरेको मुम्बईले निधारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाउदै चेन्नाईलाई १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुम्बईको लागि सौरभ तिवारीले सर्वाधिक ४२ रन ( ३१ बलमा ३ चौका र १ छक्का ) , क्विन्टन डीककले ३३ ( २० बलमा ५ चौका ) बनाए। काइरन पोलार्डले १८,  सुर्य कुमार यादवले १७, हार्दिक पान्ड्याले १४, रोहित शर्माले १२, जेम्स प्याटिन्सनले ११, क्रुनाल पान्ड्याले ३ रन बनाए।

३ वर्ष पछि आईपीएल म्याच खेल्न पाएका सौरभ तिवारीले सर्वाधिक ४२ रन बनाए

उत्कृस्ट सुरुवात गर्ने क्रममा ओपनर रोहित शर्मा र क्विन्टन डीककले आक्रामक ब्याटिंग गरे। दुवैले ४.४ ओभरमा ४६ रनको साझेदारी गरे। रोहितलाई लेग स्पिनर पियुष चावलाले क्याच आउट गराएर साझेदारी तोडे। लगत्तै ओभरमा डीककलाई स्याम करनले क्याच आउट गराए। तेश्रो विकेटको लागि सुर्यकुमार यादव र सौरभ तिवारीले ४४ रनको साझेदारी गरे। यादवलाई दिपक चाहरले आउट गरे। त्यसपछि सौरभ तिवारी र हार्दिक पान्ड्यालाई १५ औं ओभरमा जडेजाले क्याच आउट गरे। दुवैलाई फाफ डु प्लेसिसले बाउन्ड्रीमा उत्कृस्ट क्याच गरेर आउट गरे। त्यसपछि पनि मुम्बईको विकेट जाने क्रम रोकिएन। काइरन पोलार्ड, क्रुनाल पान्ड्या र जेम्स प्याटिन्सनलाई लुंगी एनगीडीले पेभेलियन फर्काए।

चेन्नाईको बलिंगमा लुंगी एनगीडीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३८ रन खर्चिए। रभीन्द्र जडेजा ( ४-०-४२-२ ) र दिपक चाहर ( ४-०-३२-२ ) ले समान २ विकेट लिए। स्याम करन ( ४-०-२८-१ ) र पियुष चावला ( ४-०-२१-१ ) ले समान १/१ विकेट लिए।

एनगीडीले सर्वाधिक ३ विकेट लिए

मुम्बईको अन्तिम ११ : रोहित शर्मा  ( कप्तान ) , क्विन्टन डीकक ( विकेट किपर ) , सुर्य कुमार यादव, सौरभ तिवारी, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, जेम्स प्याटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट , जस्प्रित बुम्राह

चेन्नाई अन्तिम ११ : मुरली विजय, शेन वाटसन, फाफ डु प्लेसिस, अम्बाती रायडु, केदार जाधव, महेन्द्र सिंह धोनी ( कप्तान/विकेटकिपर ) , रभिन्द्र जडेजा, स्याम करन, दिपक चाहर, पियुष चावला, लुंगी एनगीडी

मुम्बईले ४ पटक तथा मुम्बईले ३ पटक लिगको उपाधि जितेको छ। ८ टिम सहभागी हुने प्रतियोगिता नोभेम्बर १० सम्म चल्नेछ।

यो पनि पढ्नुस :-

IPL : टसको क्रममा धोनीको मजाक, सोधे – ‘स्लिप राख्न पाइन्छ?’

चर्चित प्रस्तोता मयान्ति यो सिजन आईपीएलको हिस्सा नहुने, कारण यस्तो





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]