मुम्बई कप्तान काइरन पोलार्डले ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले बलिंगबाट टप अर्डरलाई ध्वस्त पार्दै उत्कृस्ट सुरुवात दिलाएपछि चेन्नाईलाई १०० रन भित्र समेट्न चाहेको बताएका छन्। इशान किशनले ३७ बलमा ६८ रन बनाउदा मुम्बईले चेन्नाईले दिएको ११५ रनको लक्ष्य विकेट नगुमाई पुरा गर्यो। रोहित शर्मा घाइते हुँदा कप्तानी गरेका पोलार्डले कप्तानको रुपमा १५ औं जित दिलाए।
“कहिलेकाहीँ तपाई लिडर हुनु पर्दैन। मेरो लागि मैदान भित्र जने र बाहिर आउने काम मात्रै भयो। सहि निर्णयहरु लिनु पर्थ्यो र उनीहरुलाई खुला छोड्नु हुन्थेन।”
“हामि उनीहरुलाई १०० भन्दा मुनि रोक्न चाहन्थ्यौ तर स्यामले राम्रो ब्याटिंग गरे। मलाई लाग्छ यो टिमको समग्र मेहनत थियो। सुरुवातमा २-३ विकेट लिएर ४-५ विकेट पुर्याउनु गजबको कुरा हो।” पोलार्डले खेल पछि स्टारस्पोर्ट्ससंग कुराकानीमा बताए।
किशनले आईपीएलमा पाँचौ अर्धशतक बनाए भने क्विन्टन डीककले ३७ बलमा ४६ रन बनाउदै टिमलाई १० विकेटको जित दिलाए। चेन्नाईले इतिहासमै १० विकेटले हारेको पहिलो पटक हो।
“ओपनरले गएर खेल समाप्त गर्नु अर्को राम्रो कुरा हो। हामि शिर्ष-२ मा पुग्ने सोच्नु भन्दा पनि अंक प्राप्त गर्ने स्थितिमा पुग्नु महत्वपूर्ण कुरा हो।”
“हामीले अझै सुधार गर्नुपर्ने ठाउँ छ। म आफैले फिल्डिंगमा केहि गल्ति गरे र केटाहरु पनि कुनै बेला होसमा थिएनन्। यो प्राविधिक कुरा त हैन तर बोल्नु पर्ने कुरा चै हो।”
“सुपर ओभरमा खेल हार्नु दुर्भाग्यपूर्ण थियो तर पुनरागमन गर्नु ठुलो कुरा हो।” पोलार्डले बताए।
हारपछि प्लेअफ पुग्ने सम्भावना गणितमा मात्र सिमित भएको चेन्नाईका कप्तान महेन्द्र सिंह धोनीले खराब प्रदर्शनले पिंडा भएको बताए –
“पक्कै पिंडा हुन्छ। यो वर्ष हाम्रो हुन सकेन। एक वा दुई खेलमा मात्रै हामीले ब्याटिंग र बलिंग दुवै राम्रो गर्न सक्यौं। हार चाहे १० विकेटको होस् या ८ विकेटको हो त्यसले खास अर्थ राख्दैन। अर्थ राख्छ त तपाई प्रतियोगितामा कुन ठाउँमा हुनुहुन्छ” धोनीले खेलपछि कुराकानीमा बताए।
धोनीले भाग्यले पनि यो पटक साथ नदिएको बताए – “क्रिकेटमा तपाईको मुस्किल समय चलीरहंदा तपाईलाई भाग्यको पनि साथ चाहिन्छ। तर यो प्रतियोगितामा त्यस्तो भएन।”
“हामीले टस धेरै जित्न सकेनौं। हामीले दोश्रो ब्याटिंग गर्दा मैदानमा शित हुन्थेन भने पहिले ब्याटिंग गरेको खण्डमा अचानक मैदानमा शित देखिन्थ्यो। त्यसैले चिजहरु हाम्रो पक्षमा गएन।”
“जब तपाई राम्रो टिम कागजमा तयार गर्नुहुन्छ तपाईसंग पर्याप्त ब्याक-अपमा खेलाडी हुनुपर्छ। तर यो वर्ष हामिसंग त्यो थिएन। समग्र रुपमा हेर्दा हाम्रो ब्याटिंग असफल रह्यो।”
“तपाईलाई पिंडा हुँदा हुँदै पनि त्यसलाई लुकाएर मुस्कान देखाउदै खेल्नु मुस्किल कुरा हो। मलाई लाग्छ खेलाडीहरुले त्यही गरे। उनीहरुले सक्दो प्रदर्शन गर्ने प्रयास गरे।”
“हामीले अझै ड्रेसिंग रुमको माहिल सकरात्मक राख्नुपर्छ र आगामी ३ खेल हाम्रो प्रतिष्ठाको लागि खेल्नुपर्छ।” धोनीले बताए।
धोनीले आगमी वर्ष स्पस्टताका साथ आउनु पर्ने तथा त्यसको तयारीको लागि युवा खेलाडीहरुलाई बाँकी खेलमा मौका दिने बताए –
“हामि स्पस्ट तस्विरका साथ अर्को सिजन आउनुपर्ने छ। आगामी ३ खेल युवा खेलाडीहरुको तयारीको लागि पनि राम्रो अवसर हुनेछ जहाँ उनीहरुको ब्याटिंग, डेथमा बलिंग राम्रो तथा दबाब कति झेल्न सक्छन् देखिन्छ। आगामी खेलहरुमा बेन्चमा बसेका केहि खेलाडीहरुले मौका पाउनेछन्।”
जितपछि मुम्बई पुनः अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ। मुम्बईको १० खेलमा ७ जित र ३ हार पछि १४ अंक रहेको छ। समान खेल तथा जित र हार पछि समान १४ अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै दिल्ली दोश्रो र बैंगलोर तेश्रो स्थानमा रहेको छ। मुम्बई, बैंगलोर र दिल्लीको प्ले अफ सम्भावना मजबुत बनेको छ। अब एउटा मात्र जितले सबै तिन ३ टिम प्लेअफमा पुंगेछ।
हारपछि चेन्नाई इतिहासमै पहिलो पटक प्लेअफ चरण पुग्न असफल हुने संघारमा पुगेको छ। ११ खेलमा ३ जित र ८ हारपछि चेन्नाई ६ अंक बटुल्दै अंकतालिकाको पुछारमा छ। अब चेन्नाईले बाँकी सबै ३ खेल जित्ने हो र अन्य कोलकाता, हैदरावाद, पन्जाब र राजस्थानको १२ अंक भन्दा बढी अंक नभएको खण्डमा नेट रन रेटमा चेन्नाईको सम्भावना हुन्छ। तर -०.७३३ नेट रन रेट भएका कारण चेन्नाईको सम्भावना असम्भव जस्तो छ।
लिग अन्तर्गत शनिवार २ वटा खेल हुनेछन्। कोलकाता र दिल्लीले ३:४५ बजे पहिलो तथा पन्जाब र हैदरावादले ७:४५ बजे बेलुका दोश्रो खेल खेल्नेछ। मुम्बईले आगामी खेल बुधबार बैंगलोर बिरुद्ध तथा चेन्नाईले बिहिबार कोलकाता बिरुद्ध खेल्ने तालिका रहेको छ।
आफ्नै रेकर्ड तोड्दै इमरान ताहिरले स्याम करनसंग बनाए साझेदारीको नयाँ रेकर्ड
आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर