बलियो मुम्बई बिरुद्ध चेन्नाईलाई ‘गर या मर’ को स्थिति

२०७७ कार्तिक ७, शुक्रबार १५:०८

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार ४१ औं खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किङ्ग्सले रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्सको सामना गर्दैछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ।

९ खेलमा ६ जित र ३ हारपछि १२ अंक बटुल्दै मुम्बई अंकतालिकाको तेस्रो स्थानमा छ। यस्तै, १० खेलमा मात्र ३ जित र ७ हारपछि ६ अंकसहित चेन्नाई अंकतालिकाको पुछारमा छ। चेन्नाई इतिहासमै पहिलो पटक लिग स्टेजबाटै बाहिरिने त्रासमा रहेको छ जसकारण चेन्नाई गर या मरको अवस्थामा छ। चेन्नाईलाई शिर्ष-४ मा रहने सम्भावना जीवित राख्न आज सहित बाँकी ४ खेल जित्नैपर्ने हुन्छ भने त्योसंगै अन्य टिमको नतिजामा निर्भर रहनुपर्ने छ। तेस्रो स्थानमा रहेको मुम्बई आज जित दर्ता गरे पुनः अंकतालिकाको शिर्ष स्थानमा पुग्दै प्लेअफ सम्भावना लगभग निश्चित गर्नेछ।

मुम्बई इण्डियन्स : जारी सिजन ३२२ रन बनाइसकेका बायाँ हाते ओपनर ब्याट्सम्यान क्विन्टन डिकक लयमा फर्किएका छन्। सुर्यकुमार यादवको उत्कृष्ट लयले मुम्बईलाई थप मजबुत बनाएको छ। टिम कप्तान रोहित शर्माको ब्याटिंगमा स्थिरता चाहन्छ। युवा खेलाडी इशान किशनले जिम्मेवारीपूर्वक ब्याटिंग गर्नुपर्ने हुन्छ। रोहित शर्मा, क्विन्टन डिकक र इशान किशन जस्ता आक्रामक ब्याट्सम्यानले सजिएको मुम्बईको ब्याटिंगमा कायरन पोलार्ड, हार्दिक पाण्ड्या र क्रुनाल पाण्ड्या जस्ता विस्फोटक ब्याट्सम्यान छन् जसले एकलो हैसियतमा खेलको नतिजा परिवर्तन गराएका छन्। माथिल्लो क्रमको ब्याट्सम्यानले मुम्बईलाई सम्हालिएको सुरुवात दिलाउनु पर्ने हुन्छ।

मुम्बईको बलिंग बलियो छ। ट्रेन्ट बोल्ट, नाथन कौल्टर-नाइल र जस्प्रित बुम्राह जस्ता घातक तिव्र गतिका बलरले राम्रो प्रदर्शन गरिरहेका छन्। फिंगर स्पिनर क्रुनाल पान्ड्याको चलाखीपूर्ण बलिंग र लेग-स्पिनर राहुल चाहरले किफायती बलिंग गर्दै महत्त्वपूर्ण विकेट दिलाएका छन्। बुम्राहले १५, बोल्टले १२, चाहरले ११ विकेट लिंदै धेरै विकेट लिने सूचीमा शिर्ष-१० स्थानमा छन्। कप्तान रोहितसँग बलिंगमा पोलार्डको विकल्प समेत रहेको छ। मुम्बईलाई आज जित हात पार्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लने मौका छ।

चेन्नाई :-१० खेलमा ६ अंक बटुलेको चेन्नाईलाई शिर्ष-४ मा पर्ने सम्भावना जीवित राख्न आगामी ४ खेलहरु जित्नैपर्ने हुन्छ। शेन वाट्सनले लय पाएता पनि राम्रो सुरुवातलाई ठुलो स्कोरमा परिणत गर्न सकेका छैनन्। फाफ डु प्लेसिसले जारी सिजन १० खेलमा ३७५ रन बनाउदै उच्च रनकर्ताको सुचीमा चौथो स्थानमा छन्। कप्तान धोनी रन बनाउन संघर्ष गरिरहेका छन्। मिडल अर्डरमा आक्रामक ब्याट्सम्यानको कमि रहदा चेन्नाईले हार बेहोर्नु परेको छ। अम्बाती रायडुले मध्य क्रममा नियमित रन बनाउदा। रविन्द्र जडेजाले तल्लो क्रममा आएर विस्फोटक पारी खेलेका छन् भने यो सिजन बलिंगबाट भने प्रदर्शन खास छैन। केदार जाधबको सुस्त र फ्लप ब्याटिंग भने टिमको असफलताको कारण बनेको छ। ब्याट्सम्यानहरुले रन त बनाएका छन् तर रन गति भने सुस्त रहेको छ।

बलिंगमा दिपक चहारको प्रदर्शन राम्रो रहेको छ जसले ७.१० प्रतिओभर रन खर्चदै १० विकेट लिईसकेका छन्। अलराउण्डर स्याम करनले बलिंग र ब्याटिंग दुवैबाट योगदान दिईरहेका छन्। ड्वायन ब्राभो चोटका करण प्रतियोगिताबाट बाहिरिदा  टिमलाई ठूलो झट्का लागेको छ। पियुष चावला र शार्दुल ठाकुरले पाएको स्थानलाई न्याय गरिरहेका छन्।

पछिल्लो खेल :- लिग अन्तर्गत उद्घाटन खेलमा यी दुई टोलिबीच प्रतिस्पर्धा भएको थियो जसमा चेन्नाईले ५ विकेटको सहज जित दर्ता गरेको थियो। पहिले ब्याटिंग गरेको मुम्बईले १६३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा चेन्नाईले अम्बाती रायडू र फाफ डुप्लेसिसको आक्रामक पारीको मद्दतमा ४ बल बाँकी रहदा ५ विकेट गुमाएर भेटाएको थियो।

हेड टु हेड :- हालसम्म यी दुई टोलिबीच कुल ३१ पटक प्रतिस्पर्धा भएको छ जसमध्य मुम्बई १८ तथा चेन्नाई १३ खेलमा विजयी भएको छ।

दुबै टिममा हुन सक्ने परिवर्तन :-

चेन्नाई सुपर किङ्ग्स :- धोनीले पछिल्लो खेलमा राजस्थान विरुद्ध हार पश्चात् युवा खेलाडीलाई अवसर दिने संकेत दिएका थिए। त्यसकारण टिमले एन जगदिशन र रुतुराज गायकवाड जस्ता युवा खेलाडीलाई मौका दिनसक्छ। पछिल्लो सिजनको पर्पल क्याप विजेता इमरान ताहिरले जारी सिजन पहिलो पटक मौका पाउन सक्छन्। तर, शिर्ष-४ मा पर्ने झिनो आश जीवित रहदा टिमले व्यापक परिवर्तन गर्न न चाहन सक्छ। फ्लप जाधवको स्थानमा जगदिशनले मौका पाउन सक्छन्। इमरान ताहिरलाई स्थान दिन शेन वाट्सन र जोस हेजलउडमध्ये एकलाई बाहिर राख्नु पर्ने हुन्छ।

चेन्नाईको सम्भावित ११ :– शेन वाट्सन, फाफ डुप्लेसिस, अम्बाती रायडु, केदार जाधब/जग्द्देसन, महेन्द्र सिंह धोनी (विकेटकिपर) (कप्तान), स्याम करन, रविन्द्र जडेजा, इमरान ताहिर/जोस हेजलउड, दिपक चहार, शार्दुल ठाकुल, कर्न शर्मा

मुम्बई इण्डियन्स :- २ खेल अघि मुम्बईले राम्रो प्रदर्शन गरेका जेम्स प्याटिन्सनको स्थानमा नाथन कुल्टर-नाइललाई मौका दिएको थियो जसले प्रभावशाली प्रदर्शन गर्न सकेका छैनन्। टिमले नाथन कौल्टर-नाइलको स्थानमा पुन: प्याटिन्सनलाई मौका दिनसक्छ।

मुम्बईको सम्भावित ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, इशान किशन, कायरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइल/जेम्स प्याटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

रोचक रेकर्ड :-

१.चेन्नाईको प्रतिनिधित्व गर्दै १०० क्याच समात्नबाट धोनी ६ क्याच टाढा छन्।

२.लिगमा १०० विकेट हात पार्नबाट जस्प्रित बुम्राह मात्र ३ विकेट टाढा छन्।

३.लिगमा ३००० रन पुरा गर्नबाट कायरन पोलार्ड ३७ रन छन्।

IPL : रोचक बन्दै प्ले-अफ दौड

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

करन केसीको ७ उत्कृस्ट बलिंग प्रदर्शन

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy