चेन्नाईको इतिहासकै लज्जास्पद सुरुवात

ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह र राहुल चाहरले घातक बलिंग गर्दा चेन्नाई सुपर किंग्सले आईपीएल २०२० अन्तर्गत ४१ औं खेलमा मुम्बई बिरुद्ध इतिहासकै कमजोर सुरुवात गरेको छ। शारजाह मैदानमा टस हारेर ब्याटिंग गरेको चेन्नाईले पावरप्लेको ६ ओभर भित्रै ५ विकेट गुमाएको हो।

प्लेअफ पुग्ने सम्भावना जीवित राख्न जित्ने पर्ने खेलमा चेन्नाईले लज्जास्पद सुरुवात गर्ने क्रममा पहिलो ४ विकेट मात्र ३ रनको योगफलमा गुमाएको थियो। ओपनर रुतुराज गायकवाडलाई पहिलो ओभरमा ट्रेन्ट बोल्टले खाता नखोली एलबुडब्लु गर्दै विकेट पतनको सुरुवात गरेका थिए। त्यसपछि दोश्रो ओभरमा जस्प्रित बुम्राहले अम्बाती रायडु ( २ रन )  र एन जगदिशनलाई ( ० ) क्याच आउट गराए। लगत्तै ओभरमा बोल्टले फाफ डु प्लेसीलाई ( १ )  विकेटकिपर डीककबाट क्याच आउट गराए।

पाँचौ विकेटको लागि महेन्द्र सिंह धोनी र रभिन्द्र जडेजाले विकेट जोगाउने प्रयास गरेता पनि छैठौं ओभरमा ट्रेन्ट बोल्टले७ रन बनाएका  जडेजालाई क्याच आउट गराउदै तेश्रो विकेट लिए। लगत्तै ओभरमा २ चौका र १ छक्का मद्दतले १६ रन बनाएका कप्तान धोनीलाई लेग स्पिनर राहुल चाहरले विकेटकिपर डीककबाट क्याच आउट गराउदै छैठौं विकेट लिए। नवौं ओभरमा चाहरले दोश्रो विकेट लिने क्रममा दिपक चाहरलाई स्टम्प आउट गर्दै खाता नखोली पेभेलियन फर्काए। यो समाचार तयार गर्दा चेन्नाईले ९ ओभर समाप्तिमा ४४ रनमा ७ विकेट गुमाएको छ। स्याम करन १० तथा शार्दुल ठाकुर १ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

ट्रेन्ट बोल्टले ३ ओभर बलिंग गर्दा १ मेडन ओभर गर्दै ५ रन खर्चेर ३ विकेट लिएका छन्। जस्प्रित बुम्राहले २ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका छन्। राहुल चाहरले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिएका छन्।

चेन्नाईले पावरप्लेको ६ ओभर भित्र ५ विकेट गुमाएको लिग इतिहासमै यो पहिलो पटक हो। लिग इतिहासमा यस अघि पावरप्लेमा सबैभन्दा बढी विकेट गुमाउने रेकर्ड केरला टस्कर्स कोचीको नाममा रहेको छ जसले डेक्कन चार्जर्स बिरुद्ध २०११ मा २९ रनमा ६ विकेट गुमाएको थियो। मुम्बई बिरुद्ध आज चेन्नाईले ६ ओभरमा २४ रन बनाएर ५ विकेट गुमाएको थियो।





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]