राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नाई सुपर किंग्सले १४ औं आईपीएलमा दोश्रो जित दर्ता गर्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। यो खेल चेन्नाई कप्तान महेन्द्र सिंह धोनीको टिम कप्तानको रुपमा दुई सयौं खेल थियो।
वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा चेन्नाईले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभरमा ९ विकेट क्षेतीमा १४३ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा राजस्थानको लागि ओपनर जोस बटलरले सर्वाधिक ४९ रन बनाए जुन क्रममा उनले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। जयदेव उनदकतले २४, राहुल तेवतियाले २० तथा शिभम दुवेले १७ रन बनाए पनि जितको लागि पर्याप्त रहन सकेन।
चेन्नाईको बलिंगमा मोइन अलिले सर्वाधिक ३ विकेट ( ३-०-७-३ ) लिए भने स्याम करन ( ४-०-२४-२ ) र रभीन्द्र जडेजाले ४-०-२८-२ ) ले समान २ विकेट लिए। शार्दुल ठाकुर र ड्वेन ब्राभोले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १८८ रन बनाएको थियो।
चेन्नाईको लागी फाफ डु प्लेसीले सर्वाधिक ३३ रन, अम्बाती रायडुले २७ रन, मोईन अलिले २६ रन, ड्वेन ब्राभोले २० रन, महेन्द्र सिंह धोनी र सुरेश रैनाले समान १८ रन बनाए।
राजस्थानको बलिंगमा चेतन सकरियाले सर्वाधिक ३ विकेट ( ४-०-३६-३ ) , क्रिस मोरिसले २ तथा मुस्तफीजुर रहमान र राहुल तेवतियाले समान १ विकेट लिए।
जितपछि चेन्नाईले ३ खेल खेल्दा २ जित र १ हार पछि ४ अंक बटुल्दै अंकतालिकाको दोश्रो स्थानमा रहेको छ। समान अंक रहेता पनि दिल्ली तेश्रो र मुम्बई चौथो स्थानमा रहेको छ। हार पछि राजस्थान भने ३ खेलमा २ जित र १ हार बेहोर्दै २ अंक सहित अंकतालिकाको छैठौं स्थानमा रहेको छ। तिन वटै खेलमा जितका साथ बैंगलोर अंकतालिकाको पहिलो स्थानमा रहेको छ।
धेरैले पढेको
https://wicketnepal.com/mal-vs-nep-wn21-kushal-react-wn21/
https://wicketnepal.com/nep-vs-mal-7-kirtiman-wn21/
https://wicketnepal.com/nepali-rhinos-upadhi-40-hajar-dollar/
