धोनीको उत्कृस्ट इनिंग र अन्तिम ओभरमा ब्राभोले उत्कृस्ट बलिंग गर्दा चेन्नाईको रोमान्चक जित

रोमान्चक खेलको अन्तिम ओभरमा ड्वेन ब्राभोले उत्कृस्ट बलिंग गरेपछि चेन्नाईले इन्डियन प्रिमियर लिग अन्तर्गत चेन्नाईले लगातार तेश्रो खेलमा जित दर्ता गरेको छ। चेन्नाईले घरेलु मैदानमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गरेको हो। प्रतियोगितामा राजस्थानको यो ३ खेलमा तेश्रो हार हो।

चेन्नाई ३ जित सहित आईपीएल अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ। दिनको पहिलो खेलमा हैदराबादले बैंगलोरलाई पराजित गरेको थियो। 

स्टोक्सको इनिंगले दिलाएन जित, ब्राभोको अन्तिम ओभरमा उत्कृस्ट बलिंग 

खेलमा चेन्नाईले पहिले ब्याटिंग गर्दै दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानको सुरुवात नाजुक रह्यो। कप्तान तथा ओपनर अजिंक्ये रहाने खाता नखोली आउट भए भने अर्का ओपनर जोस बटलरले ६ रन बनाए। अघिल्लो खेलमा शतक बनाएका संजु स्यामसन पनि ८ रन बनाएर आउट भए। रहाने र स्यामसनलाई शार्दुल ठाकुरले आउट गरे।

१४/३ ( ३.१ ) को नाजुक अवस्थाबाट चौथो विकेटको लागि राहुल त्रिपाठी र स्टिभ स्मिथले ६१ रनको साझेदारी गर्दै राजस्थानलाई अघि बढाए।

लेग स्पिनर इमरान ताहिरले त्रिपाठी र स्टिभ स्मिथ दुवैलाई दशौँ र १४ औं ओभरमा पेभेलियन फर्काएपछि राजस्थान पुनः मुस्किल अवस्थामा पुग्यो। त्रिपाठीले ३९ रन ( २४ बल, ५ चौका र १ छक्का ) तथा स्मिथले २८ रन ( ३० बलमा २ चौका ) बनाए।

 

स्मिथ र त्रिपाठीको विकेटपछि छैठौं नम्बरमा ब्याटिंग गरेका बेन स्टोक्सले जिम्मेवारी सम्हाले जसलाई आठौँ नम्बरमा आएका जोफ्रा आर्चरले राम्रो साथ दिए।

१६.१ ओभरमा १२०/६ रहेको राजस्थानलाई लक्ष्य नजिक पुर्याउन स्टोक्स र आर्चरले ड्वेन ब्राभोले गरेको १८ औं ओभरमा २ छक्का र १ चौका प्रहार गरेर १९ रन बटुले। १९ औं ओभरमा स्टोक्सले एउटा छक्का मदतले १३ रन शार्दुल ठाकुरको ओभरमा बटुलेपछि अन्तिम ओभरमा राजस्थानलाई १२ रन आवस्यक रह्यो।

अन्तिम ओभर ब्राभोको उत्कृस्ट बलिंग 

अन्तिम ओभरमा बलिंग गर्न ड्वेन ब्राभो आए जसको पहिलो बलमा स्टोक्स क्याच आउट हुन पुगे। उनले २६ बलमा ३ छक्का र १ चौका मदतले ४६ रनबनाए।

स्टकसको विकेट पछि दोश्रो बलमा श्रेयस गोपालले रन बनाउन सकेनन् भने तेश्रो बलमा लेग बाईको रुपमा १ रन आयो। आक्रामक ब्याटिंग गरिरहेका जोफ्रा आर्चरले ब्राभोको योर्कर चौथो बलमा १ रन मात्रै लिन सके। अब २ बलमा राजस्थानलाई जित्न १० रन आवस्यक रह्यो।

पाँचौ बलमा श्रेयस गोपाल क्याच आउट हुँदा चेन्नाई जित्नेमा ढुक्क बनेको थियो। अन्तिम बलमा जोफ्रा आर्चरले १ रन मात्रै लिन सके जसपछि चेन्नाईले ८ रनको जित दर्ता गर्यो।

जोफ्रा आर्चर २४ रनमा ( ११ बलमा २ छक्का र १ चौका ) अविजित रहे।

चेन्नाई बलर दिपक चाहर ( ४-१-१९-२ ) , शार्दुल ठाकुर ( ४-०-४२-२ ) , इमरान ताहिर ( ४-०-२३-२ ) र ड्वेन ब्राभो ( ४-०-३२-२ ) ले समान २/२ विकेट लिए।

धोनीको शानदार इनिंग 

घरेलु मैदान एमए चिदम्बरममा टस हारेर ब्याटिंग गरेको चेन्नाई सुपर किंग्सले कमजोर सुरुवात गरेको थियो। ओपनर अम्बाती रायडु १ रन, शेन वाटसन १३ रन तथा केदार जाधब ८ रन बनाएर आउट भए।

४.५ ओभरमा २७/३ को नाजुक अवस्थामा पुगेको चेन्नाईलाई चौथो विकेटको लागि सुरेश रैना र कप्तान महेन्द्र सिंह धोनीले अर्धशतकीय ( ५१ रनको ) साझेदारी गर्दै अघि बढाए। रैना १४ औं ओभरमा ३६ रन ( ३२ बलमा ४ चौका र १ छक्का ) बनाएर आउट भए।

रैनाको विकेटपछि धोनीले पाँचौ विकेटको लागि ड्वेन ब्राभोसंग ५६ रनको साझेदारी गरे। ब्राभो २७ रन बनाएर आउट भए जसले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

एक समय १३०-४० पुग्न धौ-धौ देखिएको चेन्नाईको योगफललाई धोनीले अन्तिमको ओभरमा विस्फोटक ब्याटिंग गर्दै १७५ रन सम्म पुर्याए।

धोनीले जयदेव उनदकतले गरेको अन्तिम ओभरमा ३ छक्का प्रहार गरे। १९ ओभरमा १४७/५ रहेको चेन्नाईले अन्तिम ओभरमा २८ रन बनाएपछि २० ओभरमा ५ विकेट गुमाएर १७५ रनको योगफल तयार गरेको थियो।

आईपीएलमा २१ औं अर्धशतक पुरा गरेका धोनीले ४६ बलमा अविजित ७५ रन बनाउन समान ४/४ चौका र छक्का प्रहार गरे। रभिंद्र जडेजा ८ रन ( ३ बलमा १ छक्का ) बनाएर अविजित रहे।

राजस्थान बलर जोफ्रा आर्चरले २ विकेट लिन ४ ओभरमा १ मेडन ओभर सहित १७ रन खर्चिए। धवल कुल्करनी, बेन स्टोक्स र जयदेब उनदकतले १/१ विकेट लिए। महँगो सावित भएका उनदकतले ४ ओभरमा ५४ रन खर्चिए।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]