IPL Match 14 – हैदरावादले पहिले ब्याटिंग गर्ने, चेन्नाई टिममा ३ परिवर्तन

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार १४ औं खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्स र डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।  दुबै टोली ३ खेलमा समान एक जित र दुई हार पछि अकंतालिकाको सातौँ ( सनराइजर्स हैदराबाद) र आठौँ (चेन्नाई सुपर किङ्ग्स) स्थानमा छन्।

टस जितेर हैदरावादले ब्याटिंग गर्ने 

खेलमा टस जितेर हैदरावाद कप्तान डेभिड वार्नरले ब्याटिंग रोजेका छन्। टस जितेपछि वार्नरले विकेट राम्रो देखिएको र राम्रो योगफल बनाएर दबाब बनाउने बताएका छन्। उनले आफ्नो टिम लक्ष्य रक्षा गर्न राम्रो रहेको पनि बताए। हैदरावाद टिममा कुनै पनि परिवर्तन गरिएको छैन र दिल्लीसंग जितेको अन्तिम-११ नै आज खेल्नेछन्।

हैदरावादको अन्तिम ११ : जोनी बेयरस्टो ✈️, डेभिड वार्नर ✈️ ( कप्तान ) , केन विलियमसन ✈️, मनिष पाण्डे, अब्दुल समद, अभिषेक शर्मा, प्रियम गर्ग, राशिद खान ✈️, भुवनेश्वर कुमार, खलिल एहमद, टि. नटराजन

ब्राभोले यो सिजन पहिलो खेल खेल्नेछन्

टस हारेपछि धोनीले पनि आफ्नो टिमले पहिले ब्याटिंग गर्न चाहेको बताए। धोनीले टिममा ३ वटा परिवर्तन गरेको बताएका छन्। पहिलो खेल खेलेपछि घाइते भएका अम्बाती रायडु टिममा फर्किएका छन्। यस्तै स्टार अलराउण्डर ड्वेन ब्राभो पनि टिममा आएका छन्। ब्राभो यो सिजन पहिलो खेल खेल्नेछन्। शार्दुल ठाकुर पनि अन्तिम-११ मा प्रवेश गर्दा टिमले अघिल्लो खेल खेलेका मुरली विजय, रुतुराज गायकवाड र जोश हेजलवुड बाहिर बस्नेछन्।

चेन्नाईको अन्तिम ११ : महेन्द्र सिंह धोनी, अम्बाती रायडु, शेन वाटसन ✈️, फाफ डु प्लेसी ✈️, शार्दुुुल ठाकुर, स्याम करन ✈️ , केदार जाधव, रभीन्द्र् जडेजा , दिपक चाहर, पियुष चावला, ड्वेन ब्राभो  ✈️

IPL Match 14 : लय पाएको हैदरावादलाई चेन्नाईको चुनौती

हैदरावाद बिरुद्ध खेलमा ५ वटा रेकर्ड नजिक छन् धोनी

इरफान पठानले बताए चेन्नाईको संघर्षको कारण

रैना र हरभजनसंग सम्बन्ध समाप्त गर्दै चेन्नाई

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( मुम्बई-पन्जाब खेल पछि )

“निराशाजनक ! , हामीले सहजै ४ मध्ये ३ खेल जित्न सक्थ्यौ” – के एल राहुल

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy