कर्पोरेट सुपर सिक्स : अपराजित नबिल, सिप्रदी र एनआईसी एसिया दोश्रो चरणमा

  • विकेटनेपाल, मङ्सिर ११ 

पाचौँ संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता अन्तर्गत दोश्रो दिन आज भएका खेलमा एनआइसी एसिया बैंकले दोहोरो जित निकालेको छ। त्यस्तै नेपाल एसबिआई बैंक, एनएमबी बैंक, आइसीएफसी फाइनान्स, नेपाल टेलिकम, मेगा बैंक, जनता बैंक, नबिल बैंक विजयी भएका छन्।

प्रतियोगिता अन्तर्गत समूह ‘ए’ बाट नबिल बैंक र सुर्य नेपाल प्रि-क्वार्टरफाइनल प्रवेश गरेका छन्। यस्तै समूह ‘डी’ बाट अन्नपूर्ण मिडिया नेटवर्क र सुबिसु र समूह ई” बाट सिप्रदी र एनएमबी बैंक प्रि-क्वार्टरफाइनल प्रवेश गरेका छन्।

पहिलो खेल: मेगा बैंक Vs नेपाल एसबिआई बैंक

आज भएको पहिलो खेलमा नेपाल एसबिआई बैंकले ३० रनको जित दर्ता गर्यो। पहिले ब्याटिंग गर्दै एसबिआईले दिएको ९५ रनको लक्ष्य पछ्याएको मेगा बैंकले ६४ रनमात्र बनाउन सक्यो। एसबिआईको जितमा म्यान अफ द म्याच घोषित बिकाश भट्टराईले अविजित ३३ रन बनाए।

दोश्रो खेल: कुमारी बैंक Vs एनएमबी बैंक

दोश्रो खेलमा एनएमबी बैंकले कुमारी बैंकलाई १२ रनले पराजित गर्यो। एनएमबीले दिएको ७८ रनको लक्ष्य पछ्याएको कुमारीले मात्र ६५ रन बनाउन सक्यो। एनएमबीको जितमा म्यान अफ द म्याच खुमबहादुर थापाले अविजित २६ रन बनाउँदै १ विकेट लिए भने बरुण घिमिरेले अविजित ३२ रन बनाए।

तेस्रो खेल: जनता बैंक Vs आइसीएफसी फाइनान्स

तेस्रो खेलमा आइसीएफसी फाइनान्सले जनता बैंकलाई ५ विकेटले पराजित गर्यो। जनता बैंकले दिएको ६४ रनको लक्ष्य पछ्याएको आइसीएफसी फाइनान्सले १ विकेट गुमाएर ३.५ ओभरमा पुरा गर्यो। आइसीएफसी फाइनान्सको जितमा म्यान अफ द म्याच घोषित सिद्धान्त अधिकारीले अविजित २२ र रिमेश रेग्मीले अविजित २० रन बनाए।

चौथो खेल: एनआइसी एसिया बैंक Vs नेपाल लाइफ इन्स्योरेन्स

चौथो खेलमा पहिले ब्याटिंग गरेको एनआइसी एसिया बैंकले नेपाल लाइफ इन्स्योरेन्सलाइ १० रनले पराजित गर्यो। एनआइसी एसिया बैंकले बनाएको ६० रनको योगफल पछ्याएको नेपाल लाइफ इन्स्योरेन्सले मात्र ५० रन बनायो। एनआइसी एसिया बैंकको जितमा म्यान अफ द म्याच घोषित सुमित श्रेष्ठले अविजित १२ रन सहित १ विकेट लिए भने सन्जोग शर्माले २४ रन बनाए।

पाचौँ खेल: नेपाल टेलिकम Vs सनराइज बैंक

पाचौँ खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपाल टेलिकमले ४ रनको जित निकाल्यो। नेपाल टेलिकमले बनाएको ७० रनको योगफल पछ्याएको सनराइज बैंकले ६६ रन बनायो। टेलिकमको जितमा म्यान अफ द म्याच हरि कृष्ण शर्मा र बिकास यादवले समान अविजित ३१ रन बनाए।

छैठौँ खेल: आइएमई ग्रुप Vs मेगा बैंक

टस जितेर पहिले ब्याटिंग गरेको मेगा बैंकले २२ रनको जित निकाल्यो। मेगा बैंकले जितका लागि दिएको ८३ रनको लक्ष्य पछ्याएको आइएमई ग्रुपले ६० रनमात्र बनाउन सक्यो। मेगाको जितमा म्यान अफ द म्याच घोषित लख्दीप सिंहले १४ रन बनाउँदै २ विकेट समेत लिए। त्यस्तै मेगाकै निरज बजगाईंले ३१ रन बनाए।

सातौँ खेल: एनसिसी बैंक Vs जनता बैंक

टस जितेर लक्ष्य पछ्याउने निर्णय गरेको जनता बैंकले ५ विकेटको जित निकाल्यो। एनसिसी बैंकले दिएको ६४ रनको बिजयी लक्ष्य जनता बैंकले ३.१ ओभरमा पुरा गर्यो। जनताको जितमा म्यान अफ द म्याच घोषित नितेश भट्टराईले अविजित २१ रन बनाए। एनसीसीका अजय नकर्मीले पनि अविजित ३४ रन बनाए।

आठौँ खेल: एनआइसी एसिया बैंक Vs एम्बेस्सी अफ इन्डिया 

टस जितेर पहिले ब्याटिंग गरेको एम्बेस्सी अफ इन्डिया ४ विकेटले पराजित भयो। एनआइसी एसिया बैंकले एम्बेस्सी अफ इन्डियाले दिएको ३९ रनको लक्ष्य २.५ ओभरमा पुरा गर्यो। एनआइसी एसिया बैंकको जितमा म्यान अफ द म्याच घोषित सुमित श्रेष्ठ २ विकेट लिँदै अविजित १६ रन समेत बनाए।

नबौं खेल: सुर्य नेपाल Vs नबिल बैंक

दिनको अन्तिम खेलमा लक्ष्य पछ्याएको नबिल बैंक ५ विकेटले बिजयी भयो। सुर्य नेपालले दिएको ७६ रनको बिजयी लक्ष्य नबिल बैंकले ४.३ ओभरमा पुरा गर्यो। नबिल बैंकको जितमा म्यान अफ द म्याच घोषित बिनोद दाहालले ३३ रन बनाउनुका साथै १ विकेट पनि लिए।

( फोटो – राजन अधिकारी/ विकेटनेपाल )





थप समाचार

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । घरेलु […]

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]