चितवन च्याम्पियनसिप ट्रफी : बिपिनले ६ विकेट लिंदा गीतानगरको जित

चितवन क्रिकेट संघको आयोजनामा जारी १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ अन्तरगत आज (बुधबार)बार भएको खेलमा आधूनिक ११ गीतानगर विजयी भएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा भएको खेलमा आधूनिक–११ गीतानगरले भरतपुर क्रिकेट क्लवलाई ३ विकेटले पराजित गरेको हो ।

गीतानगरले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको भरतपुर १७.४ ओभरमा ५३ रनमै अलआउट हुन पुग्यो । भरतपुरका लागि सुर्वन भट्टले ११, सोनु तामाङले १० र संघर्ष पौडेलले ९ रन मात्रै जोड्न सक्यो । भरतपुरलाई सस्तैमा समेट्न आधूनिक ११ गीतानगरका विपिन खत्रीले ८.३ ओभरमा १८ रन खर्चिदै ६ विकेट लिए भने कप्तान किशोर महतोले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए ।

Bipin Khatri ( File Photo )

५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको आधूनिक ११ पनि संघर्षपूर्ण रुपमा ३ विकेटको जित निकाल्न सफल भयो । गीतानगरले १३.३ ओभरमा ७ विकेट गुमाएर ५७ रन बनाउँदै जित हासिल ग¥यो । उसका लागि विपिन खत्रीले सर्वाधिक अविजित ११ रन बनाए । गीतानगरलाई दवाबमा राख्दा भरतपुरका कप्तान संघर्ष पौडेलले ५.१ ओभरमा १७ रन खर्चिदै ५ विकेट लिए भने किर्जन गुरुङले ६ ओभरमा २१ रन खर्चिएर २ विकेट लिए ।

प्रतियोगिता अन्तरगत भोलि (बिहीबार) समूह ‘ए’ अन्तरगत चितवन क्रिकेट क्लव र मुनस्टोन क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने चितवन क्रिकेट संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए ।

एकदिवसीय (५० ओभर) विधामा सुरु भएको यस प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । प्रतियोगितामा जिल्लाभरका कुल ६ टिमहरु चितवन क्रिकेट क्लव, भरतपुर क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लव भरतपुर, र आधूनिक ११ गीतानगरले प्रतिस्पर्धा गर्नेछन् । ६ टिमलाई दुई समूहमा विभाजन गरि लिग खेलाइने छ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने छ ।

समूह ‘ए’ मा चितवन क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर र बेलचोक क्रिकेट क्लव भरतपुर रहेको छ भने समूह ‘बी’ मा इस्र्टन क्रिकेट एकेडेमी टाँडी, आधूनिक ११ गीतानगर र भरतपुर क्रिकेट क्लव रहेका छन् ।

प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिनेछ ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]