दिपेन्द्र र स्टरलिङ्गको इनिंगले चितवनको जित, प्ले-अफ सम्भावना कायमै

Dipendra Airee
  • विकेटनेपाल, मङ्सिर-२९ , शनिबार 

एभरेस्ट प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न १३ औं खेलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै प्ले-अफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ।

खेलमा पहिले ब्याटिंग गर्दै पोखरा राइनोजले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा चितवनले १९ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

जितसंगै चितवनले ५ वटा खेल खेल्दा २ जित र ३ हार बेहोरेको छ। अब यदी बिराटनगरले अन्तिम खेलमा सोमबार काठमाडौँ किंग्स-११ संग पराजित भए भने चितवन र बिराटनगर बीच नेट-रन रेटमा अगाडी हुने टिम प्लेअफ खेल्न छनौट हुनेछ। यदी बिराटनगरले काठमाडौँ किंग्स ११ लाई पराजित गरेमा बिराटनगर प्लेअफ प्रवेश गर्नेछ। चितवन राइनोज २ जितनै भए पनि नेट रन रेटमा बिराटनगर भन्दा पछि रहेको छ। ललितपुर प्याट्रीएट्स, भैरहवा ग्ल्याडीएटर्स र काठमाडौँ किंग्स ११ यस अघिनै प्लेअफ चरण प्रवेश गरिसकेको छ भने पोखरा राइनोज सबै खेल हार्दै दोश्रो चरण प्रवेश गर्न असफल रह्यो।

दिपेन्द्र ऐरिको अविजित अर्धशतक 

लक्ष्य पछ्याउने क्रममा चितवनले ओपनर सन्दिप सुनारलाई १० रनमा तथा तेश्रो नम्बरअघिका जोन सिम्प्सनलाई ९ रनमा गुमायो। दुवै ब्याट्सम्यानलाई तिब्र गति बलर नन्दन यादबले बोल्ड गरे।

५.१ ओभरमा ४१/२ को योगफल पुगेको चितवनलाई त्यसपछि ओपनर पल स्टरलिङ्ग र दिपेन्द्र ऐरिले अघि बढाए।

Paul Stirling
Paul Stirling

ऐरि र स्टरलिङ्गले तेश्रो विकेटको लागि ६९ रनको साझेदारी गर्दै चितवनलाई सहज जिततर्फ अघि बढाउदै गर्दा स्टरलिङ्ग १७ सुशन भारि बलमा १७ औं ओभरमा क्याच आउट भए। ५५ रन बनाएका उनले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

स्टरलिङ्गको विकेटपछि दिपेन्द्र ऐरि र जर्ज स्कटले टिमलाई जितसम्म पुर्याए। प्लेयर अफ द म्याच चुनिएका दिपेन्द्र ऐरि ५४ रनमा अविजित रहंदा ४६ बलमा ५ चौका र २ छक्का प्रहार गरे भने स्कट ३ रनमा अविजित रहे।

खेल जीवनकै अन्तिम खेल खेल्ने क्रममा अन्तिम स्पेल बलिङ्ग गर्ने क्रममा शक्ति गौचन विकेट विहिन रहे। ४ ओभर बलिङ्ग गरेका गौचनले २५ रन खर्चिए। नन्दन यादबले २ विकेट तथा सुशन भारिले १ विकेट लिए।

पोखरा राइनोजको ब्याटिंग 

खेलमा पहिले ब्याटिंग गरेको पोखरा राइनोजले २० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर १२९ रनको योगफल तयार गरेको थियो।

टस हारेर पहिले ब्याटिंग गरेको पोखराको ओपनिङ्ग गर्न आएका कप्तान कायल कोट्जर २३ रन बनाएर पाँचौ ओभरमा २३ रनको व्यक्तिगत स्कोरमा जर्ज स्कटको बलमा क्याच आउट भए। त्यसपछि दोश्रो विकेटको लागि अर्का ओपनर बिनोद भण्डारीले सुनिल धमलासंग ४८ रनको साझेदारी गरे।

सुस्त ब्याटिंग गरेका भण्डारी २७ रन ( ३६ बल , ३ चौका ) बनाएर ललित भण्डारीको बलमा आउट भए। त्यसै ओभरमा ललितले पल कग्लिनलाई खाता नखोल्दै क्याच आउट गराए।

Sunil Dhamala
Sunil Dhamala

त्यसपछि चौथो विकेटको लागि धमला र राजेश पुलामीले २७ रन जोडेपछि पुलामी १२ रन बनाएर जर्ज स्कटको बलमा क्याच आउट हुन पुगे।

अमित श्रेष्ठ पछि लिगमा दोश्रो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका सुनिल धमला ५१ रन बनाएर स्कटकै बलमा क्याच आउट भए जुन क्रममा उनले ४२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

खेल जीवनकै अन्तिम खेल खेलीरहेका शक्ति गौचन १ रन तथा सन्नी भिमसरिया ४ रन बनाएर अविजित रहे।

२० ओभर ब्याटिंग गरेको पोखराले ५ विकेट १२९ रनको योगफल तयार गर्यो।

चितवनको बलिङ्गमा जर्ज स्कटले सर्वाधिक ३ विकेट ( ४-०-२४-३ ) लिए भने ललित भण्डारीले २ ( ४-०-२९-२ ) लिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]