कोलकाताको जितमा कमिन्सको सबैभन्दा छिटो अर्धशतक, मुम्बईको लगातार हार ( अंकतालिका सहित )

प्याट कमिन्सले आईपीएल इतिहासकै संयुक्त छिटो अर्धशतक बनाउदा मुम्बई इन्डीएन्सलाई ५ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स आईपीएल अंकतालिकाको शिर्षमा उक्लेको छ। लिगमा सबै तिन खेलमा हार पछि मुम्बई अंकतालिकाको नवौं स्थानमा छ।

पुने स्थित महाराष्ट्र क्रिकेट स्टेडियममा गय राति सम्पन्न खेलमा मुम्बईले दिएको १६२ रनको लक्ष कोलकाताले १६ ओभरमा ५ विकेट क्षेतीमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा कोलकाताले १०१ रन बनाउदा ५ विकेट गुमाएको थियो। त्यसपछि भेंकटेस ऐयर र प्याट कमिन्सले मात्र १७ बलमा जित्न बाँकि ६१ रनको साझेदारी गर्दै शानदार जित दिलाए।

ऐयरले ४१ बलमा ६ चौका र १ छक्का मद्दतले अविजित ५० रन बनाए। अर्को तर्फ कमिन्सले आईपीएल इतिहासकै संयुक्त छिटो अर्धशतक बनाउने क्रममा कमिन्सले १५ बलमा ४ चौका र ६ छक्का मद्दतले अविजित ५६ रन बनाए। मुम्बई बलर टाईमल मिल्स र मुरुगन आश्विनले २/२ तथा ड्यानियल स्याम्सले १ विकेट लिए।

१४ बलमा अर्धशतक पुरा गर्दै कमिन्सले केएल राहुलको छिटो अर्धशतकको रेकर्ड बराबरी गरेका हुन्। राहुलले २०१८ मा दिल्ली बिरुद्ध १४ बलमै अर्धशतक बनाएका थिए। यस क्रममा कमिन्सले अस्ट्रेलियाका फास्ट बलर ड्यानियल स्याम्सको एकै ओभरमा ३५ रन प्रहार गरे। लिग इतिहासमै यो तेश्रो महँगो ओभर हो।

कमिन्सले आईपीएलको मुम्बई बिरुद्ध अन्तिम ३ इनिंग्समा क्रमशः १५ बलमा ५६, ३६ बलमा ५३ तथा १२ बलमा ३३ रन बनाएका छन्।

खेलमा टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ४ विकेट क्षेतीमा १६१ रन बनायो। उसको लागि सूर्यकुमार यादवले ५२, तिलक वर्माले ३८, डेवाल्ड ब्रेभिसले २९ तथा काईरन पोलार्डले अविजित २२ रन बनाए। कोलकाता बलर प्याट कमिन्सले २ तथा उमेश यादव र वरुन चक्रवर्तीले १/१ विकेट लिए।

आईपीएल अंकतालिका 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]