प्याट कमिङ्सले अर्धशतक बनाएपछि भारतले जितका लागि पाँचौ दिन कुर्नुपर्ने

बलिङमा उत्कृष्ट प्रदशर्न गर्दै ६ विकेट लिएका प्याट कमिङ्सले ब्याटिङ पनि शानदार प्रदर्शन गरेपछि भारतले अष्ट्रेलिया विरुद्धको तेस्रो टेष्ट जित्न पाँचौ तथा अन्तिम दिन कुर्नुपर्ने भएको छ।

कमिङ्सले अर्धशतक बनाएपछि चौथो दिन भारतले अष्ट्रेलियाको ८ विकेट झारेपनि २ विकेट झार्न सकेन। चौथो दिनको समाप्तीमा अष्ट्रेलिया २८८-८ को स्थितीमा छ र जितका लागि अझै १४१ रन चाहिएको छ। उसँग २ विकेट मात्र बाँकी छ।

प्याट कमिङ्स ब्याटिंग गर्दै

चौथो दिनको खेल भारतले ५४-५ बाट अगाढी बढाएको थियो। मायांक अग्रवाल २८ र रिसव पन्त ६ ले दिनको खेल अगाडी बढाएका थिए। भारतले १०६ रन बनाउँदा ८ विकेट गुमाएपछि दोस्रो इनिङ्स डिक्लेयर गर्दै अष्ट्रेलियालाई जितका लागि ३९९ रनको लक्ष्य दिएको थियो।

सो इनिङ्समा भारतका लागि मायांकले सर्वाधिक ४२ रन बनाउदा पन्तले ३३ रन जोडे। अष्ट्रेलियाका लागि प्याट कमिङ्सले ६ विकेट लिए।

जडेजाले ३ विकेट लिए

चौथो दिनै आफ्नो दोस्रो इनिङ्स सुरु गरेको अष्ट्रेलियाले दिनको खेल समाप्तीमा ८ विकेट गुमांएर २८८ रन बनाएको छ। अष्ट्रेलियाका लागि कमिङ्स ६१ रनमा नटआउट छन्। उनले सर्वाधिक रन बनाउने क्रममा १०३ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे। यस्तै शन मार्सले ४४, ट्रेभिस हेडले ३४ तथा उस्मान खवाजाले ३३ रन बनाए। भारतका रवीन्द्र जडेजाले ३ तथा जसप्रित बुमराह र मोहम्मद शामीले २-२ विकेट लिए।

तस्बिरमा चौथो दिनको खेल (फोटो: आइसीसी)

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy