प्याट कमिङ्सले अर्धशतक बनाएपछि भारतले जितका लागि पाँचौ दिन कुर्नुपर्ने

बलिङमा उत्कृष्ट प्रदशर्न गर्दै ६ विकेट लिएका प्याट कमिङ्सले ब्याटिङ पनि शानदार प्रदर्शन गरेपछि भारतले अष्ट्रेलिया विरुद्धको तेस्रो टेष्ट जित्न पाँचौ तथा अन्तिम दिन कुर्नुपर्ने भएको छ।

कमिङ्सले अर्धशतक बनाएपछि चौथो दिन भारतले अष्ट्रेलियाको ८ विकेट झारेपनि २ विकेट झार्न सकेन। चौथो दिनको समाप्तीमा अष्ट्रेलिया २८८-८ को स्थितीमा छ र जितका लागि अझै १४१ रन चाहिएको छ। उसँग २ विकेट मात्र बाँकी छ।

प्याट कमिङ्स ब्याटिंग गर्दै

चौथो दिनको खेल भारतले ५४-५ बाट अगाढी बढाएको थियो। मायांक अग्रवाल २८ र रिसव पन्त ६ ले दिनको खेल अगाडी बढाएका थिए। भारतले १०६ रन बनाउँदा ८ विकेट गुमाएपछि दोस्रो इनिङ्स डिक्लेयर गर्दै अष्ट्रेलियालाई जितका लागि ३९९ रनको लक्ष्य दिएको थियो।

सो इनिङ्समा भारतका लागि मायांकले सर्वाधिक ४२ रन बनाउदा पन्तले ३३ रन जोडे। अष्ट्रेलियाका लागि प्याट कमिङ्सले ६ विकेट लिए।

जडेजाले ३ विकेट लिए

चौथो दिनै आफ्नो दोस्रो इनिङ्स सुरु गरेको अष्ट्रेलियाले दिनको खेल समाप्तीमा ८ विकेट गुमांएर २८८ रन बनाएको छ। अष्ट्रेलियाका लागि कमिङ्स ६१ रनमा नटआउट छन्। उनले सर्वाधिक रन बनाउने क्रममा १०३ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे। यस्तै शन मार्सले ४४, ट्रेभिस हेडले ३४ तथा उस्मान खवाजाले ३३ रन बनाए। भारतका रवीन्द्र जडेजाले ३ तथा जसप्रित बुमराह र मोहम्मद शामीले २-२ विकेट लिए।

तस्बिरमा चौथो दिनको खेल (फोटो: आइसीसी)





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]