T20WC : शेख जायद स्टेडियमका प्रमुख क्युरेटर मोहन सिंहको संकास्पद मृत्यु

टि-ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान र न्युजिल्यान्ड बीच आइतबार सम्पन्न खेल भएको मैदान अबुधाबीको शेख जायद स्टेडियमका प्रमुख पिच क्युरेटर मोहन सिंह आफ्नै कोठामा आइतबार विहान मृत फेला परेका छन्। उनको मृत्यु भएको युएई क्रिकेट एसोसिएसनले पुस्टि गरेको छ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार युएई क्रिकेट एसोसिएसनले यस बारे छिट्टै अधिकारिक वयान जारि जारी गर्नेछ। म्याचको अगाडी सिंहको मृत्युको कारण थाहा भएको छैन। मिडिया रिपोर्टहरुका अनुसार उनले आत्महत्या गरेको पनि बताईएको छ।

सिंहको मृत्युको जांच स्थानीय पुलिसले गरिरहेको छ। सुरुवाती जांच पछि मात्रै अधिकारिक वयान आउने अनुमान गरिएको छ। भारतको पन्जाब घर भएका करिब ४५ वर्षीय सिंह सन् २००४ देखि युएईमा रहँदै आएका थिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]