आफ्नै रेकर्ड तोड्दै इमरान ताहिरले स्याम करनसंग बनाए साझेदारीको नयाँ रेकर्ड

आईपीएल २०२० अन्तर्गत चेन्नाई र मुम्बई बीचको खेलमा चेन्नाई सुपर किंग्सका ब्याट्सम्यान स्याम करन र इमरान ताहिरले साझेदारीको नयाँ कीर्तिमान बनाएका छन्।

शारजाह मैदानमा टस हारेर ब्याटिंग गर्ने क्रममा चेन्नाईले २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएको थियो। अत्यन्त खराब सुरुवात गर्ने क्रममा एक समय ७१ रनमा ८ विकेट गुमाएको चेन्नाईलाई नवौं विकेटको लागि सातौँ नम्बरका ब्याट्सम्यान स्याम करन र दशौँ नम्बरका ब्याट्सम्यान इमरान ताहिरले ३१ बलमा ४३ रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याएका थिए। इनिंगको अन्तिम बलमा ट्रेन्ट बोल्टले करनलाई बोल्ड गर्दै साझेदारी तोडेका थिए।

स्याम करन र इमरान ताहिर बीचको ४३ रनको साझेदारी लिग इतिहासमै नवौं विकेटको लागि सबैभन्दा धेरै रनको साझेदारी हो। यस अघि यो रेकर्ड संयुक्त रुपमा महेन्द्र सिंह धोनी र रभीचन्द्रन आश्विन तथा ड्वेन ब्राभो र इमरान ताहिरको नाममा रहेको थियो जसले ४१ रनको साझेदारी गरेका थिए।

७ वर्ष अगाडी चेन्नाई कप्तान महेन्द्र सिंह धोनी र रभीचन्द्रन आश्विनले मुम्बई बिरुद्ध कोलकातामा नवौं विकेटको लागि ४१ रनको साझेदारी गरेका थिए। त्यतिनै रनको साझेदारी इमरान ताहिरले ड्वेन ब्राभोसंग २०१८ मा चेन्नाईको लागि खेल्दै मुम्बई बिरुद्ध गरेका थिए। लिगमा पहिलो पटक मौका पाएका लेग स्पिनर इमरान ताहिरले पहिलो खेलमा टिमको लागि ब्याटिंगबाट योगदान दिएका हुन् जुन क्रममा आफ्नै रेकर्ड तोडेका हुन्।

इनिंगमा चेन्नाईले बनाएको ११४ रनको योगफल कुनै ब्याट्सम्यानले अर्धशतक बनाएको अवस्थामा कुनै पनि टिमले आईपीएलमा बनाएको यो तेश्रो कम योगफल हो। सबैभन्दा कम सन् २०१६ मा बिराट कोहलीले अर्धशतक बनाउनुको बाबजुद बैंगलोरले पुने बिरुद्ध मात्र ९६ रन बनाउन सकेको थियो।  यस्तै दोश्रो कम, आन्द्रे रसेलले अर्धशतक बनाउनुको बाबजुद कोलकताले गत वर्ष चेन्नाई बिरुद्ध १०८ रन मात्र बनाउन सकेको थियो।

खेलमा चेन्नाईलाई सानो योगफलमा समेट्न मुम्बई फास्ट बलर ट्रेन्ट बोल्टले सर्वाधिक ४ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन गर्दै १८ रन खर्चेका थिए। लिग करियरमै बोल्टको यो उत्कृस्ट बलिंग स्पेल हो भने ४ विकेट लिएको यो पहिलो अवसर हो। यस अघि बोल्टले सबैभन्दा उत्कृस्ट स्पेल पन्जाब बिरुद्ध २०१५ मा १९ रन खर्चेर ३ विकेट लिएका थिए।

बोल्टले घातक बलिंग गर्दा चेन्नाईले पावरप्लेको ६ ओभर भित्र ५ विकेट गुमाएको थियो। चेन्नाईले पावरप्ले भित्र ५ विकेट गुमाएको यो इतिहासमै पहिलो पटक हो। लिग इतिहासमा यस अघि पावरप्लेमा सबैभन्दा बढी विकेट गुमाउने रेकर्ड केरला टस्कर्स कोचीको नाममा रहेको छ जसले डेक्कन चार्जर्स बिरुद्ध २०११ मा २९ रनमा ६ विकेट गुमाएको थियो। मुम्बई बिरुद्ध आज चेन्नाईले ६ ओभरमा २४ रन बनाएर ५ विकेट गुमाएको थियो।

लज्जास्पद सुरुवातपछि चेन्नाईलाई स्याम करनले जोगाए, बोल्टको करियरकै उत्कृस्ट बलिंग

आईसीसीले राख्यो नेपालको क्रिकेट खेल्दै गरेको मनमोहक तस्विर

IPL : कोलकाताका फ्लप ५ खेलाडी जसलाई टिमले करोडौं खर्चेर किनेको थियो





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]