- विकेटनेपाल – पौष २४ मंगलावर
बंगलादेश प्रिमियर लिग अन्तर्गत नेपाली स्पिनर सन्दिप लामिछानेको टोलि सिल्हेट सिक्सर्सले लिगमा बुधवार आफ्नो दोस्रो खेल खेल्दै छ। प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न पहिलो खेलमा सिक्सर्स कोमिल्ला भिक्टोरियन्ससंग पराजित भएको थियो।
बंगलादेश क्रिकेट बोर्डको आयोजनामा सुरु भएको प्रतियोगितामा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भिकिङ्ग्स गरी ७ वटा टिम सहभागी छन्। लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ।
लिग अन्तर्गतको दोस्रो खेलमा सिक्सर्सले बुधवार चिट्टागोंग भाइकिंग्सको सामना गर्नेछ। मुश्फिकुर रहिमको कप्तानीमा रहेको चिट्टागोंगमा मोहम्मद शेहजाद, सिकन्दर राजा, केम्रुन डेलपोर्ट जस्ता स्टार खेलाडी रहेका छन्।
खेल बंगलादेश स्थित ढाकाको शेरे बांग्ला राष्ट्रिय रंगशालामा दिउँसो १२:१५ बजे सुरु हुने छ। प्रतियोगितामा आफ्नो पहिलो खेल समेत सिक्सर्सले सोहि मैदानमा खेलेको थियो।
कति बजे , कहाँ हेर्ने ?
प्रतियोगिताको प्रत्यक्ष प्रशारण डी स्पोर्ट्सले भारतमा तथा बंगलादेशमा गाजी टिभीले गर्नेछ युट्युबमा Rabbitholebd Sports ले यसको प्रशारण गरिरहेको छ। प्रतियोगितामा सन्दिपको टिमको दोस्रो खेल जनवरी ९ तारिक नेपाली समय १२:१५ बजे दिउसो सुरु हुनेछ।
पहिलो खेलमा सन्दिपको प्रदर्शन :
बंगलादेश प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा सन्दिप लामिछानेले सानदार बलिङ्ग प्रदर्शन गरेका थिए। बिग ब्यास लिग खेलेर बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका सन्दिपलाई सिलहेट सिक्सर्सले पहिलो खेलमा डेब्यु गराएको थियो। चर्चित दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिर हुँदा हुँदै सन्दिपलाई दिएको मौका नेपाली लेग स्पिनरले खेर फालेका थिएनन्।
खेलमा ४ ओभर बलिङ्ग गरेका सन्दिपले ४ ओभरमा मात्र १६ रन खर्चिए २ ठुलो विकेट लिएका थिए। चर्चित पाकिस्तानी ब्याट्सम्यान शोयब मलिक र बंगलादेशी रास्ट्रिय क्रिकेटर अनामुल हकलाई सन्दिपले पेभेलियनको बाटो फर्काएका थिए।
सन्दिपको पहिलो ओभर – ५ रन ( १ १ ० १ १ १ )
दोश्रो इनिंगको आठौँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ्ग गरेका सन्दिपले ५ रन खर्चिए। उक्त ओभरमा क्रिजमा कप्तान स्टिभ स्मिथ र तामिम इकबाल थिए। स्मिथले ३ र इकबालले २ रन बनाए।
सन्दिपको दोश्रो ओभर – ३ रन ( १ ० ० १ ० १ )
लगातार स्पेलमा बलिङ्ग गर्न आएका सन्दिपले ओभरमा मात्र ३ रन खर्चिए। शोयब मलिकले २ रन तथा इकबालले १ रन बनाए।
सन्दिपको तेश्रो ओभर – १ विकेट ७ रन ( २-वाइड वाइड १ १ ० १ लेगबाई १ विकेट )
१३ औं ओभरमा आफ्नो तेश्रो ओभर गर्न आएका सन्दिपले ओभरको छैठौं बलमा चर्चित पाकिस्तानी क्रिकेटर शोयब मलिकको विकेट लिए। सन्दिपले गरेको सर्ट बलमा डिप-मिड विकेटमा पुल गरेका मलिक क्याच आउट भए।
सन्दिपको चौथो ओभर – १ विकेट २ रन ( २ विकेट ० ० ० ० )
१५ औं ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले ओभरको दोश्रो बलमा बंगलादेश राष्ट्रिय क्रिकेटर अनामुल हकलाई बोल्ड गरे। सन्दिपले गरेको गुग्लिमा स्विप गर्ने प्रयास गरेका अनामुलको अफ स्टम्प सन्दिपले ढाल्दै दोश्रो विकेट लिएका थिए। विकेटपछिको लगातार ४ बलमा सन्दिपले शहिद अफ्रिदीलाई कुनै पनि रन दिएनन्।
फलस्वरूप सन्दिपले ४ ओभर गर्दा मात्र १६ रन खर्चेर २ विकेट लिए। यस क्रममा उनले कुनै पनि चौका र छक्का दिएनन् भने ९ वटा डट बल फाले।
सिलहेट सिक्सर्स टिम –
नासिर होसेन, सब्बिर रहमान, लिटन दास, अफिफ होसेन, तस्किन एहमद, अल अमिन होसेन, तोहिड रिदोय, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि अनिक, मेहदी हसन। बिदेशी खेलाडीहरु – डेभिड वार्नर ( कप्तान ) , सन्दिप लामिछाने, सोहेल तन्बिर, मोहम्मद इरफान, गुल्बदीन नैब, आन्द्रे फ्लेचर, निकोलस पुरन, इमरान ताहिर र मोहम्मद नवाज
सिलहेट सिक्सर्सको खेल तालिका : जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स ,जनवरी ९ – चिट्टागोंग भिकिङ्गस , जनवरी १२ – ढाका डाइनामाइट्स , जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स , जनवरी १६ – रंगपुर राइडर्स, जनवरी १८ – ढाका डाइनामाइट्स , जनवरी १९ – रंगपुर राइडर्स , जनवरी २३ – खुल्ना टाईटन्स, जनवरी २५ – राजशाही किंग्स , जनवरी २६ – खुल्ना टाईटन्स , जनवरी ३० – राजशाही किंग्स , फेव्रुअरि १ – चिट्टागोंग भिकिङ्गस
बंगलादेश प्रिमियर लिगमा अन्य कुन-कुन टोलि र खेलाडीहरु छन् ?
चिट्टागोंग भिकिङ्ग्स – मुस्फिकुर रहिमले कप्तानी गरेको टिममा लुक रोंकी, सिकंदार राजा, क्यामरन डेल्पोर्ट, मोहम्मद अश्रफुल, डासुन सनाका, नाजिबुल्लाह जद्रान जस्ता खेलाडीहरु रहेका छन्। चिट्टागोंग भिकिङ्ग्सले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।
खुल्ना टाईटन्स – महमुदुल्लाहको कप्तानी रहने टिममा कार्लोस ब्राथवेट, लासिथ मालिंगा, ब्रेण्डन टेलर, आसिर शाह, डेभिड वेस, पल स्टरलिङ्ग, अल अमिन, दविड मलान जस्ता खेलाडीहरु रहेका छन्। खुल्नाले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन
रंगपुर राईडर्स – मश्रफे मोर्ताजाको कप्तानी रहने टिममा क्रिस गेल, एबि डी भिल्लर्स , एलेक्स हेल्स, रभी बोपारा, नज्मुल इस्लाम, सोहाग गाजी जस्ता खेलाडीहरु रहेका छन्। रंगपुर प्रतियोगिताको पछिल्लो संस्करणको विजेता हो।
राजशाही किंग्स – टिमले हालसम्म कप्तानको घोषणा गरेको छैन। मोमिनुल हक, मेहदी हसन, मुस्तफ़िजुर रहमान, सौम्य सरकार जस्ता बंगालदेश राष्ट्रिय खेलाडीहरु रहेको टिममा मोहम्मद हफिज, मोहम्मद समी, राय टेन डेस्काटे जस्ता बिदेशी खेलाडीहरु रहेका छन्।
ढाका डाईनामाइट्स – शकिब अल हसन कप्तान रहेको टिममा काइरन पोलार्ड, सुनिल नारायन, इयान बेल, आन्द्रे रसेल, रोभम्यान पावेल जस्ता विदेशी खेलाडीहरु रहेका छन्। बीपीएल इतिहासको सबैभन्दा सफल टिम ढाकाले सर्वाधिक ३ पटक उपाधि जितिकसकेको छ। सन् २०१२ र २०१३ मा एको सुरुको दुई संस्करण ढाका ग्लाडिएटर्सको नामबाट उपाधि जितेको यस टिमले २०१६-१७ को सिजन ढाका डाइनामाइट्सको नामबाट उपाधि जितेको थियो।