बिदेशी प्रशिक्षक पाएको अत्तरियाको उत्साह

धनगढी, माघ २५ | धनगढीमा आयोजना हुन लागेको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको लागि म्याड (मेक अ डिफ़रेन्स) सिवाईसी अत्तरियाले टिमको कप्तान, प्रशिक्षक तथा जर्सी सार्बजनिक गरेको छ।

शुक्रबार सम्पन्न एक कार्यक्रममा टिमले कप्तानको रुपमा राष्ट्रिय टिमका सदस्य दिपेन्द्र सिंह ऐरी रहने जनाएको छ। दिपेन्द्रले यसअघि नेपाली यु१९ टिमको नेतृत्व गर्नुका साथै अत्तरियाको समेत अघिल्लो संस्करणमा कप्तानी गरेका थिए। यस्तै पोखरा प्रिमियर लिगमा समेत एक्पर्ट धनगढी ब्ल्युजको जिम्मेवारी लिएका थिए।

टिममा दिपेन्द्र सिंह ऐरीको साथै प्रशिक्षकको रुपमा दक्षिण अफ्रिकाकै रायन मरुन रहनेछन्।खेलाडी जीवनमा अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नरहेका मेरोनले प्रशिक्षक बनेर त्यो अनुभव पुरा गरे। उनले सन् २०१७ को इंग्ल्याण्ड भ्रमणमा वेस्ट इन्डिजको क्षेत्ररक्षक (फिल्डर) कोचको भूमिका निर्वाह गरेका थिए। मेरोन त्यो भन्दा अगाडी दक्षिण अफ्रिकाको घरेलु लिगमा डल्फिन्सको तथा अफगानिस्तानको राष्ट्रिय टिमको समेत फ़िल्डिङ्ग कोचको रुपमा काम गरिसकेका छन्।

यस्तै मेन्टरको रुपमा पुर्व दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स रहनेछन्। जोन्टी रोड्स दक्षिण अफ्रिकाको क्रिकेटमा मात्र नभएर बिस्व क्रिकेटमा चर्चित नाम हो। उनले सन् १९९२ बाट सन् २००३ सम्म देशका लागि खेलेका थिए। त्यसपछि आइपिएल टिम मुम्बई इन्डियन्सको समेत फ़िल्डिङ्ग कोचको रुपमा रहे।

यसै समारोहमा टिमले बिदेशी खेलाडीहरुको नाम समेत सार्बजनिक गर्यो। टिममा बिदेशी खेलाडीको रुपमा नेपालको घरेलु क्रिकेटमा अनुभव बटुलिसकेका भारतीय खेलाडीद्वय सन्नी पटेल र जयकिशन कोल्सवाला रहेका छन्।

जर्सी सार्बजनिक कार्यक्रममा प्रशिक्षक रायन मेरोनले युवा खेलाडीहरुको बाहुल्यता रहेकोले आफु प्रशिक्षणको लागि उत्साहित भएको बताएका छन्। यस्तै फिल्डिंगका बादशाह मानिने जोन्टी रोड्सले टिम सन्तुलित रहेको प्रतिक्रिया दिएका छन्। उनले मुख्यतः फिल्डिंग पक्षमा आफ्नो ध्यान रहने र आफु त्यसैको लागि चर्चित रहेको बताए। टिममा युवा खेलाडी रहेका छन्, टिम पनि युवा नै छ। दिपेन्द्र आफै उत्कृस्ट फिल्डर रहेको र कप्तानी समेत सम्हाल्ने भएकाले टिमसँग सन्तुस्ट रहेको बताए।

यस्तै टिमको प्रायोजक रहेको व्हाइट हाउस कलेजका प्रमुख युवराज शर्माले कलेजको र क्रिकेटको इतिहास धेरै समय पुरानो भएकोले टिमसँग आबद्द हुन पाउँदा खुसि ब्यक्त गरे। उनले धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाही आफै व्हाइट हाउस कलेजको बिद्यार्थी समेत रहेको स्मरण गर्दै क्रिकेटबाट समेत सहयोग गर्न पाउँदा उत्साहित रहेको जनाए। “हामिसँग खेलाडी राम्रा छन् थप प्रशिक्षक समेत बिदेशी ल्याएका छौं” शर्माले बिदेशी प्रशिक्षक पाउँदा थप उत्साह बढेको बताए।

टिम: दिपेन्द्रसिंह ऐरी (कप्तान), सन्दिप जोरा, जितेन्द्र सिंह ठकुरी, भुवन कार्की, प्रेम तामाङ, रामनरेश गिरी, कमल सिंह ऐरी, शुबेन्दु पाण्डे, खगेन्द्र जोशी, रित गौतम, दिपेन्द्र रावत, आदिल अन्सारी, ज्ञानेन्द्र कुँवर, सन्नी पटेल (भारत), जयकिशन कोल्सावाला (भारत)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy