कमलसिंह ऐरी चम्कँदा सिवाइसी अत्तरियाको जित, रुपन्देही ९ विकेटले पराजित

CYC Attariya

विकेटनेपाल – चैत्र १८, आईतवार | धनगढी प्रिमियर लिगको दोस्रो दिनको पहिलो खेलमा सिवाइसी अत्तरियाले सहज जित दर्ता गरेको छ । प्रतियोगितामा पहिलो जित हात पार्ने क्रममा अत्तरियाले रुपन्देही च्यालेंजर्सलाई ९ विकेटले हरायो ।

स्कोरकार्ड

दिनको पहिलो खेलमा टस जित्दै पहिले बलिंग गरेको सिवाइसीले उत्कृस्ट बलिंग प्रदर्शन गरेको थियो । कमलसिंह ऐरीको सटिक बलिंगको जवाफ दिन विफल रहंदा रुपन्देही १५.२ ओभरमा मात्र ६१ रनमा समेटिएको थियो । रुपन्देहीको ब्याटिंगमा बिदेशी खेलाडी सुफ्यान मेहमुदले २० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । दुवै ओपनर ब्याट्सम्यान प्रदिप ऐरी र सागर पुन क्रमश एक एक बल खेल्दै पभेलियन फर्किएका थिए ।

विकेटकिपरको भूमिकामा अत्तरियाका कप्तान सुबाश खकुरेल

रुपन्देहीको इनिंगलाई ध्वस्त पार्ने क्रममा सिवाइसीका कमलसिंह ऐरी एक्लैले ४ विकेट लिएका थिए । म्यान अफ दि म्याच बनेका ऐरीले आफ्नो ४ ओभरको स्पेलमा १५ रन खर्चेर ४ वोकेट चट्काएका थिए । यस्तै सुभान्कर उराओको नाममा ३ विकेट रह्यो ।

जवाफमा ६२ रनको सामान्य विजय लक्ष्य लिएर मैदान उत्रिएको सिवाइसीले आक्रमक सुरुवात गर्यो । ओपनर ब्याट्सम्यान तथा कप्तान सुबाश खकुरेलले जितेन्द्र मुखियाको बलमा आउटहुन अघि १३ बलमा १९ रन जोड्दै टोलिलाई ठोस् सुरुवात दिए । उनले रुपन्देहीका बलरको गल्तिको फाइदा उठाउंदै ४ चौका प्रहार गरे । पहिलो विकेटको पतनपछि मैदानमा आएका गौरभ चित्करले अविजित ३० रन जोड्दै सिवाइसीलाई जित दिलाए । बिक्रम भुसालको बलमा छक्का प्रहार गर्दै गौरभले सिवाइसीको जित पुरा गरेका थिए । यस्तै अर्का ओपनर प्रेम तामांगले भने अविजित १९ रन जोडे।

रुपन्देहीको बलिंगमा जितेन्द्र मुखियाले एक विकेट लिन बाहेक अन्य बलर सफल रहन सकेनन् । प्रतियोगिता अन्तर्गत आजनै हुने दिनको दोस्रो खेलमा पारस खड्काको कप्तानीमा रहेको बिराटनगर किंग्सले बिनोद भण्डारीको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडको सामना गर्दैछ ।





थप समाचार

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]