द हन्ड्रेड : बेयरस्टो र निशम चम्किंदा वेल्सको लगातार जित

२०७८ श्रावण १३, बुधबार ०७:५१

इंग्ल्यान्डमा जारि पहिलो संस्करणको ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय रातीको खेलमा जोनी बेयरस्टो कप्तानीको वेल्स फायरले जेम्स भिन्स कप्तानको साउदर्न ब्रेभलाई १८ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

कार्डिफ स्थित सोफिया गार्डेन स्टेडियममा सम्पन्न खेलमा वेल्सले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा साउदर्न ब्रेभले पुरै १०० बल ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा १४७ रन मात्र बनाउन सक्यो।

ब्रेभको ब्याटिंगमा कप्तान जेम्स भिन्सले सर्वाधिक ४० रन, रोस व्हाइटलेले २५ रन, डेभोन कनवेले २३ रन तथा क्विन्टन डीककले २१ रन योगदान दिए।

जितको लागि अन्तिम १५ बलमा २९ रन आवस्यक हुँदा जेम्स निशमले आफ्नो ५ बलको स्पेलमा २ विकेट लिंदै मात्र १ रन खर्चंदै वेल्सलाई खेलमा फर्काएका थिए। क्रिजमा जमीसेका व्हाइटले तथा क्रिस जोर्डनको विकेट उनले उक्त ओभरमा लिए जसपछि जेक बल र डेभिड पेनले किफायती बलिंग गर्दै जितमा अहम योगदान दिए।


जेम्स निशमले १५ बल बलिंग गर्दा १० वटा डट बल गर्दै मात्र ५ रन खर्चेर ३ विकेट लिए। यस्तै डेभिड पेनले २ तथा जेक बल र म्याथु क्रिचलेले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको वेल्सले १०० बलमा ५ विकेट क्षेतीमा १६५ रन बनाएको थियो।

वेल्सको लागि कप्तान तथा ओपनर जोनी बेयरस्टोले आक्रामक ब्याटिंग गर्ने क्रममा ३९ बलमा ५ चौका र ५ छक्का मद्दतले ७२ रन बनाएका थिए। यस्तै बेन डकेटले ५३ रन र टम ब्यान्टनले ३४ रन योगदान दिए।

बेयरस्टोले ब्यान्टनसंग ४३ रनको तथा डकेटसंग ११५ रनको साझेदारी गरे।


साउदर्न ब्रेभको बलिंगमा ड्यानी ब्रिग्सले २ तथा क्रिस जोर्डन र जेक लिन्टटले समान १ विकेट लिए।

जितपछि वेल्स खेलेको दुवै खेल जित्दै ४ अंक सहित दोश्रो स्थानमा उक्लेको छ। समान अंक रहेको ट्रेन्ट रकेट्स नेट रन रेटको आधारमा पहिलो स्थानमा छ। साउदर्न ब्रेभ भने लगातार दोश्रो हार पछि अंकतालिकाको पुछारमा आठौँ स्थानमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy