रोमान्चक फाइनल जित्दै डाक्नेश्वरी ड्रागनलाई सप्तरी प्रिमियर लिगको उपाधि

  • विकेटनेपाल, असार-८ , राजविराज-सप्तरी 

अत्यन्त रोमान्चक फाइनल खेलमा मेहबुब आलम कप्तानीको रुपनी राईडर्सलाई २ विकेटले पराजित गर्दै पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागनले मेयर कप सप्तरी प्रिमियर लिग दोश्रो संस्करणको उपाधि हात पार्न सफल भएको छ।

उपाधि सहित डाक्नेश्वरीले २ लाख रुपैयाँ हात पार्यो भने उप-विजेता रुपनी राइडर्सले १ लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको उत्कृस्ट खेलाडी डाक्नेश्वरी ड्रागन टिमका राहुल मण्डल चुनिए जसले १५ हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अन्सारी तथा उत्कृस्ट बलर डाक्नेश्वरी ड्रागनका रोबिन सिंह घोषित भए। उत्कृस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैयाँ प्राप्त गरे। रुपनी राइडर्सका अनुज यादब उदयमान खेलाडी घोषित भए जसले क्रिकेट ब्याट पुरस्कार पाए।

Winner Dakneshwari Dragons

सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुलको मैदानमा पहिले ब्याटिंग गर्दै रुपनीले दिएको ११६ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले अन्तिम बलमा ८ विकेट गुमाएर जित्यो।

जितको लागि एक समय २४ बलमा ३४ रन आवस्यक हुँदा कप्तान पुष्प थापाले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाएर टिमलाई जित नजिक पुर्याएका थिए। थापाको विकेटपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो।

Puspa Thapa

अन्तिम ओभरमा डाक्नेश्वरीलाई जितको लागि १४ रन चाहिएको थियो। अनोज यादबले गरेको ओभरको पहिलो बलमा अभिनाश कर्णले चौका प्रहार गरे। दोश्रो बलमा कर्णले २ रन लिए पनि अम्पायरले सर्ट रन भन्दै १ रन दिन मानेनन्। पुनः स्ट्राइकमा आएका कर्णले चौथो बलमा २ रन लिए। चौथो बलमा रुपनीले ठुलो गल्ति गर्दै ६ रन दिन पुग्यो। २ रन पुरा गर्दै गर्दा ओभर थ्रोको कारण थप ४ रन डाक्नेश्वरीले पायो। अब जितको लागि २ बलमा १ रन आवस्यक रह्यो। सोहि अवस्थामा अविनाश कर्ण एलबिडब्लु आउट हुन पुगे।

अन्तिम बलमा डाक्नेश्वरीलाई १ रन आवस्यक रहेको थियो। स्ट्राइकमा आएका उदित रेले मिड अफमा चौका प्रहार गरे र डाक्नेश्वरीलाई जित दिलाए। विजयी रन प्रहार गरेका उदित ४ रनमा अविजित रहे।

यस अघि डाक्नेश्वरीमा ओपनर बिशाल सुश्लिंगले सर्वाधिक ३८ रन बनाए। यस्तै कप्तान पुष्प थापाले २१, अविनाश कर्णले २० तथा राहुल मण्डलले १५ रन बनाए। रुपनी राइडर्सको बलिंगमा सैदुल्लाह अन्सारीले सर्वाधिक ३ विकेट लिए। यस्तै अनोज यादबले २ विकेट तथा प्रदिप पासवान र मेहबुब आलमले १/१ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गरेको रुपनीले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको थियो। उसको लागि सन्तोष कार्कीले सर्वाधिक १९, सोनु अन्सारीले १८ , मुकेश यादबले १६ तथा हसिम अन्सारी, मेहबुब आलम र अनोज यादबले समान १४ रन बनाए।

डाक्नेश्वरीको बलिंगमा दिपेश कंडेल, पुष्प थापा र प्रेम तामांगले २/२ विकेट लिए भने रोबिन सिंहले १ विकेट लिए। फाइनल खेलको प्लेयर अफ द म्याच पुष्प थापा चुनिए। स्कोरकार्ड 

सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा कुल ५ टोलि सहभागी रहेका थिए।

Player of the series Rahul Mandal ( Dakneshwari Dragons )
Emerging Player – Anoj Yadav ( Rupani Riders )
Best Bowler – Robin Singh ( Dakneshwari Dragons )
Best Batsman – Sonu Ansari ( Rupani Riders )

 





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]